Tuesday, November 14, 2017

देउवा पत्नी आरजुलाई ३ करोडको घर भवन भट्टले किनिदिएको खुलासा, यस्तो छ उनीहरुको सम्बन्ध

कार्तिक २९,काठमाडौं । कैलाली क्षेत्र नं. ५ की कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्रीपत्नी आरजू राणा देउवालाई धनगढीका मतदाताले टुरिस्ट उम्मेदवार भन्दै मत नदिने प्रतिक्रिया दिएपछि रातारात उनी उत्तरवेहडीमा ३ करोड रुपियाँबराबरको घर किन्न तयार भइन् ।
उनले तीन कट्ठा तीन धुर क्षेत्रफल जग्गामा बनेको घर खरिद गरे पनि त्यो घर आफू बस्नका लागि नभई मतदातालाई देखाउनका लागि मात्रै भएको स्पष्टै छ । जे भए पनि कांग्रेसकै कतिपय उम्मेदवारलाई चुनावमा खट्ने कार्यकर्तालाई चिउरा भिजाउन समेत नसकिरहेका बेला प्रधानमन्त्रीपत्नीले तीन करोडको घर किन्ने हिम्मत जुटाएकी छन् ।
पति शेरबहादुर देउवा डडेल्धुराबाट र पत्नी कैलालीबाट गरी दम्पत्ति नै प्रतिनिधि सभाका लागि प्रत्यक्ष उम्मेदवार छन् । चुनावी खर्च जुटाउन देउवा दम्पत्तिले केसम्म गरेका छन् भन्ने प्रमाण पनि धनगडीमा किनेको घरबाटै स्पष्ट हुन्छ ।
वास्तवमा यो घर गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले किनिदिएको कांग्रेस कार्यकर्ताबीच चर्चा छ । भट्टले काठमाडौं आउँदा सबैभन्दा पहिला आरजुलाई नै भेट्ने गरेको स्रोत बताउँछ । प्रधानमन्त्री देउवा र आरजुसँग राम्रो सम्बन्ध भएकै कारण उनले ठूला ठूला आयोजना फुत्काउने गरेका छन् ।
पछिल्लोपल्ट भट्टले तामाकोशी तेस्रो जलविद्युत आयोजनाको लाइसेन्स टीबीआई होल्डिङ्सका नाममा हात पारेका छन् । बिना प्रतिस्पर्धा र लगानी बोर्डको स्वीकृतिबेगर दिइएको उक्त ६५० मेगावाट जलविद्युत आयोजनाको लाइसेन्स आरजूकै विशेष पहलका कारण सम्भव भएको थियो ।
यही लाइसेन्सवापत प्राप्त कमिशनबाट आरजुले घर किनेको स्रोतको दाबी छ । नभए चुनावको मुखमा तीन करोडको घर किन्ने आँट आरजुले कुन श्रोतबाट गरिन् ?
त्यसैगरी भवन भट्टको व्यापार व्यवसाय जापानमा रहेको र आरजूकी आमा प्रतिभा राणा पनि जापानमै राजदूत भएका कारण पनि देउवा पत्नीसँग भट्टको कारोबार जोडिएको छ ।
देउवा निकट स्रोतका अनुसार, प्रतिभा राणाको नियुक्तिदेखि नै भट्टको सक्रियता अस्वाभाविक थियो । सुनौलो नेपालको सहयोगमा/ net-पत्रीका 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...