सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा ११ जनाको रिपोर्ट पोजिटिभ आएको छ । नगरका विभिन्न वडामा भएको र्यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) मा ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
सोमबार २ सय ११ जनाको र्यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) प्रविधि बाट कोरोना परिक्षण गर्दा नगरपालिकाको वडा न. ३ मा ४ जना, वडा न. ६ मा ४ जना, वडा न. ९ मा २ जना र वडा न. ११ मा १ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य शाखा संयोजक कैलाश कुमार रावतले जानकारी दिए ।
रिपोर्ट पोजेटिभ आएका सबै क्वारेन्टाईनमै रहेको र चाडै नै पिसिआर रिपोर्टको लागि स्वाब संकलन गरिने र पिसिआरमा पोजेटिभ आएपछी मात्र सेती प्रादेशिक अस्पताल पठाइने संयोजक रावतले बताए । उनले अहिलेनै पठाउनको लागी अस्पतालमा बेडको अभाव भएको हुँदा पिसिआर मा पोजेटिभ आएपछि मात्र पठाउनु पर्ने बाध्यता रहेको बताए ।
No comments:
Post a Comment