Saturday, June 6, 2020

कैलालीमा वडाध्यक्षसहितको टोलीद्वारा स्थानीयमाथि आक्रमण, वडाध्यक्षका छोरा पक्राउ

कैलाली । कैलालीमा भारतबाट फर्किएका नागरिलाई क्वारेन्टिनमा राख्न आग्रह गर्दा स्थानीयमाथि आक्रमण भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ३ का अध्यक्ष नरवहादुर शाहको नेतृत्वमा आएको टोलीले स्थानीयमाथि आक्रमण गरेको आरोप लागेको हो।

‘मुम्बईबाट फर्किएका १० जनालाई क्वारेन्टिनमा राख्न आग्रह गरेका थियौँ तर वडा कार्यालयले उनीहरुको व्यवस्थापन गर्न मानेको थिएन्,’ स्थानीय सरस्वती शाहले भनिन्, ‘सोही विषयमा विवाद बढेपछि आज विहान वडा अध्यक्ष सहितका ३०, ४० जना आएर चार जना स्थानीयमाथि हातपात गरिएको छ।’ उनले वडा अध्यक्षका छोराले समेत स्थानीयमाथि हातपात गरेको बताईन्। 

यता वडा अध्यक्ष शाहले भने हातपात भएको विषयमा आफुलाई जानकारी नभएको बताए। ‘वडा कार्यालय अगाडि फोहोर गरेको गुनासो आएपछि मैले सम्झाएको थिए,’ वडा अध्यक्ष शाहले भने, ‘आक्रमण कस्ले र किन ग¥यो भन्ने विषयमा मलाई जानकारी छैन्।’

यता ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले स्थानीयमाथि आक्रमण भएको गुनासोपछि प्रहरी खटाइएको बताए । उनले वडा अध्यक्षका छोरा सुजन शाहलाई पक्राउ गरीएको जानकारी दिए। 
दिनेश खबर बाट साभार

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...