Tuesday, June 2, 2020

संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुको अरुन्तुष्टि,मुख्यमन्त्री भट्टले मागे माफी

२० जेठ, कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलमा मुख्यमन्त्री त्रिलोचन भट्टले माफी मागेका छन् ।

एक वर्षपछि मंगरबार बसेको संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले सरकारप्रति अरुन्तुष्टि जनाएका थिए । मंगलबार धारणा राख्ने अधिकांश सांसदहरुले सरकारको कार्यशैलीप्रति गरेका थिए भने केही सांसदहरुले काम गर्न नसक्ने अवस्थामा पदमा बस्नुको औचित्य नहुने बताएका छन् ।

बैठकमा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले आत्मआलोचनाको शैलीमा माफी मागेको एक सांसदले बताए । समयमा दलको बैठक बोलाउन नसकेको, सरकार र सांसदबीच समन्वय अभाव भएको स्वीकार गर्दै उनले माफी मागेका हुन् । ‘सुरुमै मुख्यमन्त्रीज्यूले त्रुटी भएको भन्दै माफी माग्नु भयो’ उनले भने ‘उहाँले पहिले त्यसरी कहिल्यै माफी माग्नु भएको थिएन ।’

मुख्यमन्त्रीले धारण राखेलगत्तै नेकपाका सांसद वीरमान चौधरीले सरकारको गतिबिधि ठिक नभएको आरोप लगाए । ‘सरकारले केही गर्न सकेन भन्दा पनि हुन्छ । काम गर्न नसक्ने अवस्थामा पदमा बस्नुको केहि अर्थ छैन’ उनले भनेका थिए ।

पूर्व मन्त्री दीर्घ सोडारीले पनि सरकारको अलोचना गरे । मंगलबार प्रमुख सचेतक तारालामा तामाङ, सचेतक अक्कल रावल बिषयत समितिका सभापति लगायतका ११ जना सांसदले धारणा राखेका थिए । बोल्ने अधिकांशले सरकारले राम्रो काम गर्न नसकेको बताएका छन् ।

सचेतक रावलले अब ल्याउने बजेट सन्तुलित नभए बजेट शंशोधन पनि हुनसक्ने बताएका थिए । उनले केही समय पहिले आफूलाई नियोजित ढंगले फसाइएको भन्दै छानबिन गर्न माग गरेका छन् ।

गत बर्ष बजेट पारित गर्ने बिषयमा विवाद बढेपछि मुख्यमन्त्री कार्यालयमा संसदीय दलको १३ औं बैठक बसेको थियो । त्यसपछि सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक पहिलो पटक बसेको हो । मंगलबरा सांसदहरुले बोल्ने क्रम नसकिएकाले बैठक भोलि बिहान ८ बजे पुनः बस्नेछ । साभार : अनलाइन खबर ड्ट कम 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...