काठमाडौं, २० कार्तिक । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकले प्रदेश प्रमुखलाई आकर्षक सुविधा दिने विधेयक पारित गरेको छ । प्रदेश प्रमुखले १२ जना कर्मचारी सचिवालयमा राख्न पाउने छन् । संसदमा प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री यज्ञबहादुर थापाले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव गरेका थिए ।
प्रस्तावमाथि सांसदहरु डिल्लीप्रसाद काफ्ले र मिना पुनले संशोधनको माग गरेपनि उनीहरुको संशोधन अस्वीकृत भएको थियो । उनीहरुले बूँदागत रुपमा राखेको संशोधनलाई बैठकले अस्वीकृत गरेपछि सरकारले तयार पारेको विधेयक जस्ताको त्यस्तै पारित भएको हो ।
छ । दफा १६ मा रहेको ‘मुद्या नचलाइने’ प्रावधान गलत भएको भन्दै सांसद काफ्ले र पुनले यो व्यवस्था राजा महाराजको पालको जस्तो भएको भन्दै आलोचना गरेका थिए । यो दफामा ‘ प्रदेश प्रमुखले आफ्नो पदीय हैसियतले सम्पादन गरेका काम कारवाहीको विषयमा निज पदमा रहँदा वा सेवानिवृत भएपछि निजउपर कुनै अदालतमा मुद्दा चलाइने छैन ’ लेखिएको छ ।
नेपालको संविधानको धारा १६३ मा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रुपमा प्रदेश प्रमुख रहने व्यवस्था छ । प्रदेश प्रमुख कुनै कारणले सो पदमा नरहेमा एक महिना पारिश्रमिक बराबरको रकम थप
सुविधाको रुपमा दिइने छ ।
सुविधाको रुपमा दिइने छ ।
प्रदेश प्रमुखको आवासको लागि प्रदेश राजधानीमा सरकारी घरको व्यवस्था गर्ने र त्यो घरको व्यवस्था नहुन्जेलसम्म घरभाडाबापत सरकारले रकम उपलव्ध गराउने उल्लेख छ । अतिथि सत्कार तथा भैपरी खर्चबापतको रकम सरकारले दिनेछ यसको बिल भरपाई पेश गर्नुपर्ने छैन । यो खर्चबापत मासिक ४० हजार आउने छ ।
प्रमुखलाई एकजना निजी चिकित्सकको व्यवस्था गर्ने छ । नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको उपचार सरकारले व्यवहोर्ने, बिरामीको कुरुवा बस्नुपरे कुरुवा खर्चबापत एकजनाको मनासिव खर्च सरकारले व्यवहोर्ने, आफ्नो धर्म संस्कृति र परम्परा अनुसार मनाइने चाडपर्वको लागि आफूले खाइपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रुपमा पाउने, छन् ।
प्रमुखले नेपाल सरकारसँग सम्पर्क राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राख्नुपर्ने व्यवस्था छ । प्रदेश प्रमुखले आफ्नो पदीय काममा सहयोग पु¥याउन विज्ञ नियुक्त गर्न सक्नेछन् । विज्ञले पाउने मासिक पारिश्रमिक तथा सुविधा सरकारले तोकेबमोजीम हुने छ ।
प्रदेश प्रमुखको पारिश्रमिक मासिक ६४ हजार, पोशाक सुविधाबापत वार्षिक १८ हजार हुने छ । स्वदेशमा भ्रमण गर्दा दैनिकभत्ता तीन हजार रुपैंया र विदेशमा भ्रमण गर्दा दैनिक भत्ता दुई सय ५० अमेरिकी डलर दिइने छ भने १५ लाख रुपैंयाको बिमा हुने छ ।
अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानडा, कुबेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, यूएई, सिंगापुर, लेवनान र वहराइनको भ्रमण गर्दा थप ३३ प्रतिशत रकम दिइने छ । त्यसैगरी भारतको चेन्नाई, हैदरावाद, बैंगलोर, मुम्वई, दिल्ली, कोलकत्ता, बंगलादेशको ढाका र चटगाउँबाहेक अन्य स्थानमा रात बिताउनुपर्दा थप ५० प्रतिशत रकम दिइने छ, आलोचनामा उल्लेख छ ।
सचिवालयमा प्रमुख स्वकीय सचिव, सह स्वकीय सचिव, उप स्वकीय सचिव, स्वकीय अधिकृत, फोटोग्राफर अधिकृत, कम्प्यूटर सहायक, प्रशसन सहायक, लेखा सहायक, सवारी चालक २ जना र कार्यालय सहयोगी २ गरी १२ जना कर्मचारी रहने छन् । प्रदेश प्रमुखलाई ईश्वरको नाममा नै सपथ खुवाइने छ ।
No comments:
Post a Comment