Sunday, November 5, 2017

हेलिकोप्टर दुर्घटनामा साउदी राजकुमारको मृत्यु

२०७४ कार्तिक २० 

साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो । उनी पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् ।

असिर प्रान्तको उपराज्यपाल समेत रहेका मन्सुर उच्च सरकारी अधिकारीहरुसहित हेलिकोप्टर चढेर भ्रमणमा निस्किएका थिए । हेलिकोप्टरमा सवार कोही पनि नबाँचेको बीबीसीले लेखेको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने खुलेको छैन ।

हिजोमात्रै साउदी अरबले ११ जना पूर्वराजकुमार, चार मन्त्री र पूर्वमन्त्रीहरुलाई पक्राउ गरेर भ्रष्टाचार सम्वन्धी अनुसन्धान शुरु गरेको छ । पक्राउ परेकाहरुको बैंक खाता समेत रोक्का गरिएको छ ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...