Tuesday, November 14, 2017

जिल्ला न्यायाधीशको पदपूर्ति अब खुला प्रतिस्पर्धाबाट हुने

कात्तिक २९, २०७४  ।।
जिल्ला न्यायाधीशको रिक्त दरबन्दीमध्ये अब ८० प्रतिशत पदपूर्ति खुला लिखित प्रतिस्पर्धाबाट हुने भएको छ। न्याय परिषद्ले मङ्गलबार जिल्ला न्यायाधीशको परीक्षासम्बन्धी पाठ्यक्रम पारित गरेको छ। न्यायाधीश नियुक्तिको इतिहासमा पहिलो पटक जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने निश्चित भएको हो। न्याय परिषद् सचिव राजन भट्टराईले लिखित परीक्षाको पाठ्यक्रम परिषद्ले पारित गरेको जानकारी दिए। परिषद् सचिव भट्टराईको नेतृत्वमा गठित पाठ्यक्रम समितिले तयार पारेको पाठ्यक्रम परिषद्ले पारित गरेको हो।

 पाठ्यक्रम कार्यान्वयनमा आएपछि जिल्ला न्यायाधीशमा कानुन व्यवसायीले समेत प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्। परिषद्ले जिल्ला न्यायाधीशको परीक्षाको पाठ्यक्रम तयार पारे पनि अन्य विधि तय गर्न भने बाँकी छ। रिक्त दरबन्दीमध्ये २० प्रतिशत न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट ज्येष्ठता र कार्यक्षमताको मूल्याङ्कनको आधारमा नियुक्त गरिनेछ भने बाँकी ८० प्रतिशत खुला प्रतिस्पर्धा बाट नियुक्त हुनेछ। प्रतिस्पर्धाको परीक्षा न्याय सेवा आयोगले लिनेछ।

 परीक्षाको योग्यताक्रम अनुसार आयोगले जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ। रिक्त दरबन्दीको ४० प्रतिशत न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट खुला प्रतिस्पर्धा हुनेछ। जसमा कानुन, नयाय तथा सरकारी वकिल समूहका उपसचिव सरहका कर्मचारीले प्रतिस्पर्धा गर्न पाउनेछन्। बाँकी ४० प्रतिशत दरबन्दी खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ। जसमा कानुन व्यवसायीले पनि प्रतिस्पर्धा गर्न पाउनेछन्। कम्तीमा आठ वर्ष वकालत गरेका अधिवक्ताले पनि परीक्षामा सामेल हुन पाउनेछन्।

यस्तै, कानुनमा स्नातक गरी न्याय सेवाको राजपत्राङ्कित पदमा कम्तीमा आठ वर्ष काम गरेका कर्मचारीले खुला कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन्। कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्यायसम्बन्धी कुनै क्षेत्रमा निरन्तर आठ वर्ष काम गरेका व्यक्ति पनि जिल्ला न्यायाधीशको खुला प्रतिस्पर्धामा भाग लिन पाउनेछन्। अन्तरिम संविधानले नै खुला प्रतिस्पर्धाबाट जिल्ला न्यायाधीशको पदपूर्ति गर्ने व्यवस्था गरे पनि कानुन अभावमा कार्यान्वयन हुन सकेको थिएन। नेपालको संविधानले उक्त व्यवस्थालाई निरन्तरता दिएको छ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...