Sunday, November 19, 2017

प्रकाशको काजक्रिया नहुने, चितवनको श्रद्धाञ्जली सभा ओली र प्रचण्डले सम्बोधन गर्ने

चितवन,मंसिर ४ । आइतबार निधन भएका प्रकाश दाहालको श्रद्धान्जलीस्वरुप एमाले–माओवादी केन्द्रले भोली (मंगलबार) चितवनमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।
मंगलबारका लागि तय गरिएको चुनावी सभालाई दुवै पार्टीले श्रद्धाञ्जली सभामा परिणत गर्न लागेका हुन्।
यसअघि नै भरतपुरको केन्द्रीय बसपार्कमा एमाले–माओवादी केन्द्रले चुनावी सभा गर्ने तय भइसकेको थियो। सभामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम थियो।
तर अब त्यो सभालाई चुनावी सभाका अलावा श्रद्धाञ्जली सभामा परिणत गरिने भएको छ। सभामा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन्।

सभामा दाहाल परिवारका अन्य सदस्यपनि उपस्थित हुनेछन्। तर प्रकाशको काजक्रिया भने नहुने भएको छ। ‘कम्युनिष्ट राजनीतिमा भएकाले दाहाल परिवारमा काजकिरिया गर्ने प्रचलन छैन’ स्व प्रकाशका निकट स्रोतले  भन्यो, ‘सबै परिवार चुनावमा लागेकाले पनि काजक्रिया नहुने भयो।’प्रकाशको काजक्रिया के होला ?
आम जनतालाई चासोको विषय बनेको बेला यस्तो खबर आएको हो । तर मृत्युको अन्तिम दहासंस्कार भने हिन्दु परम्परा अनुसारनै गरिएको थियो । 
newsabhiyan 

१७ हजार मान्छे मार्नेको छोरो मर्यो भन्दै खुसीयाली मनाउनेहरु

तिमिहरुले गर्दा यो परिवर्तन आएको हो कि तिमीहरुका बाबु र हजुरबाहरुले गर्दा । सेना बाटदिन दाहाडै हलो जोतिरहेको बेलामा मारिने किसान तिमीहरुकै बाबु , दाइ ,भाइ भएको भए के हुन्थ्यो रु पछाडि मकै लगाउदै गर्दा वलात्कारको सिकार भएकी चेली तिमीहरुकै आफ्नै आमा, दिदी , बहिनी भएको भए के हुन्थ्यो ?
दाउरा घाँस गर्न गएकी जवान युवतीको शरीर सेनाले बन्दुको नालले चलाउदै गर्दा ति युवती तिम्रै श्रीमति भएको भए के हुन्थ्यो ?
रातको १२ वजे आतँककारी भन्दै सोजा जनतालाई गोलीको सिकार वनाउने, हो त्यो सिकार बन्ने ब्यक्ती तिम्रो नजिकैको आफन्त भएको भए के हुन्थ्यो ? माओवादिले मारे भन्दै आफैले वलत्कार गरेर छातिमा गोली ठोकी मारिएकी युवती तिम्रो बहिनी भएको भए के हुन्थ्यो ?
जनताको समस्यालाई मेरो समस्या भनेर देशलाई सुशासन तर्फ अगाडि बढाउने प्रण गरेर आफ्ना सारा सुखहरुलाइ तिलान्जली दिएर काँधमा बन्दुक बोकेर जँगल पसेको ब्यक्ति तिमीहरुलाई आतँककारी लाग्छरु
हिजोको त्यो मान्छे तिमीहरु जस्तो सुखको पछाडी लागेको भए ? उसले र ती वीर राता मान्छेहरुले पनि तिमीहरुले जस्तो उच्च शिक्षा रातो वँगलामा पढने रहर गरेको भए रु
तिमीहरु आज कहाँ हुन्थ्यौ एकपटक कल्पना मात्र गर जसले जनयुद्द लाई सफल पारेयो जनयुद्द बाट प्राप्त उपलब्धिलाई सस्थागत गर्न लाग्यो , जसले देशलाई आर्थिक समृद्दि र समाजबादको दिशामा लैजाने रहर गरेयो उहीँ तिमीहरुको नजरमा आतँककारी । ईतिहास हेर हरिलन्ठुकहरु सामाजिक सन्जाल मा लेख्न पैसा लाग्दैन भनेर यसको दूरुपयोग पनि नगर ।
आज देश र सबै नेपाली सोकाकुल भएका बेला तिमीहरुलाइ खुसीयाली मनाउने कुनै अधिकार छैन कि खुलेर भन म नेपाली नै हैन भनेर यो परिवर्तन केवल उसैको कारणले आएको हो जसलाइ तिमीहरुले आतँककारीको सँज्ञा दिईरहेको छौ ।
भोली तिम्रा पनि सन्तान हुनेछन यस्तो पीडा तिमीलाइ पनि नपर्ला भन्न सकिदैन कल्पना गर त तिमीलाई पर्दा कस्तो होला रु
१७ हजार कसको तर्फबाट कति मरे ईतिहास हेर जुन कुरा ईमनेष्टि ईन्टरनेशनलको बुकमा उल्लेक छ त्यसपछि भन कसले कति मार्यो कहाँकहाँ मार्यो भनेर । देशमा गणतन्त्रको स्थापना , छिमेकी देशहरु बिच सुमधुर सम्बन्ध , लोडसेडिङ मुक्त, संविधान लेखन राज्यको पुन सँरचना , आर्थिक वृद्धि, समाबेसी प्रतिनिधित्व जस्ता थुप्रै काम उसैवाट भएको छ ।
कामको सम्मान गरौ हामी जुन ठाउमा छौ देश जुन ठाउमा छ यो सबै ती राता मान्छेहरुले बगाएको तातो रगतले गर्दा हो यो कहिल्यै नभुलौ ।।
साभार :अमेरिका नेपाल बाट (http://rastriyapatrika.com )
enepalpost.com

Tuesday, November 14, 2017

जिल्ला न्यायाधीशको पदपूर्ति अब खुला प्रतिस्पर्धाबाट हुने

कात्तिक २९, २०७४  ।।
जिल्ला न्यायाधीशको रिक्त दरबन्दीमध्ये अब ८० प्रतिशत पदपूर्ति खुला लिखित प्रतिस्पर्धाबाट हुने भएको छ। न्याय परिषद्ले मङ्गलबार जिल्ला न्यायाधीशको परीक्षासम्बन्धी पाठ्यक्रम पारित गरेको छ। न्यायाधीश नियुक्तिको इतिहासमा पहिलो पटक जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने निश्चित भएको हो। न्याय परिषद् सचिव राजन भट्टराईले लिखित परीक्षाको पाठ्यक्रम परिषद्ले पारित गरेको जानकारी दिए। परिषद् सचिव भट्टराईको नेतृत्वमा गठित पाठ्यक्रम समितिले तयार पारेको पाठ्यक्रम परिषद्ले पारित गरेको हो।

 पाठ्यक्रम कार्यान्वयनमा आएपछि जिल्ला न्यायाधीशमा कानुन व्यवसायीले समेत प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्। परिषद्ले जिल्ला न्यायाधीशको परीक्षाको पाठ्यक्रम तयार पारे पनि अन्य विधि तय गर्न भने बाँकी छ। रिक्त दरबन्दीमध्ये २० प्रतिशत न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट ज्येष्ठता र कार्यक्षमताको मूल्याङ्कनको आधारमा नियुक्त गरिनेछ भने बाँकी ८० प्रतिशत खुला प्रतिस्पर्धा बाट नियुक्त हुनेछ। प्रतिस्पर्धाको परीक्षा न्याय सेवा आयोगले लिनेछ।

 परीक्षाको योग्यताक्रम अनुसार आयोगले जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ। रिक्त दरबन्दीको ४० प्रतिशत न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट खुला प्रतिस्पर्धा हुनेछ। जसमा कानुन, नयाय तथा सरकारी वकिल समूहका उपसचिव सरहका कर्मचारीले प्रतिस्पर्धा गर्न पाउनेछन्। बाँकी ४० प्रतिशत दरबन्दी खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ। जसमा कानुन व्यवसायीले पनि प्रतिस्पर्धा गर्न पाउनेछन्। कम्तीमा आठ वर्ष वकालत गरेका अधिवक्ताले पनि परीक्षामा सामेल हुन पाउनेछन्।

यस्तै, कानुनमा स्नातक गरी न्याय सेवाको राजपत्राङ्कित पदमा कम्तीमा आठ वर्ष काम गरेका कर्मचारीले खुला कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन्। कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्यायसम्बन्धी कुनै क्षेत्रमा निरन्तर आठ वर्ष काम गरेका व्यक्ति पनि जिल्ला न्यायाधीशको खुला प्रतिस्पर्धामा भाग लिन पाउनेछन्। अन्तरिम संविधानले नै खुला प्रतिस्पर्धाबाट जिल्ला न्यायाधीशको पदपूर्ति गर्ने व्यवस्था गरे पनि कानुन अभावमा कार्यान्वयन हुन सकेको थिएन। नेपालको संविधानले उक्त व्यवस्थालाई निरन्तरता दिएको छ।

गौचनको हत्या पैसाकै लागि, भाडाका सुटर समातिए, नाइकेहरू फरार

 कात्तिक २९, २०७४ ,काठमाडौं ।।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या पैसाकै लागि भएको प्रहरीले जनाएको छ। काठमाडौंमा गुण्डागर्दीमा संलग्न समीरमानसिंह बस्नेत नेतृत्वको समूहले मागेअनुसार पैसा नदिएपछि गोली हानेर गौचनको हत्या गरेको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले बताए। हत्यामा संलग्न एक सुटरसहित पाँचजनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। गोली हान्नेमध्ये एक राजीव स्याङ्तान पक्राउ परेका छन्।

नुवाकोटको पञ्चकन्या घर भएका २१ वर्षीय स्याङ्तानलाई पैसा दिएर गोली हान्न लगाइएको प्रहरीले जनाएको छ। ‘गौचनलाई सो समूहले पैसा माग्दै पटक–पटक धम्क्याएको अनुसन्धानमा खुलेको छ,’ छानबिन समितिका डीआईजी गणेश केसीले भने, ‘पैसा नदिएपछि नै उनको हत्या गरेको हाम्रो अहिलेसम्मको निष्कर्ष छ, तर अनुसन्धान अझै पूरा भइसकेको छैन।’ सो घटनामा सहयोग गर्ने पर्साका शिवजी महतो, भारतीय नागरिक मुकेशकुमार पाण्डे, पर्साका सन्तोष गुरुङ र काठमाडौं नागार्जुनका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन्। उनीहरूमध्ये महतो मोटरसाइकल र हतियारको व्यवस्थापन गर्ने व्यक्ति हुन्।

पाण्डेले भारतबाट चितवनसम्म ल्याएर सो समूहका एक व्यक्तिलाई हतियार दिएका थिए। गुरुङ मोटरसाइकल व्यवस्थापन तथा बुढाथोकी गौचनको गाडीमा ढुंगा हान्ने व्यक्ति भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सुटरले आफूलाई पैसा दिने आश्वासन दिएर गोली हान्न लगाइएको बताएका छन्। पक्राउ परेकामध्ये प्रकाश मात्र नाइकेहरूसँग प्रत्यक्ष सम्बन्ध भएका व्यक्ति हुन्।

 (हत्याका योजनाकार सबै फरार )

 गौचन हत्याका योजनाकार सबै फरार छन्। छानबिन समितिका संयोजक केसीका अनुसार हत्याको प्रमुख योजनाकार समीरमानसिंह बस्नेत हुन्। उनले र लोप्साङ लामाले मिलेर हत्याको योजना बनाई गोप्य ढंगले सहयोगीहरू खटाएका थिए। गौचनको हत्या गरेपछि अरू ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने नै उनीहरूको प्रमुख उद्देश्य देखिएको छ। हत्यालगत्तै लोप्साङले काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई फोन गरेर घटनाको जिम्मेवारी लिएका थिए। सोही समूहले त्यसपछि ठूला ठेकेदारहरूलाई धम्क्याएर पैसा मागेको थियो।

 मुख्य नाइके फरार नै रहेकाले उनीहरूले अब थप व्यवसायीलाई धम्क्याएर पैसा असुल्न सक्ने भन्दै प्रहरीले हुण्डी कारोबारीमाथि निगरानी सुरु गरिसकेको छ। हुण्डीमार्फत पैसा मगाउने गरेकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको हो। घटनामा संलग्न र फरार व्यक्तिहरूको नाम प्रहरीले सार्वजनिक गरेको छ। जसमा समीरसहित मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिम्बू, श्यामबहादुर गम्बे, कालेदाइ भन्ने अम्बरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा छन्। उनीहरू सबै विगतमा गुण्डागर्दीमा आबद्ध व्यक्ति हुन्। सबैजना भारतमा लुकेको प्रहरी आशंका छ। उनीहरूलाई पक्राउ गर्न तीन सातासम्म एउटा प्रहरी टोली भारतमा बसे पनि असफल भएर फर्किएको थियो।

( दुईजना सुटर  )

डिआइजी केसीका अनुसार गौचनलाई दुईजना व्यक्तिले फरक–फरक पेस्तोलबाट गोली हानेका थिए। राजीवसहित अम्बरबहादुर रानामगरले गोली हानेका थिए। राना भने फरार छन्। भगौडा आर्मी रहेका उनी पहिलेदेखि नै ‘वान्टेड’ व्यक्ति हुन्। त्यस्तै, प्रकाश बुढाथोकी र रोशन बुढाथोकी मुख्य योजनाकार बस्नेतका आफन्त र मुख्य सहयोगी हुन्। उनीहरूले नै गौचनको निगरानीलगायतको जिम्मा लिएका थिए। प्रहरीका अनुसार एक महिनादेखि उनीहरूले गौचनको निगरानी गरी उनी घरबाट निस्कने समय पत्ता लगाई गत २३ असोजमा हत्याको योजना बनाएका थिए।

देउवा पत्नी आरजुलाई ३ करोडको घर भवन भट्टले किनिदिएको खुलासा, यस्तो छ उनीहरुको सम्बन्ध

कार्तिक २९,काठमाडौं । कैलाली क्षेत्र नं. ५ की कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्रीपत्नी आरजू राणा देउवालाई धनगढीका मतदाताले टुरिस्ट उम्मेदवार भन्दै मत नदिने प्रतिक्रिया दिएपछि रातारात उनी उत्तरवेहडीमा ३ करोड रुपियाँबराबरको घर किन्न तयार भइन् ।
उनले तीन कट्ठा तीन धुर क्षेत्रफल जग्गामा बनेको घर खरिद गरे पनि त्यो घर आफू बस्नका लागि नभई मतदातालाई देखाउनका लागि मात्रै भएको स्पष्टै छ । जे भए पनि कांग्रेसकै कतिपय उम्मेदवारलाई चुनावमा खट्ने कार्यकर्तालाई चिउरा भिजाउन समेत नसकिरहेका बेला प्रधानमन्त्रीपत्नीले तीन करोडको घर किन्ने हिम्मत जुटाएकी छन् ।
पति शेरबहादुर देउवा डडेल्धुराबाट र पत्नी कैलालीबाट गरी दम्पत्ति नै प्रतिनिधि सभाका लागि प्रत्यक्ष उम्मेदवार छन् । चुनावी खर्च जुटाउन देउवा दम्पत्तिले केसम्म गरेका छन् भन्ने प्रमाण पनि धनगडीमा किनेको घरबाटै स्पष्ट हुन्छ ।
वास्तवमा यो घर गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले किनिदिएको कांग्रेस कार्यकर्ताबीच चर्चा छ । भट्टले काठमाडौं आउँदा सबैभन्दा पहिला आरजुलाई नै भेट्ने गरेको स्रोत बताउँछ । प्रधानमन्त्री देउवा र आरजुसँग राम्रो सम्बन्ध भएकै कारण उनले ठूला ठूला आयोजना फुत्काउने गरेका छन् ।
पछिल्लोपल्ट भट्टले तामाकोशी तेस्रो जलविद्युत आयोजनाको लाइसेन्स टीबीआई होल्डिङ्सका नाममा हात पारेका छन् । बिना प्रतिस्पर्धा र लगानी बोर्डको स्वीकृतिबेगर दिइएको उक्त ६५० मेगावाट जलविद्युत आयोजनाको लाइसेन्स आरजूकै विशेष पहलका कारण सम्भव भएको थियो ।
यही लाइसेन्सवापत प्राप्त कमिशनबाट आरजुले घर किनेको स्रोतको दाबी छ । नभए चुनावको मुखमा तीन करोडको घर किन्ने आँट आरजुले कुन श्रोतबाट गरिन् ?
त्यसैगरी भवन भट्टको व्यापार व्यवसाय जापानमा रहेको र आरजूकी आमा प्रतिभा राणा पनि जापानमै राजदूत भएका कारण पनि देउवा पत्नीसँग भट्टको कारोबार जोडिएको छ ।
देउवा निकट स्रोतका अनुसार, प्रतिभा राणाको नियुक्तिदेखि नै भट्टको सक्रियता अस्वाभाविक थियो । सुनौलो नेपालको सहयोगमा/ net-पत्रीका 

Monday, November 13, 2017

पूर्वराष्ट्रपति यादवलाई आवासकै पिरलो

कात्तिक २८, २०७४ ।।

 पूर्वराष्ट्रपति डा. रामवरण यादव १२ कात्तिक ०७२ देखि ललितपुर महानगरपालिका–१० बागडोलमा सरकारले उपलब्ध गराएको भाडाको घरमा बस्दै आएका छन्। उनका लागि सरकारले त्यही टोलमा मासिक ५० हजार तिर्ने गरी एउटा घर खोजेको थियो।

तर, यादवले आपत्ति जनाएपछि मासिक एक लाख ३० हजार तिर्ने गरी अहिलेको घर व्यवस्था गरिएको हो। घरभाडा कसले तिर्ने भन्ने विषयमा घरबेटी र सरकारबीच भएको विवादको चेपुवामा पूर्वराष्ट्रपति यादव पर्दै आएका छन्। तीन महिनादेखि भाडा नबुझाएको र बत्ती र पानीको समेत महसुल नतिरेको भन्दै घरधनी रविभक्त विष्टले घर खाली गर्न सार्वजनिक सूचना जारी गरेका छन्। तर, यता पूर्वपदाधिकारीहरूलाई कस्तो सुविधा दिने भन्ने कानुन नै छैन। संसदमा विचाराधीन विधेयकमा पूर्वराष्ट्रपतिको आवासका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रस्ताव छ। तत्कालीन व्यवस्थाका लागि सरकारले पूर्वराष्ट्रपतिलाई दुईवटा विकल्प दिएको थियो।

गत २० माघमा मन्त्रिपरिषद्ले पूर्वराष्ट्रपतिको काठमाडौंमा घर भए घर मर्मतबापत मासिक एक लाख रुपैयाँ र घर नभए मासिक दुई लाख रुपैयाँ दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार घर भए वा नभएको जानकारी दिन पूर्वराष्ट्रपतिको निजी सचिवालयलाई पत्राचार गरिएको राष्ट्रपति कार्यालयका सहप्रवक्ता कृष्णमुरारी न्यौपानेले बताए। तर, पूर्वराष्ट्रपतिको सचिवालयले काठमाडौंमा डा. यादवको घर भए वा नभएको स्पष्ट नखुलाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यादवले सरकारले आफूलाई नयाँ घर किनिदिनुपर्ने आशयसहितको पत्र पठाएकोले सो पत्र सोमबार मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष पुगेको छ। ‘घरभाडा तिर्नेभन्दा पनि आफ्नै लागि सरकारले घर किनिदिनुपर्ने पूर्वराष्ट्रपति राय यादवको देखियो।

 सोही व्यहोराको पत्र हामीले मुख्यसचिवकहाँ पठाएका छौँ। अब क्याबिनेटले केही निर्णय गर्ला,’ राष्ट्रपति कार्यालयका सहसचिव हरिप्रसाद दुवाडीले भने। उता, घर भए मासिक एक लाख र घर नभए दुई लाख रकम दिने सरकारको निर्णयमा पूर्वराष्ट्रपति यादव असन्तुष्ट देखिएका छन्। मर्यादाक्रमअनुसार पूर्वराष्ट्रपतिले सरकारबाट रकम लिएर घरधनीलाई दिन नमिल्ने भएकाले आफैँले मिलाउनुपर्ने पूर्वराष्ट्रपतिका स्वकीय सचिव किरण पन्थीले बताए। ‘सार्क राष्ट्रमा पूर्वराष्ट्रपतिलाई दिइँदै आएको सेवा–सुविधा तथा मुलुकको अवस्थालाई मध्यनजर गर्दै आवासको प्रबन्ध गरिदिने व्यहोराको पत्र हामीले राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएका छौँ। पूर्वराष्ट्रपतिले सरकारबाट रकम लिएर घरधनीलाई दिनु मर्यादाले नसुहाउने कुरा हो,’ उनले भने।

उपत्यकामा मेट्रो रेलको डिपिआर बनाउने निर्णय , २ खर्ब खर्च लाग्ने

कार्तिक २८,काठमाडौं ।।
लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसन खण्डको सम्भाव्यता अध्ययन (डिएफएस) र डिपिआर तयार गर्ने जिम्मा रेल विभागलाई दिएको छ । रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डको डिपिआर भने लगानी बोर्ड आफैँले गर्नेछ । दुवै प्रतिवेदन सार्वजनिक–निजी साझेदारीअन्तर्गत बुट प्रणालीमा अघि बढाइनेछ ।
निर्णय चाँडै कार्यान्वयनमा ल्याइने
बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मेट्रो रेलको डिपिआर तयार गर्ने निर्णय चाँडै कार्यान्वयनमा आउने बताए । ‘उपत्यकामा मेट्रो रेल कुदाउने सपना पुरानै हो । यसअघि केही अध्ययन भएका थिए । विविध कारण थन्किए पनि अब यसले फेरि ब्युँझिने मौका पाएको छ । चाँडोभन्दा चाँडो बोर्डको निर्णय कार्यान्वयन हुन्छ,’ उनले भने ।
सिइओ अधिकारीले डिएफएस र डिपिआर तयारी मात्र नभई मेट्रो रेल निर्माण कार्य नै अघि बढाइने जानकारी दिए । ‘अहिले सम्भाव्यता र डिपिआर अध्ययनको जिम्मेवारी आएको छ । तयारी भएलगत्तै निर्माणको चरणमा प्रवेश गर्छौँ । त्यसका लागि आवश्यक लगानी जुटाउन सरकारलाई भनिनेछ, सँगै निजी क्षेत्रलाई आह्वान गरिनेछ,’ उनले भने ।
यसअघि कोरियन कम्पनीले गरेको थियो सम्भाव्यता अध्ययन
लगानी बोर्डका अनुसार मेट्र रेल सम्बन्धमा यसअघि तयार गरिएको प्रतिवेदन पनि अध्ययन हुनेछ । उपत्यकामा मेट्रो रेल चलाउने उद्देश्यले कोरियन कम्पनीले सन् २०१२ मै सम्भाव्यता अध्ययन गरेको थियो । कम्पनीले ‘इलेक्ट्रिक फायर मेट्रो रेल’ चलाउन रेल विभागको संयोजकत्वमा अध्ययन गरेको थियो । त्यसवेला चक्रपथभित्र मात्रै लक्षित गरी मेट्रो रेल निर्माणको अध्ययन भएको थियो । पाँच लेनमा कुदाउन सकिने भनी गरिएको अध्ययन प्रतिवेदनअनुसार सातदोबाटो–रत्नपार्क–महाराजगन्ज चोकसम्म रुट नंं. ‘ए’ र कलंकी–कालीमाटी–कोटेश्वरसम्म रुट नं. ‘बी’ नाम दिइएको थियो । त्यस्तै, रुट नं. ‘सी’ चक्रपथ, रुट नं. ‘डी’ स्वयम्भू–डिल्लीबजार–बौद्ध र रुट नं. ‘ई’ अन्तर्गत धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबुलाई राखिएको थियो । प्रतिवेदनअनुसार रुट नं. ‘ए’, ‘बी’ र ‘सी’ इलिभेटेड अर्थात् स्काइरेल हुने भनिएको थियो । रुट नं. नम्बर ‘डी’ र ‘ई’ भने भूमिगत हुने भनिएको थियो ।
दुई खर्ब खर्च लाग्ने
बोर्डका अनुसार रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डसम्मको लम्बाइ ४५ किमि छ । सो खण्ड निर्माण गर्न झन्डै एक खर्ब २९ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । त्यस्तै, रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसनसम्मको लम्बाइ करिब २५ किमि छ । यस खण्डको निर्माण लागत ७५ अर्बभन्दा बढी लाग्ने अनुमान छ । ‘तथ्यांकअनुसार लिक निर्माणको लागत रकम प्रतिकिमि तीन अर्ब रुपैयाँ छ,’ लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीले भने ।

Sunday, November 12, 2017

यु १९ एसिया कपः क्रिकेट इतिहासमा पहिलोपटक भारतमाथि नेपालको शानदार जीत

कार्तिक २६,काठमाडौं ।। मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एशिया कपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । आज भएको समुहको दोस्रो खेलमा नेपालले भारतलाई एक विकेटले हरायो ।
बायुमान ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा आठ विकेट गुमाउदै एक सय ८५ रन बनायो । नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेले । तर नेपालले सुरुवात भने राम्रो गर्न सकेन । १२ रन हुदा पहिलो विकेट गुमाएको नेपालले २८ रनमा दोस्रो विकेट खेर फाल्यो । एक सय पाच रन हुदा चार विकेट गुमाएको नेपाको मिडिलअडरले राम्रो खेल्न सकेन । नेपालका लागि कप्तान दिपेन्द्र ऐरीले ८८ रन बनाउदा जितेन्द्रसिंह ठकुरीले ३६ रन बनाए । यस्तै भिम साकीले १५ रन बनाउदा बाकि खेलाडीले भने दोहोरो अंक छुन सकेनन । भारतका लागि अभिशेक शर्मा र आदित्य ठार्केले दुई दुई विकेट लिए ।
जवाफमा भारतले बलियो सुरुवात गर्न सफल भयो । उसका ओपनर हिमांसु राना र मनजोत कार्लाले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्न सफल भए । हिमान्सुलाई कमलसिंह ऐरीले ४६ रनमा पेभेलियन फर्काए । त्यसपछि भारतको स्कोर ९७ रन हुदा नेपालले तीन विकेट लिन सफल भयो । लगत्तै मनजोत ब्यक्तिगत ३५ रनमा आउट भएपछि भारतले चौथो विकेट गुमायो । त्यसपछि एक सय २६ रन हुदा नेपालले भारतको पाचौ विकेट लियो । भारतका अनुज रावतलाई १८ रनमा पवन सराफले पेभेलियन फर्काए । त्यसको लगत्तै तनुसलाई सन्दिप लामिछानेले खाता खोल्न नदिदै आउट गरेपछि भारतले एक सय ३१ रनमा छैटौ विकेट गुमायो । नेपाली बलरले भारतलाई एक समय दबावमा राख्न सफल भएको थियो । जसका कारण भारतले एक सय ५४ रन बनाउदा सातौ किवेट लिन सफल भयो । भारतका अविशेक शर्मा २७ रनमा आउट भए ।
त्यसपछि अरु तीन रन थप्दा नेपालले भारतको दुई विकेट लिन सफल भयो । अन्तत भारत ४८ ओभर एक बलमा एक सय ६६ रनमा अलआउट भयो । नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले चार तथा पवन सराफ र साहव आलमले दुई दुई विकेट लिए । नेपालले भारतलाइ हराएको पहिलो पटक हो । जितसगै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । समुहको अन्तिम खेलमा नेपालले अब मलेसियासग खेल्नेछ ।

Friday, November 10, 2017

रोजेको पार्टीलाई सहयोग नगरेको भन्दै छोरा–छोरीसहित पत्नीलाई घर निकाला

काठमाडौं,२५ कार्तिक । 
मुगु, गमगढी - आफूले रोजेको पार्टीलाई सहयोग नगरेको भन्दै निमा छिरिङ तामाङले दुई छोरा–छोरीसहित पत्नीलाई घर निकाला गरेका छन्। जिल्लाको पूर्वी क्षेत्र मुगुम कार्मारोङ्ग गाँउपालिका-८ माँग्री गाउँका ३१ वर्षीय तामाङले आफ्नो पार्टी नेपाली कांग्रेसलाई सहयोग नगरेको भन्दै पत्नी २६ वर्षीया कर्मा छुइकित तामाङलाई घर निकाला गरेका हुन्।
पत्नी कर्माले वैशाखामा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदान गरेको र मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा समेत एमालेलाई सहयोग गर्न लागेको भन्दै पत्नीसहित दुई नबालक छोरा–छोरीलाई घर निकाला गरेका हुन्।
वैशाखमा सम्पन्न स्थानीय चुनावमा निमाकी आमा एमालेको तर्फबाट वडा सदस्यमा विजयी भएकी थिइन्। निमाले पत्नी कर्माले आफ्नी आमालाई चुनावी प्रचारप्रसारमा सहयोग गरेको र आफूले भनेको मान्छेलाई मतदान नगरी सासुसहित सबै एमालेका उम्मेदवारलाई भोट दिएको आक्रोश अहिलेको चुनावमा पोखेका हुन्।
यही विषयलाई लिएर निमाले पहिलो पटक गएको जेठ ५ गते पत्नी कर्मालाई कुटपिट गरी घर निकाला गरेका थिए। गाँउलेले जेठ १० गते दुबै जनालाई मिलापत्र गरी निमाको घरमा पठाएका भएपनि कार्तिक १२ गते पुन निमाले पत्नी कर्मालाई मंसिर १० को चुनावमा एमालेलाई सहयोग गर्न लागेको भन्दै कुटपिट गरेर घर निकाला गरेको सोही वडाका सोनाम तामाङले अन्नपूर्णलाई जानकारी दिए।
आफूले भनेको पार्टीलाई सहयोग नगरेको नाममा पत्नीमाथि कुटपिट गर्दै निमाले घरबाट निकालेपछि कर्मा दुई छोरा–छोरीसहित छिमेकिको घरमा कोठा मागेर बस्दै आएकी छिन्। यद्यपी कर्माले श्रीमानले घरबाट निकाले पनि न्यायका निम्ति कुनै निकायमा उजुरी नदिएको उनका छिमेकीले बताएका छन्।  अन्नपुर्ण पोष्टबाट

मन्त्रीको उपस्थितिमा विद्यालयमा सभा, कक्षाकोठा बने भान्सा घर

कात्तिक २५, सप्तरी ।।
सप्तरी क्षेत्र नम्बर ३ अन्तर्गत विष्णुपुर गाउँपालिकाको खुरहुरिया चोक, जहाँ अवस्थित छ जनता माध्यमिक विद्यालय। यो विद्यालयमा शुक्रबार बिहान १० बजे विद्यार्थीको कक्षा सुरु हुनै लाग्दा अनौठो दृश्य देखियो। विद्यालय लाग्दा झन्डा लगाएको नदेखेका विद्यार्थीहरु आश्चर्य माने। विद्यालयको मुलगेटमा नेपाली कांग्रेसको चारतारे अनि रुख चिन्ह छापिएको झन्डा टांगियो। प्रधानाध्यापक सूर्यनारायण यादवको सहमतिमा कांग्रेस कार्यकर्ताले झन्डा विद्यालयको मुलगेटमा टाग्नुका पछाडिको कारण थियो, सोही विद्यालय परिसरमै १ बजेदेखि कांग्रेसको पार्टी प्रवेश कार्यक्रम। १२ बजेपछि कार्यकर्ताको आगमन सुरु भयो।

शुक्रबार भएका कारण चार घण्टीको पढाईपछि विद्यालयमा छुट्टी हुनेवित्तिकै घन्कियो स्पीकर अनि बज्न थाल्यो हिन्दी फिल्मी गीतहरु। ‘छतरी न खोल बरसातमे भिग जाने दे भिगी रातमे’भन्ने गीत चलिरहँदा कार्यकर्ता र नवप्रवेशीको संख्या बाक्लिँदै गयो। विद्यालय परिसरमा चारैतिर कांग्रेस र रुख चिन्ह भएको झन्डा लगाइयो। एउटा कक्षा कोठाभित्र ठूलो कराहीमा रेहु माछा फ्राई हुँदै थियो भने अर्कोमा रेहुको झोल तयारी हुँदै। उक्त कक्षा कोठाको स्थिति कुनै होटेलको भान्साभन्दा कम थिएन। अर्को ग्यास चुलोमा चियाको पानी तात्दै थियो। केहीबेरमा कांग्रेस सप्तरीका सभापति एवं सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दिनेशकुमार यादव आए अनि सुरु भयो कार्यक्रम। कक्षाकोठामा माछा पाक्दै थियो भने विद्यालय परिसरमा कांग्रेसको सभा। अनि विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादव पनि थिए अतिथिको लहरमा। प्रअ यादवले कांग्रेसको पक्षमा भोट माग्दै भाषण गर्न पनि भ्याए।

दुईसाता अघि मुख्य निर्वाचन आयुक्त अयोधीप्रसाद यादव गृहजिल्ला सप्तरी आउँदा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदै भनेका थिए,‘सरकारी विद्यालयका शिक्षक राजनीतिमा प्रत्यक्ष सहभागी भएको हेर्नेवित्तिकै पक्राउ गर्नुस्, कारबाही चलाउनुस्।’तर प्रअ यादव ढुक्कसँग विद्यालय समेत प्रयोग गर्न दिएर आफू अतिथि र वक्ता बने। कार्यक्रम सुरु भएको आधा घण्टामा भर्खरै कांग्रेससित पार्टी एकता गरी कांग्रेस नेता बनेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव आइपुगे। बा २ झ १९४७ नम्बरको सरकारी स्कारपियोमा आएका मन्त्री देव प्रमुख अतिथिको आसन ग्रहण गर्नेवित्तिकै सुरु भयो पार्टी प्रवेश कार्यक्रम। विद्यालयको हाताभित्र उपस्थितलाई सुरु भयो चिया वितरण। कोही चिया पाक्दै गरेको कक्षाकोठासम्मै पुगे भने अतिथि र अन्य कार्यकर्तालाई ठाउँमै चिया दिइयो। कार्यक्रम सकिएपछि साँझ विद्यालय परिसरमै माछा चिउराको भोज भयो।

खुरहुरियास्थित जनता माध्यमिक विद्यालयका भएको कार्यक्रमभन्दा अगाडि मन्त्री देवसहितको टोली पथ्थरगाडास्थित एउटा विद्यालयमै भएको चुनावी सभामा सहभागी भएको थियो। निर्वाचन आचारसंहिताविपरीत शुक्रबार सप्तरी जिल्लाका दुईवटा विद्यालयमा देखिएको दृश्य एउटै थियो। विद्यालयकै परिसर सभा स्थल बनेको थियो भने कक्षाकोठा भान्सा घर। सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि दलले विद्यालयमा सभा गर्न नपाउने बताए। उनले भने,‘सबै दलले निर्वाचन आचारसंहिता पालना गर्छु भनेर प्रतिबद्धता जनाएका छन् त्यसको विपरीत जान मिल्दैन।’ उनले शुक्रबार आचारसंहिताविपरीत कार्यक्रम भए नभएको विषयमा जानकारी लिएपछि मात्र बताउन मिल्ने प्रतिक्रिया दिए। विद्यलायका व्यवस्थापन समिति अध्यक्ष जयनारायण यादवले निर्वाचन आचारसंहिता र विद्यालय शान्ति क्षेत्रको विपरीत गएर माछाचिउराको भोज र चुनावीसभा विद्यालय परिसरमा गर्नु जायज नभएको बताए।

उनले आफूलाई कार्यक्रमबारे कुनै जानकारी नभएको तथा यस्तो कार्यको अनुमति दिनेमाथि कारबाही हुनुपर्ने माग गरे। प्रअ सुर्यनारायण यादवले आफू कार्यक्रममा अतिथि र वक्ता भएको स्वीकारे। उनले आफ्नो अनुमतिवेगर नै विद्यालयमा मञ्च बनाइसकेकाले रोक्न नसकिएको र विद्यालयमा हुँदा आशनग्रहण र बोल्नका लागि समय दिएकाले बोलेको बताए। जिल्लाको २ वटा विद्यालयमा निर्वाचन आचारसंहिताविपरीतका कार्यक्रममा प्रमुख अतिथि भएका पर्यटनमन्त्री जीतेन्द्रनारायण देवले कार्यक्रमहरु विद्यालयमा भएकोबारे आफू अनभिज्ञ रहेको बताए। उनले विद्यालय पसिरमा किन चुनावी सभा गरियो भन्ने विषयको जवाफ कांग्रेसको जिल्ला नेतृवले दिने बताए।

(पदीय दुरुपयोग गरी भोट माग्दै रेडक्रस सभापति)

 नेपाली कांग्रेसले सप्तरीको ३ नम्बर क्षेत्रका २ वटा विद्यालयमा गरेको चुनावी सभामा अतिथिको रुपमा थिए नेपाल रेडक्रस सोसाईटी सप्तरीका सभापति जोगेन्द्र भगत। पथ्थरगाडास्थित सखुवामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति भगतले अहिले आचारसंहिता लागू भएकाले बाढीपीडितलाई राहत वितरणमा समस्या आएको सुनाउँदै कांग्रेसको पक्षमा मत दिए राहत वितरण राम्ररी हुने आसयको भाषण गरे। सभापति भगत स्थानीय तह निर्वाचनको मुखमा राजपा वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवको हातबाट अबिर लगाउँदै राजपा प्रवेश गरेका थिए। उनले आफू व्यक्तिगत रुपमा कांग्रेस उम्मेदवारलाई मत मागेको प्रतिक्रिया दिए।

केरुङ-काठमाडौं रेलमार्ग निर्माणमा २ सय ६९ अर्ब लाग्ने अनुमान

कात्तिक २५, काठमाडौं ।।
 नेपालमा रेलमार्ग विकासबारे स्थलगत अध्ययन भ्रमणमा आएको चिनियाँ रेल्वे प्रशासनका उच्च अधिकारीहरूले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ६९ अर्ब रुपैयाँको प्रारम्भिक लागत अनुमान गरेका छन्। रेलमार्ग निर्माणपूर्व अध्ययनमा आवश्यक पर्ने वातावरणीय, भौगर्भिक, वनलगायत क्षेत्रका विज्ञसहित आएको चिनियाँ टोलीले यस्तो अनुमान गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैदेशिक सहयोग तथा गुणस्तर महाशाखा प्रमुख केशवकुमार शर्माले बताए। केरुङदेखि काठमाडौंसम्म करिब सय किलोमिटर रेलमार्ग निर्माणको लागत अनुमान गरिएको हो। चिनियाँ पक्षले तत्काल आयोजनाका रूपमा अघि बढाउनेभन्दा पनि उच्च तहमा छलफललाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ। चीनले आयोजनाको प्रारम्भिक अध्ययनलाई भने निरन्तरता दिने बताएको छ।

( रेलमार्ग निर्माणमा भौगोलिक संरचना चुनौती)

 चिनियाँ उच्चस्तरीय अध्ययन भ्रमण टोलीले नेपालमा रेलमार्ग विकासमा भौगोलिक बनावट ९संरचना० ठूलो चुनौती रहेको बताएको छ। टोलीसँग शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको दोस्रो तथा अध्ययनपछिको वार्तामा चिनियाँ पक्षले उक्त चुनौती प्रस्तुत गरेको हो। विशेषगरी केरुङदेखि काठमाडौंसम्म रेलमार्ग विकास गर्ने सम्भावित स्थानका चट्टान कमजोर रहेको चिनियाँ टोलीले स्पष्ट पारेको छ। जसले गर्दा रेलमार्ग निर्माण कठिन हुने र लागत उच्च हुने जानकारी गराएको मन्त्रालयका वैदेशिक सहयोग तथा गुणस्तर महाशाखा प्रमुख शर्माले जानकारी दिए। त्यस्तै, काठमाडौंबाट केरुङसम्मको उचाइ र गहिराइका कारण पनि रेल सञ्चालन जोखिमयुक्त हुने चुनौती देखिएको छ। रेलमार्गमा जोडिने विद्युत्को संरचनालाई पनि उच्च हिमाली क्षेत्रमा आउने हिमपहिरोले भत्काउन सक्ने सम्भावनालाई पनि चिनियाँ टोलीले उल्लेख गरेको छ।

(चीनमा इन्जिनियरलाई तालिमको अवसर )

नेपालको रेल क्षेत्रका प्राविधिक जनशक्तिको क्षमता विकासका लागि अर्को वर्ष ९सन् २०१७० देखि तालिम दिन चीन सहमत भएको छ। त्यससम्बन्धी दुईपक्षीय सहमतिपत्र हस्ताक्षरसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र चिनियाँ टोली प्रमुख जेङ चियानबीच माइन्युट आदनप्रदान भएको छ। सहमतिअनुसार नेपाली पक्षले सन् २०१७ को सुरुवातमै इन्जिनियरलाई तालिम दिनेबार प्रस्ताव पठाउनेछ। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार कुन विषय, कतिजना, केका लागि भन्ने विषयलाई निश्चित गरेर प्रस्ताव पठाइनेछ।

 यसअघि, सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दुई देशका उच्च अधिकारीबीच भएकोे छलफलमा नेपालको रेल क्षेत्रका लागि अत्यावश्यक संस्थागत विकास र प्राविधिक जनशक्तिको क्षमता विकासबारे मौखिक समझदारी भएको थियो। तालिमले डिजाइन, विस्तृत आयोजना प्रतिवेदन तयारी, रेलमार्गको स्टेसन निर्माण, रेलका संकेतलगायत विषयमा नेपाली प्राविधिकको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्नेछ। त्यसपछि रेलमार्गको हरेक काममा परामर्शदातामा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य हुनेछ। पाँचदिने भ्रमणमा २० कात्तिकमा नेपाल आइपुगेको टोलीले पूरै तीन दिन ९२१, २२ र २३ कात्तिक० केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र पोखरादेखि लुम्बिनीसम्मको स्थलगत अध्ययन गरेको थियो।

(काठमाडौं–पोखरा र पोखरादेखि लुम्बिनी रेलमार्ग निर्माण सहज )

चिनियाँ टोलीले केरुङदेखि काठमाडौंसम्म रेलमार्ग निर्माण गर्नुभन्दा काठमाडौं–पोखरा र पोखरादेखि लुम्बिनीसम्म रेलमार्ग निर्माण तुलनात्मक रूपमा सहज रहेको बताएको छ। तर, केरुङदेखि काठमाडौंसम्म भूबनोटका कारण रेलमार्ग निर्माण चुनौतीपूर्ण भए पनि लागत वृद्धि गरेर निर्माण सम्भव रहेको जानकारी दिएको छ। भौगोलिक अवस्थाले पनि काठमाडौं–पोखरा र पोखरादेखि लुम्बिनीसम्म रेलमार्ग निर्माण सहज रहेको चिनियाँ अध्ययनले देखाएको छ। ती खण्डमा रेलमार्ग निर्माणमा नेपाली पक्षबाट प्रस्ताव आएको खण्डमा अध्ययनलाई अघि बढाउन सकारात्मक रहेको चिनियाँ टोलीले बताएको छ।

 (राजनीतिक तहको प्रतिबद्धता आवश्यक)

 नेपाली पक्षले कर्मचारी तहमा दुई देशबीच रेलमार्ग निर्माण सहमतिमा पुगे पनि राजनीतिक प्रतिबद्धताविना अघि बढ्न गाह्रो हुने बताएको छ। नेपालको रेलमार्ग विकासमा सहयोग गर्ने भनेरै चिनियाँ टोलीले चासोको साथ स्थलगत अध्ययन भ्रमण गरेकाले राजनीतिक तहमा हुने निर्णय महत्वपूर्ण हुने भौतिक मन्त्रालयका अधिकारीहरूको भनाइ छ। मन्त्रालयमा शुक्रबार भएको छलफलमा पनि चिनियाँ टोलीले रेलमार्ग निर्माण गर्न नेपालको सहयोग भएमा थप अध्ययन अघि बढाउन सकिने बताएको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए।

(रेलमार्ग विकासमा चीनले खोजेको सहयोग )

चिनियाँ टोलीले रेलमार्ग विकास गर्न नेपाली पक्षबाट प्राविधिक तथ्यांक उपलब्ध गराउनुपर्ने बताएको छ। जसमा जग्गा, वन, जनसंख्यालगायत पर्छन्। त्यस्तै, जग्गा प्राप्तिका लागि स्पष्ट कानुन, पूर्वाधार आयोजना सञ्चालनको कानुन र वातावरणीय सुरक्षासम्बन्धी कानुन उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्। आयोजना स्वीकृतिको प्रक्रियामा पनि नेपाली पक्षले सहयोग गर्नुपर्ने चिनियाँ टोलीले बताएको छ।

घोडाघोडी नगरपालिकामा मलको चरम अभाव


बिशाल पाण्डेय
कार्तिक २४, सुखड ।।
कृषि सामग्री कम्पनीले  खरिद प्रक्रिया लम्ब्याएपछि नेपालभरि मलको चर्को अभाव भएको छ।

त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा पनि मलको चरम अभाव भएको छ । घोडाघोडी नपा ४ रामपुरका प्रेम चौधरी बिहानै ४ बजे देखि  मल लिनको लागि लाइनमा त उभिए  तर मल धेरै नआएको कारणले पाउने हो या होइन निधो नभएको बताए । त्यस्तै घोडाघोडी नपा वडा नं ३ ढुसरका चन्द्र प्रकाश चौधरीले मल लिनको लागि बिहान ३ बजे देखि आएर बसेको बताए ।

कम्पनीले मल खरिद गर्न आफैंले बनाएको वार्षिक कार्ययोजना अनुसार मल खरिद नगर्दा  देशभर मल अभाव भएको हो ।

 निर्धारित कोटाभन्दा कम परिमाणमा मल खरिद गरी आपूर्ति भएकाले अहिले किसान गहुँ, तोरी, मुसुरोलगायत बाली लगाउनका लागि मलको चरम अभाव बेहोर्न बाध्य छन्। 

बाम गठबन्धन द्बारा कैलालीको क्षेत्र नं ३ 'ख 'मा सम्पर्क कार्यालय स्थापना

विशाल पाण्डेय
कार्तिक २४, सुखड ।। 
बाम गठबन्धनले कैलालीको  निर्वाचन क्षेत्र नम्बर ३ "ख "मा  निर्वाचनको प्रचारप्रसार गर्ने उदेश्यले बिहीबार सम्पर्क कार्यालय स्थापना गरेको छ । कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा बाम गठबन्धनका  उम्मेदवार  गौरीशंकर थारु र प्रदेश सभा ' ख' का उम्मेदवार  अमर  साउदले कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

 निर्वाचन क्षेत्र नम्बर ३ 'ख' मा रहेको  घोडाघोडी नगरपालिका १ सुखडमा कार्यालयको स्थापना गरिएको हो । कार्यालय स्थापना सङ्गै क्षेत्र नं ३ 'ख' का बाम गठबन्धन अ्मर साउदलाई जिताउनका लागि  प्रचार समिती संयोजक मेघ साउद ,आर्थिक समिति संयोजक तारा सुवेदी, युबा परिचालन समिती संयोजक गगन अर्याल , बिद्यार्थी परिचालन समिती संयोजक कृष्ण बिष्ट , महिला परिचालन समिती संयोजक रमा आचार्य , श्रमिक परिचालन समिती संयोजक बम बहादुर सुवेदी , संचार समन्वय समिती संयोजक प्रकाश मिश्र र सास्कुर्तिक समिती संयोजक खेम जोशी सहितको समिती गठन  गरेको छ ।

 सम्पर्क कार्यालय स्थापना संगै नियमित रुपमा चुनावी प्रचार अभियानलाई पनि तिब्र बनाईने  प्रचारप्रसार समितिका संयोजक मेघ साउदले  जानकारी दिनुभएको  छ ।

Wednesday, November 8, 2017

प्रधानमन्त्री देउवा शनिबार एकैदिन तीन जिल्लामा चुनावी सभालाई सम्वोधन गर्ने

काठमाडौं: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभामा सम्बोधनका लागि शनिबार एकैदिन ताप्लेजुङ, पाँचथर र सोलुखुम्बु पुग्ने भएका छन् ।
चुनावी प्रचारको सुरुवात पूर्वबाट सुरु हुने र प्रधानमन्त्री देउवाले एकैदिन तीन जिल्लाका जनतालाई सम्बोधन गर्ने कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक एवं  प्रचारप्रसार समन्वय उपसमितिका संयोजक बालकृष्ण खाँणले जानकारी दिए ।
‘निर्वाचन परिचालन सुरु भइसकेको छ, २५ गते हाम्रा पार्टीका सभापति देउवा पूर्वी शिखर ताप्लेजुङबाट लोकतन्त्रको पक्षमा सम्बोधन गर्नुहुनेछ, त्यसै दिन पाँचथर र सगरमाथाको फेदीबाट सम्बोधन गर्नुहुनेछ,’ खाँणले भने ।

सातै प्रदेशमा मिडिया सेन्टर

यसैबीच नेपाली कांग्रेसले सातै प्रदेशका विभिन्न सहरमा निर्वाचन प्रचारका लागि मिडिया सेन्टरको स्थापना गर्ने जनाएको छ ।
प्रदेश नम्बर १ मा इटहरी, दुईमा जनकुपर र वीरगन्ज, तीनमा चितवन, चारका लागि पोखरा, पाँचका लागि बुटवल र नेपालगन्जमा  मिडिया सेन्टर रहनेछ। यस्‍तै प्रदेश ६ मा सुर्खेत र सात नम्बर प्रदेशका लागि धनगढीमा मिडिया सेन्टर खोलिने निर्वाचन परिचालन समिति संयोजक खाँणले जानकारी दिए। शनिबारबाट मिडिया सेन्टर सञ्चालनमा आउनेछन्।

कहाँ बस्ला प्रदेशसभा बैंकक ?

newsabhiyan
काठमाडौ, २३ कार्तिक  ।  निर्वाचन मिति नजिकिँदै गर्दा प्रदेशसभा बैठक कहाँ बस्छ भन्ने चासो बढदै गएको छ ।
प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य भइनसकेको र सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति समेत गरिनसकेकाले प्रदेशसभाको बैठकस्थलको समेत टुंगो लाग्न नसकेको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्तिसम्बन्धी काम सरकारले छिट्टै गर्ने बताए ।
‘प्रदेशको राजधानी कहाँ रहन्छ भन्ने गृहकार्य भएको छ,’ उनले भने, ‘सरकारको विभिन्न च्यानलबाट सम्भावित स्थानमा रहेका पूर्वाधारबारे जानकारी लिने काम भइरहेको छ ।’
संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको सचिवालय गठनका लागि प्रदेशसभाको बैठक सञ्चालन हुनुपर्छ । बैठक सञ्चालनका लागि सचिवालय आवश्यक पर्छ ।
यस्तो कानुन बन्न प्रदेशसभाको अधिवेशन बस्नुपर्छ । प्रदेशसभा सचिवको नियुक्ति प्रदेशसभाका सभामुखको सिफारिसमा प्रदेश प्रमुखबाट हुनुपर्छ ।
संविधानको धारा १९५ अनुसार प्रदेशसभाको काम कारबाही सञ्चालन र व्यवस्थापनका लागि आवश्यक सचिवालयको व्यवस्था प्रदेश कानुनअनुसार हुनेछ ।
प्रदेशसभा गठन नहुँदासम्म उसको क्षेत्राधिकारमा पर्ने कानुन निर्माणको समेत जिम्मेवारी पाएको संविधानसभाबाट रूपान्तरित व्यवस्थापिका संसदबाट सरकारले त्यससम्बन्धी कुनै कानुन नबनाई समय खेर फालेको थियो ।
आजको कान्तिपुरमा खबर छ ।

२० हजार कर्मचारीलाई ‘गोल्डेन ह्याण्डसेक’ दिँदा राज्यलाई ५० अर्बको भार

कात्तिक २३, २०७४ ।।
संघीय संरचनाअनुसारको समायोजनमा जान नचाहने कर्मचारीको अवकाशका लागि राज्यलाई ५० अर्ब रुपैयाँ भार थपिने देखिएको छ। अर्थ मन्त्रालयका अनुसार २० हजार कर्मचारीमात्रै समायोजनमा सहभागी हुन चाहे राज्यलाई ५० अर्ब रुपैयाँ अतिरिक्त आवश्यक पर्नेछ। कर्मचारी समायोजन ऐन २०७४ कानुन कार्यान्वयनमा आएपछि एक कर्मचारीको अवकाशका लागि औसतमा २७ लाख रुपैयाँ चाहिन्छ।

सरकारले २० हजार कर्मचारलिे समायोजनको साटो अवकाश रोज्ने अनुमान गरेको छ। यो अनुमानअनुसार २० हजार कर्मचारीको अवकाशका लागि ५० अर्ब रुपैयाँ लाग्ने भएको हो। मुलुक संघीयतामा प्रवेश गरेसँगै कर्मचारी समायोजन र व्यवस्थापन गर्न सरकारलाई निकै चुनौतीपूर्ण देखिएको छ। यसैलाई मध्यनजर गर्दै सरकारले एक महिनाअघि कर्मचारी समायोजन विधेयक २०७४ संसदबाट पारित गरेको थियो। यसअनुसार स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई ‘गोल्डेन ह्याण्डसेक’ को व्यवस्था गरेको छ।

यसरी अवकाशमा जाँदा कर्मचारी पाउने सुविधामा सात वर्षको एकमुष्ठ पेन्सन समावेश हुने उल्लेख छ। पेन्सन, स्वेच्छिक अवकाश लिँदाको तह र ग्रेडअनुसारको कायम गरिएकाले पनि यसमा बढी कर्मचारी सहभागी हुने भएकाले राज्यलाई अतिरिक्त भार देखिएको हो। पारित विधेयकमा जुनसुकै सेवा र समूहका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाउन सकिने उल्लेख छ। नजाने कर्मचारीलाई स्पष्टीकरणको मौका दिइने र लोकसेवा आयोगको परामर्श लिएर हटाउन सकिने व्यवस्था छ।

१ बर्ष बितिसक्दा समेत साटिएन नेपालमा रहेको पुरानो भारु, झण्डै २१ करोड रुपैयाँ कागज पल्टिने अवस्थामा

कात्तिक २३, २०७४ ,काठमाडौं ।।
भारत सरकारले पाँच सय र हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएको एक वर्ष बित्दासमेत नेपाल सरकारसँग रहेको करिब १३ करोड रुपैयाँ बराबरको भारु (करिब २१ करोड नेपाली रुपैयाँ) साटिदिएको छैन। नेपाली सर्वसाधारणसँग पनि सटही गर्न नपाएको भारु निकै हुन सक्ने अनुमान गरिए पनि यकिन तथ्यांक छैन। भारतले आफ्ना नागरिक र भुटानमा रहेका सबै प्रतिबन्धित भारु भने साटिसकेको छ।

 पटक–पटक पहल गर्दा पनि भारतीय पक्षले चासो नदिएपछि सटही हुन नसकेका करोडौं भारु नोट ‘कागज पल्टिने’ हुन् कि भन्ने चिन्ता सरोकारवालाले व्यक्त गर्न थालेका छन्। भारत सरकारले ०७३ कात्तिक २४ गते (नोभेम्बर ९, २०१६) देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो। त्यसयता नोट सटहीका लागि नेपाल सरकार र राष्ट्र बैंकमार्फत पटक–पटक प्रयास भए पनि भारतीय पक्षले चासो नदिएको हो।  पछिल्ला दिनमा भारतीय पक्षले यससम्बन्धी कुरै सुन्न छाडेकाले नेपालमा रहेका भारु पाँच सय र हजार दरका नोट साटिने सम्भावना न्यून बन्दै गएको जानकारहरूको भनाइ छ।

 सरकारले प्राथमिकताका राखेर गम्भीर पहल नगरेको र राष्ट्र बैंकको अक्षमताका कारण वैधानिक रूपमा रहेका भारुसमेत साट्न नसकिएको उनीहरूको भनाइ छ। ‘हामीले हदैसम्म प्रयास गरेका छांै,’ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘भारतीय पक्षले चासो दिएको छैन। यो स्थिति जति लम्बिँदै जान्छ, नोट साटिने सम्भावना पनि कम हुँदै जान्छ।’  भारतले प्रतिबन्ध लगाएदेखि नेपालमा पनि भारु पाँच सय र हजार दरका नोट चलेका छैनन्। राष्ट्र बैंकका अनुसार पाँच सय र हजारका गरी ७ करोड ८५ लाख भारु नोट छन्। यसबाहेक सर्वसाधारणसँग भएको प्रतिबन्धित भारुको यकिन तथ्यांक नभएको राष्ट्र बैंकले जनाएको छ। भुटानका नोट सटही भइसक्दा पनि नेपालमा रहेको नोट साट्न नमानेकाले नसाटिने शंका बढदै गएको स्रोतको भनाइ छ।

भारत सरकारले प्रतिव्यक्ति २५ हजारका दरले भुटानमा रहेको भारु पाँच सय र हजार दरका नोट सटही गरिदिएको हो। खुला सीमाका कारण धेरै नेपाली भारतमा काम गर्न जान्छन् भने वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग हँुदै आएको छ। एक वर्षसम्म पनि भारु नसाटिँदा सर्वसाधारण र व्यापारी मर्कामा छन्। भारतमा पाँच सय र हजार दरका नोट प्रतिबन्ध भएपछि धार्मिक तथा पारिवारिक भ्रमणका लागि बर्सेनि ठूलो संख्यामा नेपाल आउने भारतीय पर्यटकको संख्यामा पनि कमी आएको सम्बन्धित क्षेत्रको भनाइ छ। नोट सटहीका लागि छलफल गर्न पछिल्लो पटक नेपाल आएको भारतीय रिर्जभ बैंक (आरबीआई) को टोलीले गरेको प्रतिबद्धता पूरा नगरेको सिवाकोटीले बताए। ‘टोलीले बैंकिङ प्रणालीमा रहेको नोट संकलन गरी जानकारी दिन भनेको थियो,’ उनले भने, ‘नोट संकलन गरी सटहीका लागि पटक–पटक पत्राचार गरिसकेका छौं, तर भारतीय पक्षबाट जवाफसमेत आइरहेको छैन।’

 भारतले प्रतिबन्ध लगाएको भोलिपल्टै राष्ट्र बैंकले ती दरका नोट चलनचल्तीमा नल्याउन निर्देशन दिएको थियो। यसपछि नोट सटहीका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग, तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले भारतीय वित्तमन्त्री अरुण जेटलीसँग फोनमार्फत पटक–पटक कुराकानी गरेका थिए। गभर्नर चिरञ्जीवी नेपालले पनि भारतीय समकक्षीसँग फोनमार्फत निरन्तर आग्रह गरेका थिए। तर ती सबै प्रयास विफल भए। नोट सटहीकै लागि नेपाली टोली भारत पनि गएको थियो भने भारतीय टोली दुई पटक आएर वस्तुस्थिति बुझेको छ। पछिल्लो पटक नेपाल आएको भारतीय टोलीले बैंकिङ प्रणालीमा रहेका सबै र प्रतिव्यक्ति साढे ४ हजारका दरले सर्वसाधारणसँग रहेको भारु साट्न सकिने प्रस्ताव गरेको थियो।

सर्वसाधारणलाई प्रतिव्यक्ति भारु २५ हजारसम्म सटही सुविधा रहेकाले त्यति नै भारु साटिदिनुपर्ने अडान त्यतिबेला राष्ट्र बैंकले राखेको थियो। आरबीआईले राष्ट्र बैंकको प्रस्ताव अस्वीकार गर्दै साढे ४ हजारका दरले साट्न मन्जुर भए जानकारी पठाउनु भन्दै फिर्ता भएको थियो।  त्यसपछि राष्ट्र बैंकले प्रतिव्यक्ति साढे ४ हजारका दरले नोट सटहीको अनुमति माग्दै सरकारलाई पत्र पठायो।  भारतीय पक्षले जवाफ पठाउन दिएको मिति सकिएपछि मात्र सरकारले अनुमति दियो। सरकारबाट अनुमति आएपछि राष्ट्र बैंकले फेरि भारतलाई पत्र पठायो। निर्धारित समयमा जवाफ नआएको भन्दै भारतले हालसम्म पनि उत्तर पठाएको छैन।

नेपालमा भेटिए एक हजार ८ सय ७४ वर्ष पुगेको जिवित मानिस

संसारमा मान्छेको उमेर हदै बढी भए कतिसम्म होला ? सय देखि २ सय वर्षसम्मका हुन सक्छन् । तर, हजार वर्षभन्दा पनि माथि उमेर भएको मान्छे हाम्रै नेपालमा फेला परेको सुन्दा तपाईंलाई अचम्म लाग्ला ।
तर अच्चम मान्नु पर्दैन, उदयपुरको ताप्ली गाउँपालिका अन्तर्गत पर्ने रुपाटार–९ का राजबहादुर राउतको उमेर १ हजार ८ सय ७४ वर्ष भएको प्रमाण नै फेला परेको छ ।
आम नेपालीनागरिकको उमेर नेपाली नागरिताको प्रामाण पत्रले प्रमाणित गर्दछ । त्यही नागरिकताको प्रामाण पत्रलाई आधार मान्ने हो ।
राउतको उमेर अहिले दुई शताब्दी पुगि सकेको छ । अर्थात एक हजार ८ सय ७४ वर्ष पुगेको हो ।‘खै मेरो नागरिकतामा मेरो उमेर एक हजार ८ सय ७४ वर्ष पुगेको छ रे,’ राज बहादुर राउतले भने, ‘मेरा बाबा र आमाले भनेअनुसार मेरो जन्म २००० साल हो र हाम मेरो उमेर ७४ वर्ष पुग्नु पर्ने हो ।’
एक हजार ८ सय ४५ वर्ष पुगेको ४÷८६०÷१२३५ नम्वर रहेको नागरिकता राउतको नाममा टोली प्रमुख सुरेन्द्र नाथ आर्यालयले नागरिकता २०४४ साल चैत्र २९ गते प्रमाणित गरेका छन । अहिले राउतको उमेर ७४ वर्ष पुगेको छ ।
त्यसपछि २०७३ साल असार २० गते नागरिकाताको पहिलो प्रतिलिपी इलाका प्रशासन कार्यालय कटारीबाट लिएका छन । नागरिकताका अनुसार राउतले २०४४ सालमा जिल्ला प्रशासन कार्यालय उदयपुरबाट गाँउमा गएको टोलीबाट लिएका हुन् ।
उनको जन्म मिति वि.सं २००० साल हो तर, दुई÷दुई पटक नागरिकता बनाउँदा समेत जन्म मिति वि.सं २०० साल लेखिदिए । जन्मेको महिना र गतेसम्म उल्लेख गरिएको छैन । नागरिताको आधारमा ७४ वर्षे बृद्ध राउतको उमेर अहिले एक हजार ८ सय ७४ वर्ष भयो ।
जुन सरकारी कर्मचारीकै गल्ती हो । ‘नागरिताको फोटो देखाउँदै पत्रकार जीवनाथ दाहालले भने, ‘सेवाग्रहीप्रति सरकारी निकायका कर्मचारी गम्भिर नबन्दा बृद्धाको उमेर दुई शताब्दी पुग्यो ।’
यता २०७३ साल असार २० गते पहिलो प्रतिलिपी लिएका राउतको जन्म मिति समेत राम्ररी नहेरी प्रतिलिपी दिने इलाका प्रशासन कार्यालयका कटारी शाखा अधिकृत सुनिल पौडेल रहेका छन् । पौडेलले पनि कुनै त्रुटि नऔल्याइकन प्रमाणित गरेका हुन् ।
२०४४ सालमा गाँउमा गएको टोलीबाट विग्रेको नागरिकता २०७३ साल असार २० गते पहिलो प्रतिलिपी बनाउँदा पनि सच्चिएन । इलाका प्रशासन कार्यालय कटारीका प्रमुख शाखा अधिकृत सुनिल पौडेलले तत्काल सच्चाउने बताए ।
उनले भने– ‘०४४ सालमा टोलीले बनाएको नागरिता हराएपछि अभिलेख गाईघाट थियो । गाईघाटबाट फ्याक्स मगाएर हतारमा काम गरेका थियौ। त्यो लेख्ने बहिनी हुनुथ्यो, निशा परियार । निशा परियारले समेत वि.सं २०० नै राखि दिनु भएछ । धेरै भीडभाड भएकाले मैले पनि हेरिन, सिधै प्रमाणित गरेर पठाइ दिए । अहिले मैले थाहा पाएँ ।


अव प्रशासन कार्यालय कटारी मार्फत ताप्ली गाँउपालिकामा पत्र लेखेर सम्बन्धित व्यक्तिको खोजी गरेर सच्याउँछौ । बृद्धको नागरिकतामा जन्म मिति नसच्चिनु कार्यालय प्रमुखको हैसियतले म दोषी हुँ । अव सच्चिने छ ।
यता उदयपुर जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बृद्धाको नागरिताको ढड्डा हेरेर मात्र बताउन सकिने बताए । ‘बृद्धाको नागरिताको ढड्डामा मिस्टेक भएको भए सोच्नु पर्ने हुन्छ,’ उनले भने, ‘होईन २००० हुने ठाँउमा २०० नै रहेछ भने सच्याउँदा हुन्छ, कुनै सिफासिर पनि चाँहिदैन ।’
प्रजिअका अनुसार ढड्डाभन्दा बाहिर गएर मन लग्दी कर्मचारीले गरेको ठहर भए ऐन अनुसार कारवाहीहुने छ । बृद्धको नागरिकता बनाउँदा कर्मचारीको समेत लापरवाही हुन्न भन्ने कुरा पुष्टि भएको छ ।
यसरी २००० हुने पर्ने ठाँउमा २०० लेख्ने कर्मचारीले फेक नागरिकता नदेलान भन्ने कुनै ग्यारेन्टी छैन । २०४४ सालमा गँउमा नागरिकता बनाउन गएका टोली प्रमुख सुरेन्द्र नाथ आर्चालयले नदेखेको क्रुटी इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले समेत देखेन्न ।
टोलीप्रमुख र इलाका प्रशासनले नागरिकता बनाउँन त्यति सजिलो छैन । हरेक कागजातहरू अध्ययन गरेर फाँटवालाले प्रशासकीय अधिकृत हुँदै प्रमुख जिल्ला अधिकारी÷टोली प्रमुख वा इलाका प्रशासन कार्यालय प्रमुखसम्मले चेक जाँच हुन्छ नै ।
चेक जाँच भएर मात्र प्रमुख व्यक्तिले रातो मसीले प्रमाणित गुर्न पर्छ । तर, प्रक्रियासम्म पुग्दा पनि कसैको आँखा परेको छैन । जन्म मिति नहेर्नु टोली प्रमुख र इलाका प्रशासन प्रमुखको लापरवाही प्रष्ट देखिन्छ ।
source:purbelinews /tinaukhabar

Tuesday, November 7, 2017

वाम गठबन्धनको घोषणापत्र : सडक नपुगेका पहाडमा केबलकारदेखि सुकुम्बासीलाई घरसम्म

कात्तिक २२, २०७४ ।।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी वाम गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा सडक पुर्‍याउन सम्भव नभएको ठाउँमा केबलकार पुर्‍याउनेदेखि घरविहीन सुकुम्बासीलाई घर उपलब्ध गराउनेसम्म समावेश भएको छ।

 गठबन्धनले मंलबार संयुक्त रूपमा सार्वजनिक गरेको घोषणापत्रमा सडक पुर्‍याउन असम्भव उच्च हिमाली क्षेत्रमा केबलकार वा वैकल्पिक यातायातको व्यवस्था गरिने उल्लेख छ। यस्तै घरबारविहीन सुकुम्बासी, पूर्व कमैया/कमलरी, पूर्व हलियादेखि विपन्न तथा पछाडि परेका वर्गको उत्थानका लागि पाँच वर्षभित्रमा घर उपलब्ध गराउने उल्लेख गरिएको छ।

 यस्तै सातवटै प्रदेशको केन्द्रमा आधुनिक किसिमको विमानस्थल निर्माण गरिने र प्रत्येक नगरपालिका र गाउँपालिकाको केन्द्रमा हेलिप्याड निर्माण गरिने गठबन्धनमा अावद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ।

अपराध लुकाउन १० वर्षदेखि अर्कै नाम र धर्ममा .........

 कात्तिक २२, २०७४ ।।
 व्यक्ति हत्याको १० वर्ष पुरानो घटनामा संग्लन भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोर्कणेश्वरबाट एक जनालाई पक्राउ गर्‍यो। बौद्ध क्षेत्रमा गार्मेन्टमा काम गर्ने भनिएका बाहिद खानले पक्राउपछि आफू उक्त व्यक्ति नभई विजयकुमार श्रीवास्तव भएको नागरिकता पेश गरे।  उनले आफू मुस्लिम नभई हिन्दु भएको र विनाकारण पक्राउ गरिएको दलिल पनि पेश गरे। हुन पनि उनी मुस्लिमको हुलियामा थिएनन् र हिन्दु केटीसँग नै घरजम गरेका थिए।

 पक्राउ परेका व्यक्तिको तर्क सुनेपछि प्रहरी छक्क पर्‍यो र अनुसन्धानलाई नयाँ ढंगले अगाडि बढायो। पुरक अनुसन्धानले जे जस्ता तथ्य बाहिर ल्यायो त्यसले प्रहरीलाई त अचम्म तुल्यायो नै, अपराध कर्म लुकाउन केसम्म गरिन्छ भन्ने तथ्य पनि बाहिर ल्यायो।  बाराको कचर्अवा घर भई अनामनगर डेरा गरी बस्ने बलराम पटुवाको २०६४ असार २० मा गोली हानी हत्या भयो। नक्कली भारतीय नोटको कारोबारमा संग्लन पटुवाको हत्या नक्कली भारुको कारोबारी समूहबाटै भएको प्रहरी अनुसन्धानले निष्कर्ष निकाल्यो। त्यही अनुसन्धानका आधारमा प्रहरीले सर्लाही सितौतिया घर भएका थापाजी भन्ने लाल मोहम्मद र पर्साको वीरगञ्ज १३ घर भएका पप्पु गुप्ता पक्राउ गर्‍यो।

उनीहरु अदालतबाट दोषी ठहर भई जेल चलान भए। घटनाको चार बर्षपछि २०६८ मा उक्त घटनाका दोषी अन्य तीन जना पनि पक्राउ परे। बारा प्रस्टोका घर भएका मुन्ना खान, सद्रुल अन्सारी र अल्ताफ हुसेनको नामले चिनिने इन्ताफ हुसेन अन्सारी पनि पक्राउ परी जेल चलान भए। प्रहरीका अनुसार मृतक पटुवासहितको यो समूहले पाकिस्तान र बंगलादेशबाट नक्कली भारतीय रुपैयाँ ल्याई नेपाल र भारतीय बजारमा पठाउथे। प्रहरीले नक्कली नोट कारोबारीको यो समूहमा बोस भनिने भाईसाब नामका पाकिस्तानी नागरिक पनि संग्लन भएको निष्कर्ष निकालेको थियो। नक्कली नोट कारोवारीको सुचना चुहाएको भन्दै यो समूहले पटुवाको हत्या गरेको थियो। 

उक्त घटनामा पक्राउ परी सजाय भुक्तान गरेर छुटेका एकले गत महिना मात्रै प्रहरी परिसरलाई एउटा गोप्य सूचना दिएका थिए। सूचना थियो, ‘पटुवा हत्याको घटनाका योजनाकारमध्ये एक बाहिद खान पनि हुन्।’ त्यसो त प्रहरीले दश वर्षअघि नै उक्त घटनामा वाहिद खान संग्लन भएको तर उनको तीन पुस्ते विवरण नखुलेको जनाएको थियो। मोहम्मदले दिएको सुचनाका आधारमा प्रहरीले खानलाई पक्राउ गऱ्यो। खान पक्राउ पछि अनुसन्धानले नयाँ मोड लियो। 

खानले आफू विजयकुमार श्रीवास्तव भएको बताउँदै जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट निकालेको नागरिकता पेश गरे। प्रहरीले सर्लाही प्रशासनबाट उक्त नागरिकताको बैधानिकता जाँच गरेपछि रहस्य खुल्यो, उक्त नामको नागरिकता जारी नै भएको रहेनछ। अर्थात खानले नक्कली नागरिकता निकालेर आफ्नो परिचय बदलेका रहेछन्। कतिसम्म भने मुस्लिम समुदायका खानले उक्त घटनापछि आफूलाई हिन्दु धर्मावलम्बीकै रूपमा चिनाइरहेका रहेछन्।

Monday, November 6, 2017

प्रदेश प्रमुखलाई यस्तो आकर्षक सुविधा !


काठमाडौं, २० कार्तिक  । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकले प्रदेश प्रमुखलाई आकर्षक सुविधा दिने विधेयक पारित गरेको छ । प्रदेश प्रमुखले १२ जना कर्मचारी सचिवालयमा राख्न पाउने छन् । संसदमा प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री यज्ञबहादुर थापाले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव गरेका थिए ।
प्रस्तावमाथि सांसदहरु डिल्लीप्रसाद काफ्ले र मिना पुनले संशोधनको माग गरेपनि उनीहरुको संशोधन अस्वीकृत भएको थियो । उनीहरुले बूँदागत रुपमा राखेको संशोधनलाई बैठकले अस्वीकृत गरेपछि सरकारले तयार पारेको विधेयक जस्ताको त्यस्तै पारित भएको हो ।
छ । दफा १६ मा रहेको ‘मुद्या नचलाइने’ प्रावधान गलत भएको भन्दै सांसद काफ्ले र पुनले यो व्यवस्था राजा महाराजको पालको जस्तो भएको भन्दै आलोचना गरेका थिए । यो दफामा ‘ प्रदेश प्रमुखले आफ्नो पदीय हैसियतले सम्पादन गरेका काम कारवाहीको विषयमा निज पदमा रहँदा वा सेवानिवृत भएपछि निजउपर कुनै अदालतमा मुद्दा चलाइने छैन ’ लेखिएको छ ।
नेपालको संविधानको धारा १६३ मा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रुपमा प्रदेश प्रमुख रहने व्यवस्था छ ।  प्रदेश प्रमुख कुनै कारणले सो पदमा नरहेमा एक महिना पारिश्रमिक बराबरको रकम थप
सुविधाको रुपमा दिइने छ ।
प्रदेश प्रमुखको आवासको लागि प्रदेश राजधानीमा सरकारी घरको व्यवस्था गर्ने र त्यो घरको व्यवस्था नहुन्जेलसम्म घरभाडाबापत सरकारले रकम उपलव्ध गराउने उल्लेख छ । अतिथि सत्कार तथा भैपरी खर्चबापतको रकम सरकारले दिनेछ यसको बिल भरपाई पेश गर्नुपर्ने छैन । यो खर्चबापत मासिक ४० हजार आउने छ ।
प्रमुखलाई एकजना निजी चिकित्सकको व्यवस्था गर्ने छ । नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको उपचार सरकारले व्यवहोर्ने, बिरामीको कुरुवा बस्नुपरे कुरुवा खर्चबापत एकजनाको मनासिव खर्च सरकारले व्यवहोर्ने, आफ्नो धर्म संस्कृति र परम्परा अनुसार मनाइने चाडपर्वको लागि आफूले खाइपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रुपमा पाउने, छन् ।
प्रमुखले नेपाल सरकारसँग सम्पर्क राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राख्नुपर्ने व्यवस्था छ । प्रदेश प्रमुखले आफ्नो पदीय काममा सहयोग पु¥याउन विज्ञ नियुक्त गर्न सक्नेछन् । विज्ञले पाउने मासिक पारिश्रमिक तथा सुविधा सरकारले तोकेबमोजीम हुने छ ।
प्रदेश प्रमुखको पारिश्रमिक मासिक ६४ हजार, पोशाक सुविधाबापत वार्षिक १८ हजार हुने छ । स्वदेशमा भ्रमण गर्दा दैनिकभत्ता तीन हजार रुपैंया र विदेशमा भ्रमण गर्दा दैनिक भत्ता दुई सय ५० अमेरिकी डलर दिइने छ भने १५ लाख रुपैंयाको बिमा हुने छ ।
अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानडा, कुबेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, यूएई, सिंगापुर, लेवनान र वहराइनको भ्रमण गर्दा थप ३३ प्रतिशत रकम दिइने छ । त्यसैगरी भारतको चेन्नाई, हैदरावाद, बैंगलोर, मुम्वई, दिल्ली, कोलकत्ता, बंगलादेशको ढाका र चटगाउँबाहेक अन्य स्थानमा रात बिताउनुपर्दा थप ५० प्रतिशत रकम दिइने छ, आलोचनामा उल्लेख छ ।
सचिवालयमा प्रमुख स्वकीय सचिव, सह स्वकीय सचिव, उप स्वकीय सचिव, स्वकीय अधिकृत, फोटोग्राफर अधिकृत, कम्प्यूटर सहायक, प्रशसन सहायक, लेखा सहायक, सवारी चालक २ जना र कार्यालय सहयोगी २ गरी १२ जना कर्मचारी रहने छन् । प्रदेश प्रमुखलाई ईश्वरको नाममा नै सपथ खुवाइने छ । 

Sunday, November 5, 2017

सुत्केरी गराउन अस्पताल गएकी महिलाले डाक्टरसँग नै एक घण्टा सम्म सेक्स गरेपछि…

सत्केरी हुने समयमा गर्भवती महिलालाई धेरै पीडा हुन्छ । त्यो पीडा संसारका कुनै पनि मानिसमा हुँदैन् । त्यो पीडा कम गराउन महिलाहरु अस्पताल जाने गर्छन् ।
तर, बेलायतको एक अस्पतालमा सुत्केरी गराउन भर्ना भएकी महिलाले डाक्टरसँगै यौनसम्पर्क गर्दागर्दै समातिएकी छन् ।
ब्रिस्टोल अस्पतालमा भर्ना भएका ती जोडीले अनौठो आवाज निकालेपछि सरसफाई गर्ने महिलाले थाहा पाएर प्रशासनले समातेको अस्पताललले जनाएको छ ।
अस्पताल प्रशासनले त्यो कार्यलाई ठिक भएको बताएको छ । उक्त विषयको पक्ष विपक्षको विषयलाई लिएर विवाद समेत भएको छ । उनीहरुको नाम र ठेगाना भने खुलाइएको छैन ।
चेकजाँच गर्न गएका डाक्टरलाई महिलाले पेट दुख्यो भन्दै तानेर यौनसम्पर्क गर्न बाध्य पारेकी थिईन् । करिब १ घण्टा यौनसम्पर्क गरेका त्यो जोडीलाई सरसफाइ गर्ने पिउनले देखेकी थिईन् । अस्पतालले ति डाक्टरलाई कारवाही गरेको छ । एजेन्सी
(nepal24news मा nov 4 ,2017 बाट लिएको)

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ४ को मृत्यु , ७ घाइते

कार्तिक २०,काठमाडौं – सिन्धुलीको फिक्कल गाउँपालिका–४ टर्कीबेसीको भित्रीसडकमा बोलेरोजिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्।
खुर्कोटबाट खाम्साङबेसीतर्फ गइरहेको बा ७ च ३६९५ नम्बरको बोलेरो जिप आइतबार राती ८ बजे टर्कीबेसीको भित्री सडकमा दुर्घटना भएको हो । फिक्कल–३ का अमर बहादुर दर्लामी, सोही ठाउँ बस्ने राम बहादुर बराल, दिप बहादुर मगर र नर बहादुर बलमपाकी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए।
घाइते सातजना मध्ये धनबहादुर पुलामी मगरको अवस्था गम्भीर रहेको र उनको ललितपुरस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको शर्माले बताए । अन्य ६ जनाको भने स्थानीय उर्माजिव अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
फिक्कल–३ का जिप चालक यज्ञ बहादुर रानामगर प्रहरीको नियन्त्रणमा छन् । चालक रानामगरको बयान अनुसार उकालो चढाउने क्रममा गियरले काम नगर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको शर्माले बताए ।

कलिलै उमेरमा अवैध बाटो : किशोर किशोरीका अमेरिका सपना................

कात्तिक २०, २०७४ ।।
हवाई, जल र स्थलमार्ग भएर अवैध रूपमा अमेरिका पुग्नेमा किशोर किशोरीसमेत रहेको खुलासा भएको छ। अमेरिकी सरकारले नै आफ्ना माइनर केन्द्र (बालबालिका राखिने स्थान) हरूमा किशोर किशोरी रहेको जानकारी नेपाली दूतावासलाई दिएको छ। आठ र नौ कक्षा पढ्दै गरेका विद्यार्थीसमेत यसरी अमेरिका पुग्न थालेपछि अमेरिकी सरकारले चासो देखाउँदै कूटनीतिक जानकारी दिएको हो। अमेरिका जाने गौंडाका रूपमा रहेका कोस्टारिका र पानामाले समेत केही माइनर केन्द्रमा नेपाली रहेको जानकारी अमेरिकास्थित नेपाली दूतावासलाई दिएका छन्।

 विद्यालय शिक्षा पूरा गर्नुपर्ने उमेरका नेपाली किशोरकिशोरी यसरी अवैध रूपमा बाहिरिनु निकै गम्भीर रहेको भन्दै अमेरिकाले नेपाली दूतावासलाई सोधेको हो। अमेरिका प्रवेश गरेका किशोरकिशोरीसँग कुनै कागजात हुँदैनन् र उनीहरू कति उमेरका हुन् भन्ने जानकारी नै हुँदैन। तर उनीहरू झट्ट हेर्दा निकै कम उमेरका देखिन थालेपछि नेपालबाट उनीहरूको विवरण मगाएरै अमेरिकाले दूतावासलाई जानकारी दिएको परराष्ट्र अधिकारीले बताए। वासिङटन डीसीस्थित नेपाली दूतावासका अनुसार अहिले पनि अमेरिकी केन्द्रमा १६ किशोरकिशोरी छन्। केहीको पुष्टि हुन बाँकी छ। केही उमेर पुगेर जेलमा स्थानान्तरण गरिएका छन् भने केही वकिलको सहायतामा त्यहीँ काम गरेर कागज बनाउने प्रक्रियामा छन्।

 किशोरकिशोरीलाई समेत मानव तस्करले प्रभावमा पारेर विदेश लैजान थालेपछि अमेरिका गम्भीर बनेको दूतावासले जनाएको छ। अमेरिकी सरकारले जानकारी दिएभन्दा बढी किशोरकिशोरी रहेको अनुमान दूतावासको छ। अहिले दिइएको तथ्यांकमा दुई किशोरीसमेत रहेको अधिकारीहरूले बताए। युवाका विषयमा खासै गम्भीर नबनेको दूतावास किशोर किशोरीसमेत भेटिएपछि गम्भीर बनेको उल्लेख गर्दै एक अधिकारीले भने, ‘अमेरिकी चासो बढेपछि दूतावास झस्केको हो।’ यो जानकारी दूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा समेत पठाएको छ।  ‘हो, अवैध रूपमा अमेरिका प्रवेश गर्नेमा माइनर (कम उमेर) समेत परेपछि हामी थप गम्भीर भएका छौं। पहिले पनि जालो तोड्न हामीले मेहनत गरेका हौं तर सकिएको छैन, प्रयास जारी छ,’ अमेरिकाका लागि नेपाली राजदूत डा। अर्ज‘न कार्कीले कान्तिपुरसँग भने।

 उनले अमेरिकी सरकार र दक्षिण अमेरिकी सरकारको सहयोगबिना मानव तस्करीको जालो तोड्न सहज नरहेको उल्लेख गर्दै भने, ‘अब यसलाई कसरी रोक्ने भन्ने विषयमा अमेरिका, दक्षिण अमेरिकी तथा अफ्रिकी मुलुकसँग छलफल अघि बढाउन आवश्यक छ।’ यस अलावा नेपालका दूतावास तथा सुरक्षा निकायबीच सहकार्यमा ध्यान जानुपर्ने पनि राजदूत कार्कीले बताए। नेपालीहरू तान्जानिया, केन्याबाट दक्षिण अमेरिकाका विभिन्न मुलुक हँ‘दै मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने गरेका छन्। पानामा, निकारागुवा, होन्डुरस, कोलम्बियालगायत मुलुकका जेलमा पनि नेपाली खाली हुँदैनन्। नेपालीसँग अनुहार मिल्ने विदेशी पनि आफूलाई नेपाली भन्दै अवैध रूपमा अमेरिका प्रवेश गर्ने गरेका छन्। खास गरी भुटान, फिजी, मरिसस, भारत, मलेसिया, पाकिस्तान र बंगलादेशीमध्ये कतिपयले नेपाली राहदानी नै बोकेर आउने गरेको जानकारी दूतावाससँग छ। ‘कोस्टारिकामा पनि बालक रहेको जानकारी पाएको थिएँ।

 पछि छुटेको जानकारी आयो,’ राजदूत कार्कीले भने। कोस्टारिकामा निस्कने ‘अमेरिकन युजएक्सपेक्टो कोस्टारिका’ नामक पत्रिकाको अनलाइन संस्करणमा यस्तो तस्करीको सञ्जालमा अफ्रिकी, दक्षिण एसियाली र केही ब्राजिलियन नागरिक संलग्न रहेको उल्लेख छ। नक्कली कागजात वा बिनाकागजपत्र यस्ता नेपाली त्यसतर्फ जाने हुनाले रोक्न र अध्ययन गर्न सहज भने छैन। नेपालबाट जन्मदर्ता मगाएर ट्राभल डकुमेन्ट बनाउने गरेको पाइएको पनि दूतावासले उल्लेख गरेको छ। दूतावासमा मानिस उपस्थित नै नभई पासपोर्ट बन्ने कारणले पनि समस्या रहेको हो। कागजात पठाएकै भरमा राहदानी बनाउने प्रक्रिया आफंैमा ‘शंकास्पद’ भएको र यसमा कर्मचारी र उनीहरूका नातेदारको मिलेमतो भएको हुन सक्ने अनुमान केही परराष्ट्र अधिकारीहरूको छ। यसलाई प्रहरीको विशेष अनुसन्धान ब्युरोले अध्ययन गर्नुपर्ने बताउँदै आए पनि परराष्ट्र मन्त्रालय नै असहयोगी बनेको ती अधिकारीहरूको भनाइ छ।

नेपालबाट नागरिकता नै लिएको व्यक्ति भए पनि दुई वर्ष अमेरिका तथा दक्षिण अमेरिकामा माइनर (बालबालिका समूह) हुन्छन्। १८ वर्ष नकटी अमेरिकाले उनीहरूलाई युवाको वर्गमा राख्दैन। मानव तस्करहरूले सुरुमा २०र२५ लाख लाग्ने जानकारी दिए पनि ५० लाखभन्दा बढी रकम लाग्ने गरेको अमेरिका पुगेका बालबालिकाले समेत स्विकार्ने गरेका छन्। यो विषयमा सरकार तथा सम्बन्धित निकाय सबै जानकार रहे पनि रोक्न कतैबाट प्रयास भएको देखिँदैन। ‘तपाईंहरू समाचार त लेख्नुहुन्छ। पढ्छन् पनि, तर यसमा थप अध्ययन गर्दैनन्। गर्न खोजे रोकिदिन्छन्। यो ठूलो सञ्जाल छ। यसैले मानव तस्करी रोकिएको छैन,’ एक अधिकारीले भने, ‘सजिलै रकम कमाउने यो जालोलाई तोड्न कठिन छैन, तर कोही चाहँदैनन्।’

वासिङटन डीसीस्थित नेपाली दूतावासले राहदानी बनाउन सम्बन्धित व्यक्ति नै आउनुपर्ने नियम बनाए पनि कतिपयले साथीकामा गएर डकुमेन्ट पठाउने हुनाले यस्ताका हकमा पासपोर्ट बनेको हुन सक्ने आशंका उनीहरूकै छ। मानव तस्करको पछि लागेर २३ महिनासम्म समय लगाएर अमेरिका छिरेको हुनाले उनीहरूप्रति सहानुभूति राख्दा यस्तो अवस्था आएको हो। ‘सामान्य पढेलेखेका बालबालिकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोज्नु आफैंमा दुस्खद हो। यसमा सबैको ध्यान जान आवश्यक छ,’ दूतावासका एक अधिकारीले भने।

हेलिकोप्टर दुर्घटनामा साउदी राजकुमारको मृत्यु

२०७४ कार्तिक २० 

साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो । उनी पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् ।

असिर प्रान्तको उपराज्यपाल समेत रहेका मन्सुर उच्च सरकारी अधिकारीहरुसहित हेलिकोप्टर चढेर भ्रमणमा निस्किएका थिए । हेलिकोप्टरमा सवार कोही पनि नबाँचेको बीबीसीले लेखेको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने खुलेको छैन ।

हिजोमात्रै साउदी अरबले ११ जना पूर्वराजकुमार, चार मन्त्री र पूर्वमन्त्रीहरुलाई पक्राउ गरेर भ्रष्टाचार सम्वन्धी अनुसन्धान शुरु गरेको छ । पक्राउ परेकाहरुको बैंक खाता समेत रोक्का गरिएको छ ।

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...