कार्तिक २४, सुखड ।।
कृषि सामग्री कम्पनीले खरिद प्रक्रिया लम्ब्याएपछि नेपालभरि मलको चर्को अभाव भएको छ।
त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा पनि मलको चरम अभाव भएको छ । घोडाघोडी नपा ४ रामपुरका प्रेम चौधरी बिहानै ४ बजे देखि मल लिनको लागि लाइनमा त उभिए तर मल धेरै नआएको कारणले पाउने हो या होइन निधो नभएको बताए । त्यस्तै घोडाघोडी नपा वडा नं ३ ढुसरका चन्द्र प्रकाश चौधरीले मल लिनको लागि बिहान ३ बजे देखि आएर बसेको बताए ।
कम्पनीले मल खरिद गर्न आफैंले बनाएको वार्षिक कार्ययोजना अनुसार मल खरिद नगर्दा देशभर मल अभाव भएको हो ।
निर्धारित कोटाभन्दा कम परिमाणमा मल खरिद गरी आपूर्ति भएकाले अहिले किसान गहुँ, तोरी, मुसुरोलगायत बाली लगाउनका लागि मलको चरम अभाव बेहोर्न बाध्य छन्।
No comments:
Post a Comment