कैलाली । डायलाइसिस गर्ने क्रममा मृत्यु भएकी धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थ्रोट स्वाबको नमुना जाँच गर्दा पोजेटिभ देखिएको हो ।
अस्पतालकै डायलाइसिस सेन्टरमा शुक्रबार बिहान निधन भएकी महिलाको शव शनिबार धनगढीको मोहना नदीमा अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टि सकिएपछि शनिबार दिउँसो स्वाब परीक्षणको रिपोर्टको आएको हो । रिपाेर्ट आएसँगै आफन्त र स्थानीय त्रसित बनेका छन् । वडा नम्बर ४ का अध्यक्ष दीपक थापाले अन्त्येष्टिमा करिब ५० जना मलामी रहेको बताए । रिपोर्ट नआउँदै डायलाइसिस सेन्टरले शुक्रबार नै शव आफन्तलाई बुझाएको थियो । आफन्तले अटोरिक्सामा राखेर शव घरमा पुऱ्याएका थिए ।
कोरोना पुष्टि भएपछि मलामी र मृतकको सम्पर्कमा रहेका व्यक्तिको खोजी सुरु गरिएको छ । वडा नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्न आग्रह गरिएको वडाध्यक्ष थापाले बताए ।
No comments:
Post a Comment