Saturday, June 6, 2020

ब्राउन सुगरसहित कैलालीबाट ३ जना पक्राउ

धनगढी । कैलालीमा ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट ब्राउनसुगर सहित तीन जनालाई सशस्त्र प्रहरी बल नेपाल बी.ओ.पी.पोष्ट र प्रहरी चौकी जुगेडाको संयुक्त टोलीले शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–९ का २३ वर्षीय राजेन्द्र भाट, धनगढी उपमहानगरपालिका–१० का १८ वर्षीय  बलराम राना र सोही स्थानका २४ वर्षीय गौरव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए ।  

लागुऔषध कारोबार तथा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा उनीहरुले चलाइरहेको सु.प.प्र. ०१–००८ प ५४८७ नम्बरको कालो रातो पल्सर मोटरसाईकल रोकी चेकचाँज गर्नेक्रममा उनीहरुबाट ११ ग्राम ७ सय मिलिग्राम ब्राउन सुगर, लागु औषध सेवन गर्न प्रयोग गरिने आधा ब्लेडको टुक्रा, एक थान सिल्भर पेपर र नगद ५ हजार ६ सय रुपैयाँ बरामद भएको प्रवक्ता थापाले बताए ।  जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुमाथि थप अनुसान्धान गरिरहेको छ ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...