काठमाडौं । यस बर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस बर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । मन्त्री पुनले एसईई खारेज नभइ विद्यालय लाई जिम्मा दिइएको बताए । यसमा पनि आन्तरिक परीक्षा र मूल्याङ्नक हुने उनले बताए ।
अवेर सकिएको मन्त्रिपरिषद् बैठकका निर्णय औपचारिकरुपमा सार्वजनिक गरिएको छैन । सरकारका प्रवक्ताले बिहीबार मात्रै निर्णय बारे जानकारी दिने बताइएको छ ।
No comments:
Post a Comment