डोटी । डोटीमा एक महिलाले क्वारेन्टाइनभित्रै छोराको जन्म दिएकी छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ को देवी माध्यमिक विद्यालय खातिवडाको क्वारेन्टाइनमा रहेकी २१ वर्षिया गीता आउजीले छोरा जन्माएकी हुन् ।
बुधबार राती १ बजेर ४४ मिनेट जाँदा उनले क्वारेन्टाइनभित्रै छोरा जन्माएको वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । उनी सो नगरपालिकाको वडा नं २ खुल्लेकका स्थायी बासिन्दा हुन् ।
कामको शिलशिलामा भारतको राजस्थान बस्दै आएकी गीता आउजी कोरोना महामारीका कारण यहि जेठ १२ गते डोटी फर्केकी थिइन् । भारतबाट आएका ७४ जनाको टोलीसँगै उनका श्रीमान अमर आउजी र पहिलो सन्तान पनि सँगै क्वारेन्टाइनमा नै रहेकी उनले सकुशल बच्चालाई जन्म दिएको खातीवडा स्वास्थ्यचौकी प्रमूख राम बहादुर भण्डारीले बताए । यद्यपी क्वारेन्टाइनमा राखिएका कारण र रातीको समयमा सुत्केरी हुँदा स्वास्थ्यकर्मीलाई खबर भने गर्न नसकेको भण्डारीले बताए । गीता र नवजात शिशुको आवश्यक स्वास्थ्य हेरचाहका लागि अहिले स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइन स्थलतर्फ गईरहेको जनाईएको छ । इ सुदुर खबर बाट
No comments:
Post a Comment