Sunday, June 7, 2020

अछाममा अस्पतालका कर्मचारीले आफ्नै शरीरमा लगाए आगो

अछाम । अछाम बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालको गेट अगाडि सोमबार बिहान साफेँबगर नगरपालिका–६ का सिदार्थ आउजी आफ्नै शरीरमा आगो लगाएका हुन् । उनको हेलिकप्टरमार्फत नेपालगन्ज थप उपचारको लागि लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । उनको एक छोरा र एक छोरी रहेका छन् । केहि हप्ता अगाडि अस्पतालले हटाएका ३३ जना कर्मचारीमा चर्पी सफा गर्ने कामको जिम्मेवारीमा काम गर्ने गरेका थिए ।

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । दुई महिना अगाडि नै अस्पतालले हटाएको चिठी दिएपछि सिदार्थ तनावमा रहेको हटाइएका अर्का कर्मचारी विशाल पण्डितले बताए । ‘म अस्पतालमा चौकीदारको काम गर्थे । सिदार्थ सरसफाईको काम गर्थे । पुरानो नियुक्ति सकिन दुई महिना बाँकी रहेको थियो । हामी काम गर्न अस्पताल गयौं’ उनले भने । ‘तिमीहरूलाई हटाइसकेको हो । फेरि किन अस्पताल आयौ भन्दै हाकिमहरुले थर्काए । प्रहरी लगाएर बाहिर निकाले ।’ महामारीकै समयमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि न्यूनस्तरका धेरै कर्मचारी तनावमा भएको उनको भनाइ छ । अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ । अग्नि समाचार ड्टकम / सांकेतिक तस्बिर 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...