
बैतडी । बैतडीमा क्वारेन्टाइनमा बसेकाहरुलाई खाना पकाउने एक जना पुरुषको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरुलाई खाना पकाउने गरेका दशरथचन्द नगरपालिका ६ कै करिब ५० बर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति घरमै बिरामी भएका उनको शनिबार बिहान अस्पताल ल्याउदै गर्दा मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी प्रमुख एसपी नारायण प्रसाद अधिकारीले जानकारी दिए । क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिको मृत्यु भएकोले कोरोना परीक्षणका लागि स्वाब संकलनको कार्य गर्न ल्याबका कर्मचारीहरु गएका स्वास्थ्य कार्यालयका प्रमुख योगेश प्रसाद भट्टले बताए । स्वाब संकलन गर्ने र शव कसरी व्यवस्थापन गर्ने भन्ने कुराको तयारी भइरहेको उनले जानकारी दिए । ३/४ दिन अघि बाट भने उनले क्वारेन्टाइनमा खाना पकाउन छोडेका बुझिएको छ ।
No comments:
Post a Comment