Saturday, June 27, 2020

स्पेनिस ला लिगा : सेल्टासँग बराबरीमा रोकिदा बार्सिलोनालाई धक्का

काठमाण्डौ । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा बार्सिलोना घरेलु टिम सेल्टा भिगोसँग २-२ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे । सेल्टाका फेडोर, स्मोलोभ र इयागो आसपसले एक-एक गाेल गरे ।

उपाधि दाबेदार बार्सिलोनाले २० औं मिनेटमा स्वारेजको गोलबाट अग्रता बनाएको थियो । ५० औं मिनेटमा फेडोरले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ६७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । खेलको ८८ औं मिनेटमा आसपसले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए ।

सेल्टासँग बराबरीमा रोकिए पनि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले ३२ खेलबाट ६९ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ६८ अंक रहेको छ । ३४ अंक जोडेको सेल्टा १६ औं स्थानमा रहेको छ।

प्रदेश ५ सरकारले गर्‍यो सलह किराको व्यापार ,एक किलोलाई २० रुपैयाँमा किन्ने

बुटवल ।  रुपन्देही क्षेत्रमा शनिबार बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले बताए ।

रुपन्देहीको भैरहवास्थित गहुँबाली विकास कार्यक्रमका कीटविज्ञ र प्रदेश कृषि निर्देशनालयका कीटविज्ञको टोलीले संयुक्त रुपमा अध्ययनअनुसन्धान गरेको थियो ।

बुटवलका विभिन्न क्षेत्रका आकाशमा लाखौँ देखिएको सलह कीरा अहिले बुटवलदेखि उत्तरपश्चिमतर्फ लागेको जनाएको छ । बुटवल क्षेत्रमा सलह देखिएपछि शनिबार नै प्रदेश सरकार विपद् समितिको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बसेको बैठकले यसबाट किसानको बालीनाली नोक्सान हुनबाट बचाउन विभिन्न उपाय अपनाउने निर्णय गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सलहको नियन्त्रणका लागि सरकारले विभिन्न उपाय अबलम्बन गर्ने र क्षति न्यूनीकरणका प्रयास गर्ने बताए ।

उनले अहिले धान रोप्नका लागि बीउ तयार भएका अवस्थामा सलहले नोक्सान गर्ने सम्भावना रहेकाले बीउ जोगाउने उपाय अबलम्बन गर्न आग्रह गरे  ।

सलह जम्मा गरेर माछा, कुखुरा र बङ्गुरको दानाका लागि प्रयोग गर्न सकिने विज्ञले बताएका छन् । भूमि व्यवस्था मन्त्रालयले किसानले सलह जम्मा गरेर स्थानीय तहमार्फत वडा कार्यालयमा ल्याएमा प्रतिकिला रु २० का दरले नगद उपलब्ध गराइने निर्णय गरेको मन्त्रालयका सचिव सुवेदीले बताए ।

माछा पोखरीमा गोही फेला परेपछि..

लम्की,कैलाली । कैलालीको लम्कीचुहा –८ गप्कामा एक निजी माछा पोखरीमा गोही फेला गरेको छ । स्थानीय लम्कीचुहा ८ गप्काका रङ्गबहादुर खड्काको माछा पोखरीमा करिब २५ किलो बराबर मगर गोहि फेला परेको हो ।

संरक्षित जिव भएको सब डिभिजन वन कार्यालय रामपुर बौनियाले नियन्त्रण लिएर पलमानपुर डिभिजन वन कार्यालयमा बुझाएको सहायक वन अधिकृत राम बहादुर रावलले जानकारी दिए ।

तालमा माछा मार्ने क्रममा जालमा गोही फेला परेको माछा पोखरी संचालक रङ्गबहादुर खड्काले जानकारी दिए ।
डिभिजन वन कार्यालय पहलमानपुरले गोही शनिबार नै घोडाघोडी तालमा छोडिएको बताईएको छ ।

सुदूरपश्चिममा थप २२८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार नाघ्यो

कैलाली । सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा १ सय ११० जना, बिर अस्पतालको प्रयोगशाला गरिएको परिक्षणमा ६ जना, त्रिभुवन शिक्षण अस्पतालमा ८२ र धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरिएका परिक्षणमा थप ३० कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा डोटीका ४६ जना, बैतडीका २४ जना, अछामका १३ जना, डडेल्धुरा र कैलालीका ८÷८ जना, बझाङ र बाजुराका ४÷४ जना, कन्चनपुरका ३ जना रहेका छन ।

त्यस्तै बिर अस्पतालको प्रयोगशाला गरिएको परिक्षणमा बझाङका ४ र डोटीका २ जनामा कोरोना संक्रमण देखिएको छ । त्रिभुवन शिक्षण अस्पतालमा गरिएको परिक्षणमा बाजुराका ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसअघि धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरिएका परिक्षणमा आजै ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेद्धारा जारी गरिएको सूचना अनुसार थपिएका संक्रमित मद्ये कैलालीको लम्कीचुहाका १४ जना, भजनीका १ जना, स्थानिय तह नखुलेका कैलालीकै २ जना रहेका छन । त्यस्तै डोटीका १३ जना रहेका छन ।सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २ हजार ९० पुगेको छ ।

क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिको मृत्यु

बैतडी । बैतडीमा क्वारेन्टाइनमा बसेकाहरुलाई खाना पकाउने एक जना पुरुषको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरुलाई खाना पकाउने गरेका दशरथचन्द नगरपालिका ६ कै करिब ५० बर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति घरमै बिरामी भएका उनको शनिबार बिहान अस्पताल ल्याउदै गर्दा मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी प्रमुख एसपी नारायण प्रसाद अधिकारीले जानकारी दिए । क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिको मृत्यु भएकोले कोरोना परीक्षणका लागि स्वाब संकलनको कार्य गर्न ल्याबका कर्मचारीहरु गएका स्वास्थ्य कार्यालयका प्रमुख योगेश प्रसाद भट्टले बताए । स्वाब संकलन गर्ने र शव कसरी व्यवस्थापन गर्ने भन्ने कुराको तयारी भइरहेको उनले जानकारी दिए । ३/४ दिन अघि बाट भने उनले क्वारेन्टाइनमा खाना पकाउन छोडेका बुझिएको छ ।

नेपालमा सुरू भयो खतरनाक ‘सलह’ किराको बितण्डा

काठमाडौं । नेपालमा शनिबार बिहान भारतबाट सलह किरा नेपाल प्रवेश गरेको पुष्टि भएको छ । भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्ला बारा, पर्सा र सर्लाही लगायत तराईका धेरै जिल्लामा सहलको बथान देखिएको कृषि मन्त्रालयले जनाएको छ ।

शनिबार दिउसोसम्म तराइका धेरै जिल्लाहरूमा सलहका ठुला ठुला बथान नै देखिसकेको छ । अहिले नेपाल प्रवेश गरेका सलह किरा लाखौंको संख्यामा भएको अनुमान गरिएको छ । तर, ति सलह कुन प्रकृतिका हुन् अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

नेपाल छिरेका सलह किरा रुख तथा जमिनमा बसेको जानकारीमा आएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । ति किराहरुले जहाँ बस्यो त्यहि खाने गर्छन् ।

सहल किरा देखिएका जिल्लाका किसानसहित अरु किसानलाई पनि सचेत रहन मन्त्रालयले आग्रह गरेको छ । कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वरेण्टीन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले सलह नेपाल प्रवेश गरेको तर प्रजातिको बारेमा यकिन गर्न बाँकी रहेको बताए ।

उनका अनुसार सामान्य फट्याङ्ग्रा किराले ठूलो क्षति नगर्ने तर लस्कट प्रजातिको फट्याङ्ग्रा भए बाली तथा बोटबिरुवामा ठूलो नोक्सानी गर्ने बताए ।

बाराका कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले पनि सलह किरा नेपालमा भित्रिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । नेपालका कृषि वैज्ञानिकहरुका अनुसार दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह किरा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको हो । फोटो : अन्नपूर्ण पोस्ट 

Friday, June 26, 2020

कैलालीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु , मृत्यु हुनेको संख्या चार पुग्यो

कैलाली । कैलालीमा थप १ जनाको कोरोना भाईरसको संक्रमण बाट मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका -७ का ५० बर्षिय पुरुषको शनिबार चितवनको भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको हो । यो संगै कैलालीमा कोरोना भाईरसको संक्रमण्म बाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।


चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको अस्पतालले बताएको छ । अस्पतालको आइसियू कक्षमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । फाइल तस्वीर :

Wednesday, June 10, 2020

यस बर्ष एसईईको नियमित परीक्षा नहुने

काठमाडौं । यस बर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस बर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए । मन्त्री पुनले एसईई खारेज नभइ विद्यालय लाई जिम्मा दिइएको बताए । यसमा पनि आन्तरिक परीक्षा र मूल्याङ्नक हुने उनले बताए ।

अवेर सकिएको मन्त्रिपरिषद्‍ बैठकका निर्णय औपचारिकरुपमा सार्वजनिक गरिएको छैन । सरकारका प्रवक्ताले बिहीबार मात्रै निर्णय बारे जानकारी दिने बताइएको छ ।

Monday, June 8, 2020

नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुग्यो

काठमाडौं । नेपालमा सोमबार ३१४ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ। तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन्।

Sunday, June 7, 2020

अछाममा अस्पतालका कर्मचारीले आफ्नै शरीरमा लगाए आगो

अछाम । अछाम बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालको गेट अगाडि सोमबार बिहान साफेँबगर नगरपालिका–६ का सिदार्थ आउजी आफ्नै शरीरमा आगो लगाएका हुन् । उनको हेलिकप्टरमार्फत नेपालगन्ज थप उपचारको लागि लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । उनको एक छोरा र एक छोरी रहेका छन् । केहि हप्ता अगाडि अस्पतालले हटाएका ३३ जना कर्मचारीमा चर्पी सफा गर्ने कामको जिम्मेवारीमा काम गर्ने गरेका थिए ।

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । दुई महिना अगाडि नै अस्पतालले हटाएको चिठी दिएपछि सिदार्थ तनावमा रहेको हटाइएका अर्का कर्मचारी विशाल पण्डितले बताए । ‘म अस्पतालमा चौकीदारको काम गर्थे । सिदार्थ सरसफाईको काम गर्थे । पुरानो नियुक्ति सकिन दुई महिना बाँकी रहेको थियो । हामी काम गर्न अस्पताल गयौं’ उनले भने । ‘तिमीहरूलाई हटाइसकेको हो । फेरि किन अस्पताल आयौ भन्दै हाकिमहरुले थर्काए । प्रहरी लगाएर बाहिर निकाले ।’ महामारीकै समयमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि न्यूनस्तरका धेरै कर्मचारी तनावमा भएको उनको भनाइ छ । अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ । अग्नि समाचार ड्टकम / सांकेतिक तस्बिर 

बन्दाबन्दीमा परेका विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक वितरण गरिने

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ ।स्थानीय तह तथा देशभरका विद्यालयको सहयोग तथा समन्वयमा विद्यार्थीलाई घरमै पाठ्यपुस्तक पु¥याइदिने योजना बनाइएको हो ।

सरकारको यो योजना सफल भएमा ढिलोमा पनि असार पहिलो साताभित्र विद्यालय तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्नेछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना सङ्क्रमणको त्रास कायमै रहेको तथा विद्यार्थी विद्यालयमा आउन सक्ने अवस्था नभएकाले विद्यार्थीलाई घरमै पुस्तक पु¥याउने योजना बनाइएको बताए ।

वैकल्पिक विधिबाट अध्यापन गरिने भए पनि विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्न सकेको अवस्थामा विद्यार्थीको सिकाइ प्रभावकारी हुने भएकाले पुस्तक पु¥याउने योजना बनाइएको हो । प्रविधिको पहुँच पुगे या नपुगे पनि पनि विद्यार्थीको हातमा पुस्तक हुनुपर्ने र यो विद्यार्थीको न्यूनतम आवश्यकता भएको उनको भनाइ छ ।

सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ हालै सार्वजनिक गरेको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले असार १ बाट मुलुकभरका विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिने घोषणा गरेका थिए । महामारीका कारणले नियमित पठनपाठन हुन गर्न कठिन भएको वा हुने अवस्थामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, परियोजना पाठहरू, स्वअध्ययन, दूर तथा खुला शिक्षा लगायत वैकल्पिक माध्यम वा पद्धतिबाट गरिने अध्ययन अध्यापनलाई वैकल्पिक विधि मानिएको छ ।

सरकारले जारी गरेको निर्देशिकामा विद्यालय जाने उमेर समूहका बालबालिकाको समूहगत वर्गीकरण गर्नुपर्ने उल्लेख छ । सोअनुसार विद्यार्थीलाई सबै किसिमको प्रविधिको पहुँच भन्दा बाहिर रहेको विद्यार्थीको समूह, रेडियो, एफएम रेडियोमा पहुँच भएका विद्यार्थीको समूह, टेलिभिजनमा पहुँच भएका विद्यार्थीको समूह, कम्युटर भएको तर अनलाइन नभएका विद्यार्थीको समूह र इन्टनरेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूह गरी पाँच समूहमा वर्गीकरण गर्नुपर्ने निर्देशकामा उल्लेख छ । तर जुनसुकै समूहमा पर्ने विद्यार्थी भए पनि सिकाइका लागि पुस्तक आवश्यक भएकाले विद्यार्थीको हातमा पुस्तक पु¥याउने कुरालाई प्राथमिकतामा राखिएको हो ।
सरकारले विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिकामा विद्यालय तथा शिक्षकलाई परिचालन गरी विद्यार्थीलाई घरमै पाठ्यपुस्तक पु¥याउने उल्लेख छ । माध्यमिक तह सम्म शिक्षाको जिम्मेवारी स्थानीय तहमा रहेको अवस्थामा स्थानीय तहले धेरै जिम्मेवार लिनुपर्छ भन्ने मान्यता राखिएको निर्देशक गौतमले बताए।

स्थानीय तहको निर्देशिकामा विद्यार्थीलाई घरघरमा पाठ्यपुस्तक उपलब्ध गराउने जिम्मेवारी विद्यालयको भएको उल्लेख गरेको छ । विद्यालयले आफ्ना शिक्षकलाई परिचालन गरेर विद्यार्थीको हातमा पुस्तक पु¥याउने जानकारी सरकारी अधिकारीहरूले दिएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९एनप्याब्सन०का अध्यक्ष ऋतुराज सापकोटाले असार १ अघि नै विद्यार्थीलाई पुस्तक पु¥याउने योजनामा आफूहरू लागेको बताए।

सरकारको यो अभियान सघाउन आवश्यक काम भइरहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । विद्यालय तहका विद्यार्थीका लागि आवश्यक पर्ने पुस्तक प्रकाशन गरी क्षेत्रीय कार्यालयमा पु¥याइ सकिएकाले विद्यालयले विद्यार्थीको हातमा पुस्तक पु¥याउन अब सहज हुने जनाइएको छ । केन्द्रले यसै शैक्षिक सत्रका लागि एक करोड ९५ लाख थान पुस्तक छपाइ गरिसकेको छ । गोरखापत्र

Saturday, June 6, 2020

कोरोना संक्रमितको मलामी गएकाहरुले आफैले गरे टोल सिल

धनगढी । धनगढी उपमहानगरपालिका– ४ महिमा टोलकी एक महिलामा मृत्युपछि कोरोना संक्रमणको पुष्टि भएपछि महिमा टोल सनिवार  साँझदेखि सील गरिएको छ । मृत्युपछि कोरोना पुष्टि भएकी महिलाको मलामी गएका धनगढी उपमहानगरपालिका– ४ महिमा टोलवासीले आफै टोल सिल गरेका हुन् ।

प्रहरी नआएपछि चहलपहल पूर्ववत हुन थालेपछि मलाम गएका व्यक्तिहरुले नै धनगढी–अत्तरीया  मूल सडकको बोराडाडी भएर महिमा टोल आउने बाटो र यातायात व्यवस्था कार्यालय भएर बोराडाडी मुल सडक जोड्ने शाखा रोड अन्तर्गत पर्ने तुलसी चौकमा बोर्ड नै राखेर आवागमनमा अवरुद्ध गरेका छन् ।

दुई दिन अघि सेती प्रादेशिक अस्पतालमा मृगौलाको डायोलिससका क्रममा महिमा टोलकी एक महिलाको मृत्यु भएको थियो । मलाममा गएका व्यक्तिहरुले जति सक्दो चाँडो थ्रोट स्वावको नमूना लिएर कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।

स्थानीय प्रशासनले भने मलामी गएकाहरुको पहिचान भईसकेको र स्वाव संकलनका लागि तयारी भईरहेको जनाएको छ । पुर्नवास खबर 
 

ब्राउन सुगरसहित कैलालीबाट ३ जना पक्राउ

धनगढी । कैलालीमा ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट ब्राउनसुगर सहित तीन जनालाई सशस्त्र प्रहरी बल नेपाल बी.ओ.पी.पोष्ट र प्रहरी चौकी जुगेडाको संयुक्त टोलीले शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–९ का २३ वर्षीय राजेन्द्र भाट, धनगढी उपमहानगरपालिका–१० का १८ वर्षीय  बलराम राना र सोही स्थानका २४ वर्षीय गौरव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए ।  

लागुऔषध कारोबार तथा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा उनीहरुले चलाइरहेको सु.प.प्र. ०१–००८ प ५४८७ नम्बरको कालो रातो पल्सर मोटरसाईकल रोकी चेकचाँज गर्नेक्रममा उनीहरुबाट ११ ग्राम ७ सय मिलिग्राम ब्राउन सुगर, लागु औषध सेवन गर्न प्रयोग गरिने आधा ब्लेडको टुक्रा, एक थान सिल्भर पेपर र नगद ५ हजार ६ सय रुपैयाँ बरामद भएको प्रवक्ता थापाले बताए ।  जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुमाथि थप अनुसान्धान गरिरहेको छ ।

अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको मलामी गएकाहरु सम्पर्कमा आए

धनगढी । अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको मलामी गएकाहरु सम्पर्कमा आएका छन् ।

अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी उप–महानगरपालिकाको वडा नम्बर ४ को महिमा टोलकी ५५ वर्षीया महिलाको मलामी गएकाहरु सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मत थापाले महिलाको मलामी गएका ४९ जना सम्पर्कमा आएको बताउनु भयो । थापाका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर ४ सहित घोडाघोडी नगरपालिका वडा नम्बर ३ का ८ जना र बर्दोगोरिया गाउँपालिका वडा नम्बर २ का दुई जनागरी ४९ जना मलामी गएको पाइएको छ ।

मृतकलाई सेती प्रादेशिक अस्पतालसम्म लैजाने तथा उनको शव ल्याउने अटो चालक, आर्यघाटसम्म शव लैजाने ट्रयाक्टर चालक पनि सम्पर्कमा आएका छन् । मृतकको बसोबास रहेको महिमा टोल शनिबार साँझ नै सिल गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो।

शुक्रबार दिउसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी ती महिलाको शनिबार बिहान अन्त्येष्टि गरिएको थियो । मोहना घाटमा अन्त्येष्टि गरिएपछि मात्र कोरोना पुष्टि भएको थियो ।

लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित मृतक पहिलो पटक डायलसिस गराउनका सेती अस्पताल पुग्नुभएकाे थियाे । डायलसिस अघि गरिएकाे आरडीटी रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको हो । मृतकमा कोरोना पुष्टि भएपछि डायलसिस वार्ड सिल गरिएको छ । मृतक महिला यसअघि काठमाण्डौबाट उपचार गराएर फर्किएकी पाइएको छ । उज्यालो अनलाइन 

 

कैलालीमा शवको अन्त्येष्टिपछि कोरोना पुष्टि, मलामीको खोजी गरिँदै

कैलाली । डायलाइसिस गर्ने क्रममा मृत्यु भएकी धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थ्रोट स्वाबको नमुना जाँच गर्दा पोजेटिभ देखिएको हो ।

अस्पतालकै डायलाइसिस सेन्टरमा शुक्रबार बिहान निधन भएकी महिलाको शव शनिबार धनगढीको मोहना नदीमा अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टि सकिएपछि शनिबार दिउँसो स्वाब परीक्षणको रिपोर्टको आएको हो । रिपाेर्ट आएसँगै आफन्त र स्थानीय त्रसित बनेका छन् । वडा नम्बर ४ का अध्यक्ष दीपक थापाले अन्त्येष्टिमा करिब ५० जना मलामी रहेको बताए । रिपोर्ट नआउँदै डायलाइसिस सेन्टरले शुक्रबार नै शव आफन्तलाई बुझाएको थियो । आफन्तले अटोरिक्सामा राखेर शव घरमा पुऱ्याएका थिए । 

कोरोना पुष्टि भएपछि मलामी र मृतकको सम्पर्कमा रहेका व्यक्तिको खोजी सुरु गरिएको छ । वडा नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्न आग्रह गरिएको वडाध्यक्ष थापाले बताए ।

धनगढीका एकजना कोरोना संक्रमित काठमाडौँ रेफर

धनगढी । धनगढीका एक जना कोरोना संक्रमित काठमाडौँ रेफर गरीएको छ। स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उप–महानगरपालिका- ५ का ५१ बर्षीय कोरोना संक्रमितलाई काठमाडौँ रेफर गरीएको हो।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा संग्लन डाक्टर निराजन दत्त शर्माले उनलाई शुक्रवार राति साढे १० बजे रेफ गरीएको बताए।

‘मृगौलामा पनि समस्या देखाएको थियो भने निमोनिया पनि थियो,’ डाक्टर शर्माले  भने, ‘सेती अस्पताल लेवल–२ को अस्पताल भएकाले थप उपचारका लागि लेवल–३ को टिचिङ अस्पताल काठमाडोँमा रफेर गरीएको छ।’ 
दिनेश खबर 

जनप्रतिनिधिलाई सुविधा बढाउन कानुन संशोधनको तयारी

कसलाई कस्तो सुविधा ? हेर्नुहोस् सूची

कैलाली । मुलुक कोरोनाको महामारीसँग जुधिरहेको समयमा सुदूरपश्चिम प्रदेश सभामा भने स्थानीय तहका जनप्रतिनिधिहरुलाई बिलासी सेवा सुविधा दिने गरी कानुन संशोधनको तयारी भइरहेको छ ।

यसअघि स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिनु संविधानविपरीत भएको दाबी गर्दै अधिवक्ता लोकेन्द्र वलीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा फैसला सुनाउँदै गत कात्तिक १ गते  सर्वोच्चले पारिश्रमिक लिन नपाइने फैसला सुनााएको थियो ।

सर्वाेच्चको आदेशपछि रोकिएको सुविधा कानून संशोधन गरेर दिने गरी प्रदेश सभामा कसरत भइरहेको छ । कानुन संशोधन गरेर मात्रै होइन शीर्षक परिवर्तन गरेर समेत सुविधा दिने तयारी भइरहेको छ ।

प्रदेश सभाको बजेट अधिवेसनको तेस्रो बैठकमै सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ टेवल गरेका थिए । सो प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले समर्थन गरे ।

१५ गते सरकारको तर्फबाट टेबल भएको विधेयकलाई १७ गतेको प्रदेश सभा बैठकले दफावार छलफलको लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले बताए ।

‘प्रदेश सभाको जेठ १३ गतेदेखि शुरु भएको छैठौं अधिवेशनको तेस्रो बैठकमा संसोधन विधेयक टेवल भएको हो,’ धामीले भने, ‘१७ गते संसदीय समितिमा पठाइएको छ ।’

बजेट अधिवेशनको पाँचौँ बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल गरी विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ । सैद्धान्तिक छलफलमा नेकपाको तर्फबाट दीर्घ सोडारी, नेपाली कांग्रेसको तर्फबाट गोविन्द राज बोहरा र राजपाको तर्फबाट कृष्णबहादुर चौधरीले धारणा राखेका थिए ।

विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले उक्त विधेयकमाथि आफ्नो समितिमा छलफल सुरु भइसकेको बताए । ‘हामीले नै पारित गरेको कानून संविधानसँग बाझिएको छ । फेरि पनि यस्तो समस्या नहोस् भनेर हामी गम्भिर छलफलमा छौँ,’ उनले भने, ‘विधेयकमा केही विषय मिलेको छैन, हेरफेर गरेर सदनमा लैजान्छौँ ।’

सरकारले ल्याएको नयाँ संशोधनमा पनि विभेदकारी व्यवस्था भएको भन्दै थप परिमार्जित गर्न आवश्यक रहेको चौधरीले बताए । ‘हिजो पनि हामी यही विषयमा बैठक बसेका थियौँ । केही महत्वपूर्ण विषयहरुमा निर्णय गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘दफावार छलफलमा २÷४ दिन लगाएर भए पनि सबै मिलाएर सदनमा लैनान्छौँ ।’

जनप्रतिनिधिलाई विलासी सुविधा र डलरमा भ्रमण भत्ता

सर्वोच्च अदालतले पारिश्रमिकमा रोक लगाएको झण्डै ७ महिना पुग्नै लाग्दा प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी र सदस्य तथा जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुको लागि १० प्रकारको सेवा सुविधा प्रस्ताव गरेको छ ।

प्रदेश सरकारले उनीहरूको लागि बैठक भत्ताका साथै यातायात खर्च, टेलिफोन खर्च, मोबाइल खर्च, पत्रपत्रिका, पुस्तक, इन्टरनेट, अतिथि सत्कार, अनुगमन भत्ता, स्वदेश तथा विदेश भ्रमण भत्ता, सवारी साधन, यात्रा दुर्घटना बीमा गरी १० किमिमको सेवा सुविधा प्रस्ताव गरेको हो ।

प्रदेश सरकारले गाउँ सभा, नगर सभा  र उपमहानगर सभाका सदस्यहरुले पाउने बैठक भत्ता पनि प्रस्ताव गरेको छ । गाउँ सभा, नगर सभा  र उपमहानगर सभाका सदस्यहरुले ७ प्रकारका सुबिधा पाउने छन् ।

यस अघि उपमहानगरपालिका प्रमुखले ४० हजार, उपप्रमुखले ३५ हजार, वडाध्यक्षले २५ हजार, कार्यपालिका सदस्यले ११ हजार र वडा सदस्यले ७ हजार पारिश्रमिक लिँदै आएका थिए ।

नगरपालिका प्रमुखले ३५ हजार, उपप्रमुखले ३० हजार, वडाध्यक्षले २२ हजार, कार्यपालिका सदस्यले ९ हजार र वडा सदस्यले ६ हजार रुपैयाँ पाउँथे भने गाउँपालिका अध्यक्षले ३० हजार, उपाध्यक्षले २५ हजार, वडाध्यक्षले २० हजार र कार्यपालिका सदस्यले ८ हजार र वडा सदस्यले ५ हजार रुपैयाँ बुझ्ने गरेका थिए ।

कसलाई कस्तो सुविधा ?

जिल्ला समन्वय समितिका प्रमुख 

बैठक भत्ता (प्रति बैठक) : रु २५००

मासिक टेलिफोन, मोबाइल : ८ हजार

मासिक पत्रपत्रिका, पुस्तक, इन्टरनेट : ८ हजार

अनुगमन भत्ता (आफ्नो जिल्ला भित्र÷प्रतिअनुगमन ) : ३ हजार

अतिथि सत्कार (मासिक) : १० हजार

स्वदेश भ्रमण भत्ता (आफ्नो जिल्लाभन्दा बाहिर/प्रतिदिन ) : २१५०

विदेश भ्रमण भत्ता प्रतिदिन : १७५ अमेरिकी डलर

सवारी साधन : सरकारी सवारी साधन १

यात्रा दुर्घटना बीमा (सरकारी कामको सिलसिला) : १० लाख

जिल्ला समन्वय समितिका उपप्रमुख

बैठक भत्ताका (प्रतिबैठक) : २५००

यातायात (प्रतिबैठक) : १ हजार

मासिक टेलिफोन, मोबाइल : ५५००

मासिक पत्रपत्रिका, पुस्तक, इन्टरनेट : ५५००

अनुगमन भत्ता (आफ्नो जिल्ला भित्र/प्रतिअनुगमन ) : २५००

अतिथि सत्कार (मासिक) : ६ हजार

स्वदेश भ्रमण भत्ता (आफ्नो जिल्ला भन्दा बाहिर/प्रतिदिन) :२१५०

विदेश भ्रमण भत्ता प्रतिदिन : १७५ अमेरिकी डलर

यात्रा दुर्घटना बीमा (सरकारी कामको सिलसिला) : १० लाख

जिल्ला समन्वय समितिका सदस्य

बैठक भत्ता (प्रति बैठक)  : १५००

यातायात (प्रति बैठक)  : १ हजार

मासिक टेलिफोन, मोबाइल : २ हजार

मासिक पत्रपत्रिका, पुस्तक, इन्टरनेट : २ हजार

अनुगमन भत्ता (आफ्नो जिल्ला भित्र/प्रतिअनुगमन ) : १ हजार

स्वदेश भ्रमण भत्ता (आफ्नो जिल्लाभन्दा बाहिर/प्रतिदिन ) : १६००

विदेश भ्रमण भत्ता प्रतिदिन : १५० अमेरिकी डलर

यात्रा दुर्घटना बीमा (सरकारी कामको सिलसिला) : ८ लाख

उपमहानगरपालिका प्रमुख

बैठक भत्ता (प्रति बैठक : रु २५००

मासिक टेलिफोन, मोवाइल : ८ हजार

मासिक पत्रपत्रिका, पुस्तक, इन्टरनेट : ८ हजार

अनुगमन भत्ता (आफ्नो जिल्ला भित्र/प्रतिअनुगमन ) : ३ हजार

अतिथि सत्कार (मासिक) : १० हजार

स्वदेश भ्रमण भत्ता (आफ्नो जिल्लाभन्दा बाहिर/प्रतिदिन ) :२१५०

विदेश भ्रमण भत्ता प्रतिदिन : १७५ अमेरिकी डलर

सवारी साधन : सरकारी सवारी साधन १

यात्रा दुर्घटना बीमा (सरकारी कामको सिलसिला) : १० लाख

उपमहानगरपालिका उपप्रमुख

बैठक भत्ता (प्रति बैठक) : रु २५००

यातायात (प्रति बैठक) : १ हजार

मासिक टेलिफोन, मोबाइल : ५५००

मासिक पत्रपत्रिका, पुस्तक, इन्टरनेट  :  ५५००

अनुगमन भत्ता (आफ्नो जिल्ला भित्र/प्रतिअनुगमन) : २५००

अतिथि सत्कार (मासिक) : ६५००

स्वदेश भ्रमण भत्ता (आफ्नो जिल्लाभन्दा बाहिर/प्रतिदिन ) : २ हजार

विदेश भ्रमण भत्ता प्रतिदिन : १७५ अमेरिकी डलर

यात्रा दुर्घटना बीमा (सरकारी कामको सिलसिला) : १० लाख

उपमहानगरपालिका वडाध्यक्ष

बैठक भत्ता (प्रति बैठक) : रु २ हजार

यातायात (प्रति बैठक) : १ हजार

मासिक टेलिफोन , मोबाइल : ४ हजार

मासिक पत्रपत्रिका, पुस्तक, इन्टरनेट  :  ३ हजार

अनुगमन भत्ता (आफ्नो जिल्ला भित्र/प्रतिअनुगमन ) : १५००

अतिथि सत्कार (मासिक) : ५ हजार

स्वदेश भ्रमण भत्ता (आफ्नो जिल्लाभन्दा बाहिर/प्रतिदिन ) : १६००

विदेश भ्रमण भत्ता प्रतिदिन : १५० अमेरिकी डलर

सवारी साधन : छैन

यात्रा दुर्घटना बीमा (सरकारी कामको सिलसिला) : ८ लाख

उपमहानगरपालिका सदस्य

बैठक भत्ता (प्रति बैठक) : रु १५ सय

यातायात (प्रति बैठक) : ५००

मासिक टेलिफोन , मोबाइल : २ हजार

मासिक पत्रपत्रिका, पुस्तक, इन्टरनेट  : २ हजार

अनुगमन भत्ता (आफ्नो जिल्ला भित्र/प्रतिअनुगमन) : छैन

अतिथि सत्कार (मासिक) : छैन

स्वदेश भ्रमण भत्ता (आफ्नो जिल्लाभन्दा बाहिर/प्रतिदिन) : १६००

विदेश भ्रमण भत्ता प्रतिदिन : १५० अमेरिकी डलर

सवारी साधन : छैन

यात्रा दुर्घटना बीमा (सरकारी कामको सिलसिला) : ८ लाख

नगरपालिका प्रमुख

बैठक भत्ता (प्रति बैठक) : रु २५ सय

यातायात (प्रति बैठक) : छैन

मासिक टेलिफोन , मोबाइल : ५५००

मासिक पत्रपत्रिका, पुस्तक, इन्टरनेट : ६ हजार

अनुगमन भत्ता (आफ्नो जिल्ला भित्र/प्रतिअनुगमन) : २५००

अतिथि सत्कार (मासिक) : १० हजार

स्वदेश भ्रमण भत्ता (आफ्नो जिल्लाभन्दा बाहिर/प्रतिदिन ) : २ हजार

विदेश भ्रमण भत्ता प्रतिदिन : १५० अमेरिकी डलर

सवारी साधन : सरकारी सवारी साधन १

यात्रा दुर्घटना बीमा (सरकारी काममो सिलसिला) : १० लाख

नगरपालिका उपप्रमुख

बैठक भत्ता (प्रति बैठक) : रु २५ सय

यातायात (प्रति बैठक ) : १ हजार

मासिक टेलिफोन , मोबाइल : ५ हजार

मासिक पत्रपत्रिका, पुस्तक, इन्टरनेट : ५५००

अनुगमन भत्ता (आफ्नो जिल्ला भित्र/प्रतिअनुगमन ) : २ हजार

अतिथि सत्कार (मासिक) : ३५००

स्वदेश भ्रमण भत्ता (आफ्नो जिल्लाभन्दा बाहिर/प्रतिदिन ) : २ हजार

विदेश भ्रमण भत्ता प्रतिदिन : १५० अमेरिकी डलर

सवारी साधन : छैन

यात्रा दुर्घटना बीमा (सरकारी कामको सिलसिला) : १० लाख

नगरपालिका वडाध्यक्ष

बैठक भत्ता (प्रति बैठक): रु २ हजार

यातायात (प्रति बैठक) : १ हजार

मासिक टेलिफोन , मोबाइल : ३ हजार

मासिक पत्रपत्रिका, पुस्तक, इन्टरनेट  : २ हजार

अनुगमन भत्ता (आफ्नो जिल्लाभित्र/प्रतिअनुगमन) : १५००

अतिथि सत्कार (मासिक) : ३ हजार

स्वदेश भ्रमण भत्ता (आफ्नो जिल्लाभन्दा बाहिर/प्रतिदिन) : १५००

विदेश भ्रमण भत्ता प्रतिदिन : १२५ अमेरिकी डलर

सवारी साधन : छैन

यात्रा दुर्घटना बीमा (सरकारी कामको सिलसिला) : ८ लाख

नगरपालिका वडा सदस्य

बैठक भत्ता (प्रति बैठक) : १५००

यातायात (प्रति बैठक) : ५००

मासिक टेलिफोन , मोबाइल : १५००

मासिक पत्रपत्रिका, पुस्तक, इन्टरनेट : १५००

अनुगमन भत्ता (आफ्नो जिल्लाभित्र/प्रतिअनुगमन) : छैन

अतिथि सत्कार ( मासिक) : छैन

स्वदेश भ्रमण भत्ता (आफ्नो जिल्लाभन्दा बाहिर/प्रतिदिन) : १५००

विदेश भ्रमण भत्ता प्रतिदिन : १२५ अमेरिकी डलर

सवारी साधन : छैन

यात्रा दुर्घटना बीमा (सरकारी कामको सिलसिला) : ८ लाख

गाउँपालिका अध्यक्ष

बैठक भत्ता (प्रति बैठक) : २५००

यातायात (प्रति बैठक) : छैन

मासिक टेलिफोन , मोबाइल : ४ हजार

मासिक पत्रपत्रिका, पुस्तक, इन्टरनेट : ३ हजार

अनुगमन भत्ता (आफ्नो जिल्लाभित्र/प्रतिअनुगमन) : २५००

अतिथि सत्कार (मासिक) : १० हजार

स्वदेश भ्रमण भत्ता (आफ्नो जिल्लाभन्दा बाहिर/प्रतिदिन ) : १६००

विदेश भ्रमण भत्ता प्रतिदिन : १२५ अमेरिकी डलर

सवारी साधन : सरकारी सवारी साधन १

यात्रा दुर्घटना बीमा (सरकारी कामको सिलसिला) : १० लाख

गाउँपालिका उपाध्यक्ष

बैठक भत्ता (प्रति बैठक) : २५सय

यातायात (प्रति बैठक ) : १ हजार

मासिक टेलिफोन, मोबाइल : ३ हजार

मासिक पत्रपत्रिका, पुस्तक, इन्टरनेट : २ हजार

अनुगमन भत्ता (आफ्नो जिल्लाभित्र/प्रतिअनुगमन) : २ हजार

अतिथि सत्कार (मासिक) : ३५ सय

स्वदेश भ्रमण भत्ता (आफ्नो जिल्लाभन्दा बाहिर/प्रतिदिन) : १६००

विदेश भ्रमण भत्ता प्रतिदिन : १५० अमेरिकी डलर

सवारी साधन : छैन

यात्रा दुर्घटना बीमा (सरकारी कामको सिलसिला) : १० लाख

गाउँपालिका वडाध्यक्ष

बैठक भत्ता (प्रति बैठक) : २ हजार

यातायात (प्रति बैठक ) : १ हजार

मासिक टेलिफोन , मोबाइल : १५ सय

मासिक पत्रपत्रिका, पुस्तक, इन्टरनेट  : १५ सय

अनुगमन भत्ता (आफ्नो जिल्ला भित्र/प्रतिअनुगमन ) : १५ सय

अतिथि सत्कार (मासिक) : ३ हजार

स्वदेश भ्रमण भत्ता (आफ्नो जिल्लाभन्दा बाहिर/प्रतिदिन) : १२००

विदेश भ्रमण भत्ता प्रतिदिन : १२५ अमेरिकी डलर

सवारी साधन : छैन

यात्रा दुर्घटना बीमा (सरकारी कामको सिलसिला) : ८ लाख

गाउँपालिका वडा सदस्य

बैठक भत्ता (प्रति बैठक) : १५ सय

यातायात (प्रति बैठक) : ५ सय

मासिक टेलिफोन , मोबाइल : १ हजार

मासिक पत्रपत्रिका, पुस्तक, इन्टरनेट : ५ सय

अनुगमन भत्ता (आफ्नो जिल्लाभित्र/प्रतिअनुगमन) : छैन

अतिथि सत्कार (मासिक) : छैन

स्वदेश भ्रमण भत्ता (आफ्नो जिल्लाभन्दा बाहिर/प्रतिदिन) : १२००

विदेश भ्रमण भत्ता प्रतिदिन : १२५ अमेरिकी डलर

सवारी साधन : छैन

यात्रा दुर्घटना बीमा (सरकारी कामको सिलसिला) : ८ लाख
साभार : अनलाइन खबर 

कैलालीमा वडाध्यक्षसहितको टोलीद्वारा स्थानीयमाथि आक्रमण, वडाध्यक्षका छोरा पक्राउ

कैलाली । कैलालीमा भारतबाट फर्किएका नागरिलाई क्वारेन्टिनमा राख्न आग्रह गर्दा स्थानीयमाथि आक्रमण भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ३ का अध्यक्ष नरवहादुर शाहको नेतृत्वमा आएको टोलीले स्थानीयमाथि आक्रमण गरेको आरोप लागेको हो।

‘मुम्बईबाट फर्किएका १० जनालाई क्वारेन्टिनमा राख्न आग्रह गरेका थियौँ तर वडा कार्यालयले उनीहरुको व्यवस्थापन गर्न मानेको थिएन्,’ स्थानीय सरस्वती शाहले भनिन्, ‘सोही विषयमा विवाद बढेपछि आज विहान वडा अध्यक्ष सहितका ३०, ४० जना आएर चार जना स्थानीयमाथि हातपात गरिएको छ।’ उनले वडा अध्यक्षका छोराले समेत स्थानीयमाथि हातपात गरेको बताईन्। 

यता वडा अध्यक्ष शाहले भने हातपात भएको विषयमा आफुलाई जानकारी नभएको बताए। ‘वडा कार्यालय अगाडि फोहोर गरेको गुनासो आएपछि मैले सम्झाएको थिए,’ वडा अध्यक्ष शाहले भने, ‘आक्रमण कस्ले र किन ग¥यो भन्ने विषयमा मलाई जानकारी छैन्।’

यता ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले स्थानीयमाथि आक्रमण भएको गुनासोपछि प्रहरी खटाइएको बताए । उनले वडा अध्यक्षका छोरा सुजन शाहलाई पक्राउ गरीएको जानकारी दिए। 
दिनेश खबर बाट साभार

Friday, June 5, 2020

बाजुराको क्वारेन्टाइनमा एक जनाको मृत्यु,कोरोना परीक्षण हुने

बाजुरा । बाजुराको एक क्वारेन्टाइनमा १ जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका-७ को क्वारेन्टाइनमा ६५ वर्षीय वृद्धको मृत्यु भएको हो । उनि जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

शुक्रबार साँझदेखि खाना नखाएका उनको राती मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका-७ का वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । गाउँकै मष्टा आधारभूत विद्यालय बुढाबाडामा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष रावतले जानकारी दिए । 

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने अध्यक्ष रावतले जानकारी दिए ।

Thursday, June 4, 2020

डोटीमा एक महिलाले क्वारेन्टाइनभित्रै छोरा जन्माइन

डोटी । डोटीमा एक महिलाले क्वारेन्टाइनभित्रै छोराको जन्म दिएकी छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ को देवी माध्यमिक विद्यालय खातिवडाको क्वारेन्टाइनमा रहेकी २१ वर्षिया गीता आउजीले छोरा जन्माएकी हुन् ।

बुधबार राती १ बजेर ४४ मिनेट जाँदा उनले क्वारेन्टाइनभित्रै छोरा जन्माएको वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । उनी सो नगरपालिकाको वडा नं २ खुल्लेकका स्थायी बासिन्दा हुन् ।

कामको शिलशिलामा भारतको राजस्थान बस्दै आएकी गीता आउजी कोरोना महामारीका कारण यहि जेठ १२ गते डोटी फर्केकी थिइन् । भारतबाट आएका ७४ जनाको टोलीसँगै उनका श्रीमान अमर आउजी र पहिलो सन्तान पनि सँगै क्वारेन्टाइनमा नै रहेकी उनले सकुशल बच्चालाई जन्म दिएको खातीवडा स्वास्थ्यचौकी प्रमूख राम बहादुर भण्डारीले बताए । यद्यपी क्वारेन्टाइनमा राखिएका कारण र रातीको समयमा सुत्केरी हुँदा स्वास्थ्यकर्मीलाई खबर भने गर्न नसकेको भण्डारीले बताए । गीता र नवजात शिशुको आवश्यक स्वास्थ्य हेरचाहका लागि अहिले स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइन स्थलतर्फ गईरहेको जनाईएको छ । इ सुदुर खबर बाट 

Wednesday, June 3, 2020

बैतडीका २२ वर्षिय युवकले जिते कोरोना : डिस्चार्ज भएसंगै नर्सले फुल दिइन, प्रहरीले हतकडी

बैतडी । बैतडीका कोरोना संक्रमित २२ बर्षीय युवकले कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज भएका छन् । आइसोलेशनमा भर्ना भएको १३ औं दिनमा बुधबार जिल्लाको शिवनाथगाउँपालिका २ का ती युवकले कोरोना जितेका हुन् ।

यही जेठ ९ गते कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरी उनको उपचार सुरु गरिएको थियो ।धनगढी प्रयोगशालामा लगातार गरिएको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर बशन्तराज जोशीले जानकारी दिए । 

बुधवार कोरोना जितेर जिल्ला अस्पतालबाट डिस्चार्ज भएका शिवनाथ गाउँपालिका २ का २२ बर्षीय ती युवक डिस्चार्जभएसंगै कारागार चलान भएका छन् । कर्तव्य ज्यान मुद्धामा वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका बेला ती युवकलाई जेठ ९ गते पुष्टि भएको थियो ।

कर्तव्य ज्यान मुद्धाका ती युवकलाई जिल्ला अदालत बैतडीले यसअघि नै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइसकेकोले ती युवकलाई कारागार पठाईएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

चौतर्फी आलोचनापछि आफ्नै निर्णयबाट पछि हट्यो सरकार, कर दाखिला गर्ने समय थप

काठमाडौं । जेठ २५ गते भित्र कर तिर्नुपर्ने सरकारी र्निणयको चौतर्फि आलोचना पछि सरकार यो र्निणय बाट पछि हटेको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको थियो । यसको सर्बत्र व्यवसायीहरूले विरोध गरेका थिए । 

आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गदै कर दाखिला गर्ने समय असार ७ गते सम्म बढाएको छ । सूचनामा कोभिड –१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रूपमा बझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद असार ७ गते सम्म थप गरिएको सूचनामा भनिएको छ ।  मूअ करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दोस्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७  गतेसम्म कायम गरिएको विभागले जनाएको छ । 

अन्तशूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि असार ७  गतेसम्म नै बनाइएको छ । आयकर ऐनअनुसार फागुन, चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउन म्याद पनि असार ७ नै तय गरिएको छ । 

कैलालीका ५ जना कोरोना संक्रमितलाई अस्पतालले भर्ना नगरेपछि..

'स्थानीय तहले मन्दिरको हलमा राख्यो'

२१ जेठ, कैलाली । कैलालीको गौरिगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले भर्ना नगरी फिर्ता गरिदिएको छ । मंगलबार राति अस्पताल पुर्याइएका ५ जनालाई आइसोलेसन वार्ड अभाव भएको भन्दै अस्पतालले भर्ना नगरेको गौरिगंगा नगरपालिकाका प्रमुख भिम देउवाले बताए ।

अस्पतालले भर्ना नगरेपछि संक्रमितहरुलाई मन्दिरको हलमा राखिएको छ । ‘अस्पतालले फिर्ता गरेपछि हामीले उहाँहरुलाई मन्दिरको हलमा व्यवस्थापन गरेका छौँ,’ नगर प्रमुख देउवाले भने, ‘अब के गर्ने भन्ने विषयमा छलफल हुँदै छ ।’

मंगलबार नै गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये २ जनालाई स्वास्थ्यमा समस्या देखिएको र अन्य ३ जना सामान्य रहेको देउवाले बताए । कोरोना संक्रमण पुष्टि भइसक्दा पनि अस्पतालले भर्ना नलिएपछि समस्यामा परेको उनी बताउँछन् । स्थानीय तहले नै आइसोलेसन वार्ड बनाएर उनीहरुलाई राख्ने तयारीमा जुटेको मेयर देउवाले बताए ।

सेती प्रादेशिक अस्पतालले भने शय्या अभावका कारण संक्रमितलाई राख्न नसकेको बताएको छ । ‘अस्पतालमा २४ शय्याको आइसोलेसन छ । हामीकहाँ २५ जना बिरामी भइसके । त्यसैले थप ५ जनालाई राख्न नसकेर फर्काएका हौँ,’ अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने । उनले स्थानीय तहले अस्पतालसँग समन्वय नगरेर संक्रमितलाई ल्याएको बताए । अनलाइन खबर 

Tuesday, June 2, 2020

मोटरसाईकलमै सेती अस्पताल पुगे कोरोना संक्रमित स्वास्थ्यकर्मी

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्वास्थ्यकर्मीमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। कञ्चनपुरको पुर्नवासमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

धनगढी स्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पुर्नवास नगरपालिकामा कार्यरत ३६ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएको जानकारी पाएपछि १० मिनेटमै सेती प्रादेशिक अस्पताल पुगेका थिए।

आफ्नै मोटरसाईकलमा उनी अस्पताल पुगेका हुन्। अहिले उनलाई सेती अस्पतालको आईसोलेसनमा राखिएको छ। दिनेश खबर 

संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुको अरुन्तुष्टि,मुख्यमन्त्री भट्टले मागे माफी

२० जेठ, कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलमा मुख्यमन्त्री त्रिलोचन भट्टले माफी मागेका छन् ।

एक वर्षपछि मंगरबार बसेको संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले सरकारप्रति अरुन्तुष्टि जनाएका थिए । मंगलबार धारणा राख्ने अधिकांश सांसदहरुले सरकारको कार्यशैलीप्रति गरेका थिए भने केही सांसदहरुले काम गर्न नसक्ने अवस्थामा पदमा बस्नुको औचित्य नहुने बताएका छन् ।

बैठकमा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले आत्मआलोचनाको शैलीमा माफी मागेको एक सांसदले बताए । समयमा दलको बैठक बोलाउन नसकेको, सरकार र सांसदबीच समन्वय अभाव भएको स्वीकार गर्दै उनले माफी मागेका हुन् । ‘सुरुमै मुख्यमन्त्रीज्यूले त्रुटी भएको भन्दै माफी माग्नु भयो’ उनले भने ‘उहाँले पहिले त्यसरी कहिल्यै माफी माग्नु भएको थिएन ।’

मुख्यमन्त्रीले धारण राखेलगत्तै नेकपाका सांसद वीरमान चौधरीले सरकारको गतिबिधि ठिक नभएको आरोप लगाए । ‘सरकारले केही गर्न सकेन भन्दा पनि हुन्छ । काम गर्न नसक्ने अवस्थामा पदमा बस्नुको केहि अर्थ छैन’ उनले भनेका थिए ।

पूर्व मन्त्री दीर्घ सोडारीले पनि सरकारको अलोचना गरे । मंगलबार प्रमुख सचेतक तारालामा तामाङ, सचेतक अक्कल रावल बिषयत समितिका सभापति लगायतका ११ जना सांसदले धारणा राखेका थिए । बोल्ने अधिकांशले सरकारले राम्रो काम गर्न नसकेको बताएका छन् ।

सचेतक रावलले अब ल्याउने बजेट सन्तुलित नभए बजेट शंशोधन पनि हुनसक्ने बताएका थिए । उनले केही समय पहिले आफूलाई नियोजित ढंगले फसाइएको भन्दै छानबिन गर्न माग गरेका छन् ।

गत बर्ष बजेट पारित गर्ने बिषयमा विवाद बढेपछि मुख्यमन्त्री कार्यालयमा संसदीय दलको १३ औं बैठक बसेको थियो । त्यसपछि सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक पहिलो पटक बसेको हो । मंगलबरा सांसदहरुले बोल्ने क्रम नसकिएकाले बैठक भोलि बिहान ८ बजे पुनः बस्नेछ । साभार : अनलाइन खबर ड्ट कम 

घोडाघोडीमा र्‍यापिड टेष्टमा ११ जनाको रिपोर्ट पोजिटिभ


सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा ११ जनाको रिपोर्ट पोजिटिभ आएको छ । नगरका विभिन्न वडामा भएको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) मा ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो । 


सोमबार २ सय ११ जनाको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) प्रविधि बाट कोरोना परिक्षण गर्दा नगरपालिकाको वडा न. ३ मा ४ जना, वडा न. ६ मा ४ जना, वडा न. ९ मा २ जना र वडा न. ११ मा १ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य शाखा संयोजक कैलाश कुमार रावतले जानकारी दिए ।

रिपोर्ट पोजेटिभ आएका सबै क्वारेन्टाईनमै रहेको र चाडै नै पिसिआर रिपोर्टको लागि स्वाब संकलन गरिने र पिसिआरमा पोजेटिभ आएपछी मात्र सेती प्रादेशिक अस्पताल पठाइने संयोजक रावतले बताए । उनले अहिलेनै पठाउनको लागी अस्पतालमा बेडको अभाव भएको हुँदा पिसिआर मा पोजेटिभ आएपछि मात्र पठाउनु पर्ने बाध्यता रहेको बताए ।

Monday, June 1, 2020

सेती अस्पतालमा कोरोना संक्रमितलाई राख्न शैया अभाव

धनगढी । कैलालीमा सोमवार थपिएका १४ जना संक्रमितलाई पनि उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याईएको छ। सोमवार संक्रमण पुष्टि भएका धनगढी उप–महानगरपालिका, गौरीगंगा नगरपालिका र बर्दगोरियाका उनीहरुलाई आईसोलेसनमा राखेर उपचार गर्न सेती प्रादेशिक अस्पताल ल्याईको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

१४ जना संक्रमितलाई सेती प्रादेशिक अस्पताल ल्याइएपछि एक जनालाई भने आईसोलेन शैया अभाव भएको छ। यसअघि नै ९ जना संक्रमित र दुई जना शंकास्पद विरामी सहित ११ जनालाई अस्पतालको आईसोलेसनमा राखिएकोमा १४ जना थपिएपछि एक जनालाई शैया अभाव भएको हो।

सेतीमै २३ जना संक्रमित र दुई जना शंकास्पद बिरामी भएपछि विरामीको संख्या २५ पुगेको छ भने अस्पतालसँग २४ शैयाको आईसोलेसन वार्ड मात्रै रहेको छ। दिनेश खबरबाट 

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...