बैतडी । बैतडीका कोरोना संक्रमित २२ बर्षीय युवकले कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज भएका छन् । आइसोलेशनमा भर्ना भएको १३ औं दिनमा बुधबार जिल्लाको शिवनाथगाउँपालिका २ का ती युवकले कोरोना जितेका हुन् ।
यही जेठ ९ गते कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरी उनको उपचार सुरु गरिएको थियो ।धनगढी प्रयोगशालामा लगातार गरिएको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर बशन्तराज जोशीले जानकारी दिए ।
बुधवार कोरोना जितेर जिल्ला अस्पतालबाट डिस्चार्ज भएका शिवनाथ गाउँपालिका २ का २२ बर्षीय ती युवक डिस्चार्जभएसंगै कारागार चलान भएका छन् । कर्तव्य ज्यान मुद्धामा वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका बेला ती युवकलाई जेठ ९ गते पुष्टि भएको थियो ।
कर्तव्य ज्यान मुद्धाका ती युवकलाई जिल्ला अदालत बैतडीले यसअघि नै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइसकेकोले ती युवकलाई कारागार पठाईएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।
No comments:
Post a Comment