कार्तिक २६,काठमाडौं ।। मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एशिया कपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । आज भएको समुहको दोस्रो खेलमा नेपालले भारतलाई एक विकेटले हरायो ।
बायुमान ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा आठ विकेट गुमाउदै एक सय ८५ रन बनायो । नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेले । तर नेपालले सुरुवात भने राम्रो गर्न सकेन । १२ रन हुदा पहिलो विकेट गुमाएको नेपालले २८ रनमा दोस्रो विकेट खेर फाल्यो । एक सय पाच रन हुदा चार विकेट गुमाएको नेपाको मिडिलअडरले राम्रो खेल्न सकेन । नेपालका लागि कप्तान दिपेन्द्र ऐरीले ८८ रन बनाउदा जितेन्द्रसिंह ठकुरीले ३६ रन बनाए । यस्तै भिम साकीले १५ रन बनाउदा बाकि खेलाडीले भने दोहोरो अंक छुन सकेनन । भारतका लागि अभिशेक शर्मा र आदित्य ठार्केले दुई दुई विकेट लिए ।
जवाफमा भारतले बलियो सुरुवात गर्न सफल भयो । उसका ओपनर हिमांसु राना र मनजोत कार्लाले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्न सफल भए । हिमान्सुलाई कमलसिंह ऐरीले ४६ रनमा पेभेलियन फर्काए । त्यसपछि भारतको स्कोर ९७ रन हुदा नेपालले तीन विकेट लिन सफल भयो । लगत्तै मनजोत ब्यक्तिगत ३५ रनमा आउट भएपछि भारतले चौथो विकेट गुमायो । त्यसपछि एक सय २६ रन हुदा नेपालले भारतको पाचौ विकेट लियो । भारतका अनुज रावतलाई १८ रनमा पवन सराफले पेभेलियन फर्काए । त्यसको लगत्तै तनुसलाई सन्दिप लामिछानेले खाता खोल्न नदिदै आउट गरेपछि भारतले एक सय ३१ रनमा छैटौ विकेट गुमायो । नेपाली बलरले भारतलाई एक समय दबावमा राख्न सफल भएको थियो । जसका कारण भारतले एक सय ५४ रन बनाउदा सातौ किवेट लिन सफल भयो । भारतका अविशेक शर्मा २७ रनमा आउट भए ।

No comments:
Post a Comment