Saturday, June 27, 2020

सुदूरपश्चिममा थप २२८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार नाघ्यो

कैलाली । सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा १ सय ११० जना, बिर अस्पतालको प्रयोगशाला गरिएको परिक्षणमा ६ जना, त्रिभुवन शिक्षण अस्पतालमा ८२ र धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरिएका परिक्षणमा थप ३० कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा डोटीका ४६ जना, बैतडीका २४ जना, अछामका १३ जना, डडेल्धुरा र कैलालीका ८÷८ जना, बझाङ र बाजुराका ४÷४ जना, कन्चनपुरका ३ जना रहेका छन ।

त्यस्तै बिर अस्पतालको प्रयोगशाला गरिएको परिक्षणमा बझाङका ४ र डोटीका २ जनामा कोरोना संक्रमण देखिएको छ । त्रिभुवन शिक्षण अस्पतालमा गरिएको परिक्षणमा बाजुराका ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसअघि धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरिएका परिक्षणमा आजै ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेद्धारा जारी गरिएको सूचना अनुसार थपिएका संक्रमित मद्ये कैलालीको लम्कीचुहाका १४ जना, भजनीका १ जना, स्थानिय तह नखुलेका कैलालीकै २ जना रहेका छन । त्यस्तै डोटीका १३ जना रहेका छन ।सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २ हजार ९० पुगेको छ ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...