भीरबाट लडेर डोटीमा एक महिलाको मृत्यु

डोटी ।
डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिकामा भीरबाट लडेर स्थानीय २० वर्षिया गीता लोहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । शनिवार बिहान जङ्गलमा घाँस काट्न जाँदा चिप्लिएर भिरबाट लडेर लोहारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

भिरमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी उनलाई गाउँपालिकाको एम्बुलेन्समा राखेर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु प्रहरी नायव उपरीक्षक इन्द्र मल्ले बताए ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...