Tuesday, November 7, 2017

अपराध लुकाउन १० वर्षदेखि अर्कै नाम र धर्ममा .........

 कात्तिक २२, २०७४ ।।
 व्यक्ति हत्याको १० वर्ष पुरानो घटनामा संग्लन भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोर्कणेश्वरबाट एक जनालाई पक्राउ गर्‍यो। बौद्ध क्षेत्रमा गार्मेन्टमा काम गर्ने भनिएका बाहिद खानले पक्राउपछि आफू उक्त व्यक्ति नभई विजयकुमार श्रीवास्तव भएको नागरिकता पेश गरे।  उनले आफू मुस्लिम नभई हिन्दु भएको र विनाकारण पक्राउ गरिएको दलिल पनि पेश गरे। हुन पनि उनी मुस्लिमको हुलियामा थिएनन् र हिन्दु केटीसँग नै घरजम गरेका थिए।

 पक्राउ परेका व्यक्तिको तर्क सुनेपछि प्रहरी छक्क पर्‍यो र अनुसन्धानलाई नयाँ ढंगले अगाडि बढायो। पुरक अनुसन्धानले जे जस्ता तथ्य बाहिर ल्यायो त्यसले प्रहरीलाई त अचम्म तुल्यायो नै, अपराध कर्म लुकाउन केसम्म गरिन्छ भन्ने तथ्य पनि बाहिर ल्यायो।  बाराको कचर्अवा घर भई अनामनगर डेरा गरी बस्ने बलराम पटुवाको २०६४ असार २० मा गोली हानी हत्या भयो। नक्कली भारतीय नोटको कारोबारमा संग्लन पटुवाको हत्या नक्कली भारुको कारोबारी समूहबाटै भएको प्रहरी अनुसन्धानले निष्कर्ष निकाल्यो। त्यही अनुसन्धानका आधारमा प्रहरीले सर्लाही सितौतिया घर भएका थापाजी भन्ने लाल मोहम्मद र पर्साको वीरगञ्ज १३ घर भएका पप्पु गुप्ता पक्राउ गर्‍यो।

उनीहरु अदालतबाट दोषी ठहर भई जेल चलान भए। घटनाको चार बर्षपछि २०६८ मा उक्त घटनाका दोषी अन्य तीन जना पनि पक्राउ परे। बारा प्रस्टोका घर भएका मुन्ना खान, सद्रुल अन्सारी र अल्ताफ हुसेनको नामले चिनिने इन्ताफ हुसेन अन्सारी पनि पक्राउ परी जेल चलान भए। प्रहरीका अनुसार मृतक पटुवासहितको यो समूहले पाकिस्तान र बंगलादेशबाट नक्कली भारतीय रुपैयाँ ल्याई नेपाल र भारतीय बजारमा पठाउथे। प्रहरीले नक्कली नोट कारोबारीको यो समूहमा बोस भनिने भाईसाब नामका पाकिस्तानी नागरिक पनि संग्लन भएको निष्कर्ष निकालेको थियो। नक्कली नोट कारोवारीको सुचना चुहाएको भन्दै यो समूहले पटुवाको हत्या गरेको थियो। 

उक्त घटनामा पक्राउ परी सजाय भुक्तान गरेर छुटेका एकले गत महिना मात्रै प्रहरी परिसरलाई एउटा गोप्य सूचना दिएका थिए। सूचना थियो, ‘पटुवा हत्याको घटनाका योजनाकारमध्ये एक बाहिद खान पनि हुन्।’ त्यसो त प्रहरीले दश वर्षअघि नै उक्त घटनामा वाहिद खान संग्लन भएको तर उनको तीन पुस्ते विवरण नखुलेको जनाएको थियो। मोहम्मदले दिएको सुचनाका आधारमा प्रहरीले खानलाई पक्राउ गऱ्यो। खान पक्राउ पछि अनुसन्धानले नयाँ मोड लियो। 

खानले आफू विजयकुमार श्रीवास्तव भएको बताउँदै जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट निकालेको नागरिकता पेश गरे। प्रहरीले सर्लाही प्रशासनबाट उक्त नागरिकताको बैधानिकता जाँच गरेपछि रहस्य खुल्यो, उक्त नामको नागरिकता जारी नै भएको रहेनछ। अर्थात खानले नक्कली नागरिकता निकालेर आफ्नो परिचय बदलेका रहेछन्। कतिसम्म भने मुस्लिम समुदायका खानले उक्त घटनापछि आफूलाई हिन्दु धर्मावलम्बीकै रूपमा चिनाइरहेका रहेछन्।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...