Wednesday, June 3, 2020

चौतर्फी आलोचनापछि आफ्नै निर्णयबाट पछि हट्यो सरकार, कर दाखिला गर्ने समय थप

काठमाडौं । जेठ २५ गते भित्र कर तिर्नुपर्ने सरकारी र्निणयको चौतर्फि आलोचना पछि सरकार यो र्निणय बाट पछि हटेको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको थियो । यसको सर्बत्र व्यवसायीहरूले विरोध गरेका थिए । 

आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गदै कर दाखिला गर्ने समय असार ७ गते सम्म बढाएको छ । सूचनामा कोभिड –१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रूपमा बझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद असार ७ गते सम्म थप गरिएको सूचनामा भनिएको छ ।  मूअ करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दोस्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७  गतेसम्म कायम गरिएको विभागले जनाएको छ । 

अन्तशूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि असार ७  गतेसम्म नै बनाइएको छ । आयकर ऐनअनुसार फागुन, चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउन म्याद पनि असार ७ नै तय गरिएको छ । 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...