Tuesday, October 31, 2017

भारतीय पार्कबाट आउने जंगली हात्ती भगाउन गाउँलेलाई ६० थान टर्च लाइट वितरण

कञ्चनपुर, १५ कात्तिक– जंगली हात्तीको झुण्डले पुर्याउने नोक्सानी न्यूनीकरण गर्न लालझाडी गाउँपालिकाले टर्च लाइट वितरण गरेको छ । 

हात्तीको झुण्ड भगाउनका लागि गाउँपालिकाले रु ६१ हजार रकम खर्चेर ६० थान टर्चलाइट वितरण गरेको हो । 

‘हात्तीले क्षति पुर्याउने क्षेत्रको पहिचान गरी वडा नं १ देखि ६ नम्बर वडाका बासिन्दालाई टर्चलाइट वितरण गरेका छौँ,’ गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले भने । 

यसैगरी, ट्रयाक्टरमा डिजेल हाली ठूलो आवाज निकाल्नका लागि रु १४ हजार मूल्य बराबरको डिजेलसमेत गाउँपालिकाबाट उपलब्ध गराइएको उनले बताए । 

भारतीय दुधुवा नेशनल पार्कबाट बस्ती छिर्ने जंगली हात्तीको झुण्डले वर्षेनी यहाँ उखुबाली, धान र गहुँ बालीमा नोक्सानी पुर्याउनुका साथै स्थानीय बासिन्दाको घर भत्काई भण्डारण गरेको अन्न समेत खाँदै आएको छ । 

प्रत्येक वर्ष हात्तीको झुण्डले मानवीय क्षति समेत निम्त्याउँदै आएको छ ।
फाइल तस्बिर :-

म्यादी प्रहरीमा लगाइदिने भन्दै ठग्ने तीन पक्राउ

कार्तिक १५, पर्सा : म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

वीरगन्जको मुर्ली बगैँचास्थित रातो बंगलाबाट सोमबार साँझ विभिन्न कागजपत्र तथा नगदसहित पक्राउ गरेका तीनैजना अभियुक्तलाई पर्सा प्रहरीले मंगलबार पत्रकार सम्मेलनको अयोजना गरी सार्वजनिक गरेको हो ।
प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा भइरहेको म्यादी प्रहरी छनोटमा पास गराई जागिर लगाई दिन्छु भन्दै सर्वसाधारणसँग रकम ठग्ने गरेको अभियोगमा पर्साको बहुदरमाई नगरपालिका–१ निवासी हरिनारायण राम, वडा नम्बर ५ निवासी विसुन्देव यादव र छठु महरा चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिनुभयो ।
उहाँले म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणसँग रकम ठगी गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको २०० मिटर पश्चिममा रहेको रातोबंगलामा छापामारी गर्दा सूचनाअनुसारकै प्रमाण फेला परेपछि आवश्यक अनुसन्धानका लागि तीनैजनालाई नियन्त्रणमा लिइएको बताउनुभयो ।
पक्राउ परेका व्यक्तिले रकम ठग्नैका लागि म्यादी प्रहरीका लागि आवश्यक नै नपर्ने स्वास्थ्य परीक्षणसमेत विभिन्न अस्पतालबाट गराइएको रिपोर्टसमेत फेला परेको उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।
पक्राउ गरिएका अभियुक्तबाट म्यादी प्रहरीका सक्कल प्रवेशपत्र २२ थान, प्रवेशपत्रको फोटोकपी २० थान, स्वास्थ्य परीक्षण रिपोर्ट पाँच थान, मोबाइल तीनथान र रु ३७ हजार १०० नगद बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनैजना आरोपीलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
news24 बाट 

मिल्यो भागबन्डा: एमालेले कुन दललाई कति सिट दियो ? आफूले कति राख्यो ? (सूचीसहित

काठमाडौं, १५ कात्तिक । एमाले र माओवादी केन्द्र गठबन्धनले प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिट भागबन्डा टुंगो लगाएका छन् 
प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा एमालेले ७५, माओवादी केन्द्रले ४६ र स्वतन्त्रलाई सात सिट दिइएको छ । यसअघि एमालेले २१ र माओवादीले १६ सिट लिएका थिए । एमालेले प्रतिनिधिसभामा कुल ९६ तथा माओवादी केन्द्रले ६२ सिट पाएको छ ।
प्रदेश सभाअन्तर्गत एमालेले १७५ र माओवादीले ९३ सिट लिएका छन् । राष्ट्रिय जनमोर्चा तथा हृदयेश त्रिपाठी समूहलाई ६ सिट छुट्याइएको छ । प्रदेश सभामा एमालेले १९८ र माओवादीले १२६ सिट पाएका छन् । पहिलो चरणमा प्रदेश सभाका लागि एमालेले ४१ र माओवादीले ३३ सिट लिएका थिए ।
एमाले र माओवादीको ६०-४० प्रतिशतबाहेक स्वतन्त्रलाई प्रतिनिधिसभामा सात सिट र प्रदेश सभामा ६ सिट दिइएको माओवादी नेता वर्षमान पुनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय जनमोर्चा, राप्रपा र हृदयेश त्रिपाठी समूहले स्वतन्त्र हैसियतमा प्रतिनिधिसभामा सात सिट पाएका छन् ।
वाम गठबन्धनले राप्रपालाई झापा ३, राष्ट्रिय जनमोर्चालाई प्युठान, सप्तरी ४, पश्चिम नवलपरासी, बाँके ४, कपिलवस्तु २ र ३ स्वतन्त्रलाई छुट्याएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
एमाले र माओवादीले आज प्रतिनिधि र प्रदेश सभा उम्मेदवारको आ–आफ्नो पार्टीले टुंगो लगाउने भएका छन् । खबर नयाँ पत्रिका दैनिकमा छ ।
माओवादी नेता कहाँबाट ? 
पुष्पकमल दाहाल प्रचण्ड चितवन ३
रामबहादुर थापा काठमाडौं १०
कृष्णबहादुर महरा दाङ २
पम्फा भुसाल ललितपुर ३
टोपबहादुर रायमाझी अर्घखाँची
मातृका यादव धनुषा १
शिवकुमार मण्डल मोरङ ५
टेकबहादुर बस्नेत सल्यान

एमालेका २ निवर्तमान सांसद काँग्रेसमा प्रवेश, कैलाली एमालेमा पहिरो


कार्तिक १५, काठमाडौं  ।। नेकपा एमालेका नेता सांसदहरु एमाले त्याग्दै काँग्रेसमा प्रवेश गर्ने क्रम वढ्दो छ। एमाले अध्यक्षकै गृहजिल्ला झापाका एमालेका नेताहरु काँग्रेसमा प्रवेश गरेकै भोलिपल्ट एमालेका दुई निवर्तमान सांसद काँग्रेसमा प्रवेश गरेका छन्।














एमालेबाट कैलाली क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद मोहन सिंह राठौर काँग्रेसमा प्रवेश गरेका हुन्। उनी संसदको सुसासन समितिका सभापति थिए। काँग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले  पार्टीमा उनलाई प्रवेश गराएका हुन्।
काँग्रेस नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला, विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, दिलेन्द्र वडु, एनपी साउद, किशोर सिंहरा ठौर लगायतका नेताहरु पार्टी प्रवेश कार्यक्रममा थिए। एमालेकै सांसद रवनी चौधरी पनि काँग्रेस प्रवेश गरेकी छिन्। मुक्त कमैयाको ५ जिल्लाको समितिको केन्द्रीय सदस्य समेत रहेकी चौधरी चौधरी समुदायमा लोकप्रिय छिन्।
दुई पूर्व सांसदको प्रवेशले एमाले कैलालीमा पहिरो गएको विश्लेषण गरिएको छ। यसको फाइदा काँग्रेसले लिने बताइएको छ। काँग्रेसले कैलालीबाट राठौरलाई प्रतिनिधी सभामा उमेद्वार बनाउने निर्णय समेत गरेको छ।

Monday, October 30, 2017

वाम गठबन्धनले कैलालीमा उम्मेदवार टुंगो लगायोः प्रतिनिधि सभाका तीन सिट एमालेलाई, दुई माओवादीलाई

धनगढी, कात्तिक १३ । नेकपा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले कैलाली जिल्लामा उम्मेदवारको नाम टुंगो लगाएको छ । एमाले नेता तथा पूर्वसभासद् नारदमुनी रानाका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट गरिमा शाह, २ नम्बर क्षेत्रमा एमालेकै झपट रावल, ३ नम्बर क्षेत्रमा माओवादी केन्द्रका पूर्व कृषि मन्त्री गौरीशंकर थारुलाई चयन गरिएको छ । त्यस्तै, ४ क्षेत्रमा माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्य लेखराज भट्ट चयन भएका छन् । भने निर्वाचन क्षेत्र नम्बर ५ बाट एमालेको पूर्वसभासद नारदमुनि रानालाई चयन गरिएको छ ।
उक्त गठबन्धनले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार टुंग्याएपनि पनि प्रदेश सभाको लागि भने छलफल जारी रहेको जनाइएको छ । तर आजै कैलालीसहित प्रदेश नम्बर ७ को ५ जिल्लामा मंसिर २१ गते हुने निर्वाचनको सिटबाँडफाँड संगै उम्मेदवारहरुको नाम टुंगो लाग्ने जनाइएको छ । प्रदेश सभा सदस्य निर्वाचनको लागि वाम गठबन्धनबीच कैलाली क्षेत्र नम्बर १ को ‘क’ मा माओवादी, ‘ख’ मा एमाले, क्षेत्र नम्बर २ को ‘क’ मा एमाले, ‘ख’ मा माओवादी, क्षेत्र नम्बर ३ को ‘क’ मा माओवादी, ‘ख’ मा एमाले, क्षेत्र नम्बर ४ को ‘क’ र ‘ख’ मा एमाले र क्षेत्र नम्बर ५ को ‘क’ मा एमाले र ‘ख’ मा माओवादीको भागमा परेको एमाले नेता रानाले जानकारी दिए ।
दोस्रो चरणमा मंसिर २१ गते प्रदेश नम्बर ७ को कैलाली, कञ्चनपुर, अछाम, डोटी र डडेल्धुरामा हुने निर्वाचनको लागि उक्त गठबन्धनले सिट बाँडफाँड करिब–करिब टुंग्याइ सकेको छ । जुनअनुसार कञ्चनपुर जिल्लाको ३ वटा निर्वाचन क्षेत्र मध्ये १ नम्बरमा माओवादी केन्द्रले वीना मगरलाई सिफारिस गरी सकेको छ । तर दुई वटा निर्वाचन क्षेत्र परेको एमालले भने अझै टुंग्याउन सकेको छैन ।
त्यस्तै १÷१ वटा निर्वाचन क्षेत्र रहेको डोटी र डडेल्धुरामा माओवादीले डडेल्धुरा र डोटीमा एमालेले पाएको छ । डोटीमा एमालेका सांसद प्रेम आले र डडेल्धुरामा माओवादीले खगराज भट्टलाई चयन गरिसकेको छ । भने २ वटा निर्वाचन रहेको अछामको क्षेत्र १ बाहेकमा टुंगो लाग्न सकेको छैन । क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष भीम रावल पाउने भएका छन् ।
साभार:- नेपालीपत्र

प्रचण्ड र अोलीविरुद्ध मुद्दा दायर

काठमाडौं, १४ कात्तिक । राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा सोमबारै अवहेलना मुद्दा हालेका छन् ।
ओली र प्रचण्डले कात्तिक ९ गते आयोजित पत्रकार सम्मेलनमा अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको दाबीसहित एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गर्दै मुद्दा दर्ता भएको हो ।
उनीहरूले ‘आयोगले पूर्व निर्णयअनुरूप मतपत्र छपाइ प्रक्रिया अघि बढाउने,’ ‘कुनै हालतमा मतपत्र छपाइको अर्को निर्णय हुन नदिने,’ ‘विभिन्न निहुँमा अलगअलग मतपत्र छाप्ने प्रक्रिया अघि बढ्न नदिने’ जस्ता अभिव्यक्तिका कारण अदालतको आदेशको मर्यादा र न्यायालयको गरिमा गिराउने कार्य भएको दाबी शुक्लको छ।
नेताद्वयलाई सर्वोच्चमा उपस्थित गराएर बयान लिनसमेत निवेदकको माग छ । खबर अाजको अन्नपूर्णमा  छ।

उद्योगपति विनोद चौधरी कांग्रेसमा प्रवेश …..........

काठमाडौं, १४ कार्तिक । फोब्र्स पत्रिकामा अर्बपतिको सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा उनी पार्टी प्रवेश गरेका हुन् । देउवाले मुलुकको समृद्धिका लागि योगदान आवश्यक भन्दै चौधरीलाई पत्र लेखेर कांग्रेसमा आउन आग्रह गरेका थिए ।
२०६४ को संविधानसभा निर्वाचनपछि एमाले कोटामा सभासद भएका चौधरी कांग्रेस प्रवेशसँगै प्रतिनिधिसभाको समानुपातिक सूचीमा समेत परेका छन् । ‘प्रधानमन्त्री एवं कांग्रेस सभापतिले आग्रह गरेपछि मुलुकका लागि योगदान गर्न सकिन्छ कि भनेर गएको हुँ,’ चौधरीले कान्तिपुरसित भने ।
फोब्र्सका अनुसार कात्तिक ११ गतेको मूल्यमा उनको सम्पत्ति १ अर्ब ३८ करोड अमेरिकी डलर (करिब १ खर्ब ४० अर्ब रुपैयाँ) छ । फोब्र्सले धनीहरूको तत्कालीन सम्पत्ति (रियल टाइम) आफ्नो वेबसाइटमा सार्वजनिक गर्छ । फोब्र्सको सूचीमा उनी १५ सय ६७ औं नम्बरमा छन् ।
चौधरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भइसकेका छन् । उनी अध्यक्ष हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको उदारीकरणमा उनको योगदान थियो । ‘२०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सल्लाहकार बस्न आग्रह गर्नुभएको थियो,’ चौधरीले भने ।
‘पछि गिरिजाबाबुसँग उदारीकरण र निजी क्षेत्रको भूमिका अर्थतन्त्रमा बढाउन योगदान दिएको हुँ । त्यसैले मेरो कांग्रेससँगको निकटता धेरै पुरानो हो,’ उनले भने ।
फोब्र्सका अनुसार चौधरीले करिब सय कम्पनीको व्यवस्थापन गर्छन् । उनको नेपालमा सबैभन्दा ठूलो आय हुने कम्पनी नबिल बैंक हो । तर, वाईवाई चाउचाउका उत्पादक भनेर उनलाई अधिकांशले चिन्ने गरेका छन् । चौधरीको नवलपरासीको क्षेत्र नम्बर १ अन्तर्गत दुम्कौलीमा चौधरी उद्योग ग्राम छ । बर्दियाबाट पनि वाईवाईको उत्पादन सुरु भइसकेको छ । यसैगरी भारतका ७ ठाउँ र सर्वियामा पनि वाईवाई उत्पादन भइरहेको छ ।
चौधरीलाई कांग्रेसमा ल्याउन शशांक कोइराला र भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले भूमिका खेलेका थिए । त्यसमा सभापति देउवाले तत्काल समर्थन जनाएका थिए ।  खबर आजको कान्तिपुर दैनिकमा छ ।

अझै रोकिएन अवैध अमेरिका प्रवेश

  newsabhiyan









काठमाडौं, १४ कार्तिक ।  अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका रूपमा रहेको मेक्सिकोका विभिन्न क्षेत्रमा लुकीछिपी रहँदै आएका छन् ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएलगत्तै लिएको कडा अध्यागमन नीतिका कारण अलपत्र परेका ३ सय नेपालीमध्ये केही अझै मेक्सिकोमै छन् । बल्लतल्ल अमेरिका छिरेर चार महिनाको जेल बसाइपछि राहदानी बनाउन असोज पहिलो साता दूतावास आएकाहरूले मेक्सिकोमा अझै नेपाली अलपत्र रहेको जानकारी दिएका हुन् ।
तर मेक्सिको सरकारले भने आफ्नो देशको जेलमा कुनै पनि नेपाली नरहेको जानकारी नेपाली दूतावासलाई दिएको छ । ‘डीसीमा रहेको मेक्सिकोको दूतावासले यसै साता दिएको पत्रमा कुनै पनि नेपाली आफ्नो देशको जेलमा छैनन् भनिएको छ,’ नेपाली दूतावासका एक अधिकारीले भने ।
अमेरिकाको न्युयोर्कस्थित महावाणिज्य दूतावासमा चार नेपालीको व्यथा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पनि सुने । आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै उनीहरूले महरालाई भने, ‘भविष्य राम्रो हुन्छ भनेर अमेरिका आएका हौं । दु:ख निकै पाइयो । धेरै पैसा खर्च भयो ।
दलालहरूले सुरुमा सपना बाँड्छन्, रकम पनि थोरै (२०/२५ लाख) भन्छन् अनि बीच बाटामा पुगेपछि माग गर्दै जान्छन्, सुरु रकमको दोब्बर बढी तिरिसक्यौं ।’ उनीहरू दाङ, नवलपरासी र कपिलवस्तुका हुन् ।
उनीहरूले आफूहरूले ४५ लाखभन्दा बढी खर्च गरेर आएको उल्लेख गर्दै आफ्नो नाम र तस्बिर सार्वजनिक नगर्न कान्तिपुरलाई आग्रह गरे । ‘दक्षिण अमेरिकी मुलुकको घना जंगल, समुद्र पार गर्दै ड्राइफुट र समुद्रकै पानी खाएर यहाँ आइपुगेका हौं,’ उनीहरूले भने, ‘कैयन् विदेशीले पनि आफूलाई नेपाली भनेर परिचय दिँदारहेछन् । तर हामी ९ जना मात्र थियांै । पाँच जना डीसीमा रहेको दूतावासमा धाइरहेका छन् । हामी न्युयोर्कमा आइपुग्यौं ।’
महराले उनीहरूको कुरा उभिएर सुन्दै भने, ‘यसमा हामीले के गर्न सक्छौं ?’ उनको जिज्ञासामा दूतावासका एक अधिकारीले भने, ‘प्रहरी प्रशासनले मात्र रोक्न सक्छ । आइपुगेकालाई अमेरिकी सरकारले बुझाएर फर्काउनु भनेको उनीहरूलाई मात्र होइन, घरपरिवारलाई समेत धोका दिनु हो । ७५ लाखसम्म खर्च गरेका भेटेका छौं । अरू काम उनीहरूले गर्लान्, हामी पासपोर्ट र डकुमेन्टमा सहयोग गरिदिन्छौं ।’
वासिङ्टन डीसीस्थित दूतावासमा पनि यस्ता धेरै नेपाली भेटिएका थिए । ‘राम्रै पढेका र बुझेकै नेपाली पनि यसरी आएको जानकारी दूतावासमा छ । समस्यामा परेका नेपालीलाई उद्धार गर्ने हो । अवैधानिक रूपमा आएकाहरूको खोजी गर्ने र बुझ्ने काम गरिरहेका छांै,’ राजदूत डा. अर्जुनकुमार कार्कीले कान्तिपुरसँग भने, ‘हामीले दक्षिण अमेरिकी मुलुक र अमेरिकासँग सम्पर्क गरेर नेपालीको अवस्था बुझ्ने, डाटा राख्ने र पीडितहरूको समस्या फुकाउने काम गरिरहेका छौं ।’
कार्कीले दक्षिण अमेरिकी मुलुकमा ओहदाको प्रमाणपत्र बुझाउन जाँदा पनि यो अवस्थाबारे बुझेका थिए । त्यसरी प्रवेश गर्नेहरूसँग कुनै कागजात नहुने हुनाले नेपाली भन्ने पहिचानका लागि दूतावास आउने गरेका हुन्छन् । ‘लाखौं रकम हामीले दलाललाई खुवाएर आयौं, अब बाँकीलाई खुवाउन थालिएको छ । कति चुस्छन्, थाहा छैन,’ थापामगर थरका एक युवाले भने, ‘यहाँ विदेशी वकिलसँग हाम्रो सम्पर्क हुन सक्दैन । नेपाली वकिलले जति भन्यो, त्यति दिनुपर्छ, नत्र लड्दैनौं भन्दारहेछन् ।’
अमेरिकाका कतिपय वकिल यस्तै नेपालीको अध्यागमन मुद्दा हेरेर जीवन गुजारा गरिरहेका छन् । २३ महिना लगाएर अमेरिका छिरेका दाङका सुनार थरका युवा न्युयोर्कस्थित महावाणिज्य दूतावासमा भेटिए । उनले भने, ‘हामीले विदेशी एजेन्टले चुसेको भोग्यौं । अब नेपाली तथा भारतीय वकिलले कति चुस्छन्, हेर्दै जाऊँ ।’ जतिसुकै दु:ख गरेर आए पनि अब केही वर्षमा ऋण तिर्ने र बाँकी जीवन सहज हुनेमा उनीहरू आशावादी देखिए । जागिर नपाएपछि सुरक्षित भविष्यको खोजीमा घरबाट अंश मागेर जग्गा बेचेर आएको उनीहरूले बताए ।
कोरियामा काम गरेर जम्मा गरेको रकम खर्चेर अमेरिकाको त्यो बाटो तय गरेका नवलपरासीका पौडेल थरका एकले भने, ‘हामी मेक्सिकोमै आएर पनि चार महिना अलपत्रझैं भयौं । नत्र मेक्सिको पसेपछि अलपत्र पर्ने अवस्था यसअघिका साथीहरूको थिएन ।’ पछिल्लो समय अमेरिकाका विभिन्न जेलमा नै दुई दर्जनभन्दा बढी नेपाली रहेको र कैयन् नेपाली खुट्टामा चिप्स रहेको ब्यान्ड लगाएर दूतावास, अध्यागमन र वकिलकहाँ धाइरहेका छन् । उनीहरूले काम पनि गरिरहेका छन् ।
कुनै पनि अपराधमा नरहेकालाई अमेरिकी अध्यागमनले खासै चासो राख्दैन । ‘११ महिना लामो कष्टकर यात्रा, ४७ लाख दलाल खर्च, मेक्सिको सीमा काटेपछि चार महिना अमेरिकी जेल भोगेर पासपोर्ट बनाउन आएकी एक बहिनीको कथा,’ महावाणिज्यदूत मधु मरासैनीले आफ्नो ट्वीटरमा यस्तो लेख्दै एक महिलाले पाएको दु:ख सुन्दा आँसु नै आउने उल्लेख गरेका छन् । उनले महरालाई आफ्नो महावाणिज्य दूतावास देखाउन ल्याउँदा पनि यस्तै युवा राहदानीका लागि आवेदन दिन आएका थिए ।
नेपालीहरू तान्जानिया, केन्याबाट दक्षिण अमेरिकाका विभिन्न मुलुक हुँदै मेक्सिको पुगेपछि अमेरिका छिर्ने गरेका छन् । यो मार्गलाई क्युबियन रुट पनि भनिन्छ । कतिपयले सेटिङ मिलाएर दिल्लीबाट भिसा लिएर मेक्सिको आउने र त्यहाँबाट अमेरिका प्रवेशको दाउ हेर्ने गरेको पनि बताइएको छ । पानामा, निकारागुवा, होन्डुरस, कोलम्बियालगायत मुलुकका जेलमा नेपाली खाली हुँदैनन् ।
नेपालीसँग मिल्दोजुल्दो अनुहार भएका विदेशीले पनि नेपाली भन्दै आउने गरेका छन् । भुटानी, फिजी, मरिसस, भारत, मलेसिया र बंगालीलगायतले नेपाली भनेर परिचय दिने गरेको र कतिले त नेपाली राहदानी नै बोकेर आउने गरेको जानकारी दूतावासलाई आएको छ ।  खबर आजको कान्तिपुरमा  छ ।

Sunday, October 29, 2017

तपाईंको आजको राशिफल

आज मितिः वि.सं. २०७४ ,आश्विन महिनाको १३ गते सोमवार । अँग्रजी मितिः ई.सं. २०१७ अक्टोबर महिनाको ३० तारिख ।

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन यद्यपि आम्दानीकर ग्रहयोग परेको छ तरपनि विशेष अपेक्षा गरिएको महत्त्वपूर्ण कार्यमा ग्रहको अबरोध स्थिति देखिएको हुनाले आशा गरिएको आर्थिक लाभ हुनलाई अल्लि कठिनाई पर्नसक्ने छ । सामान्य कामकार्यमा ग्रहस्थिति स्वभाविकै रहने देखिन्छ । पेशा एवम् व्यवसायमा ठिकै सफलता मिल्नेछ । स्वजनहरुसँग भेट्घाट हुनपाइने तथा शुभसन्देश प्राप्त हुने दिन रहेको छ । आज यहाँको लागि २ अंक, सेतो रङ्ग अनुकूल रहनेछ । मुख्य कार्यमा आउने बाधाब्याबधानको  निवारणको लागि भगवान हनुमानदेवको भक्तिभाव गर्नु उपयुक्त हुनेछ । भने मान्यजनको आर्शिवाद पनि शुभकर हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आज मानमर्यादा एवं अवसरको सम्भावना छ । राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने छ । व्यापार व्यवसायबाट लाभ गर्नसकिने छ भने उच्च आहोदाका अधिकारीसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ । दीगो उद्यम आदिको बारेमा सोँचविचार तथा योजना बन्नसक्ने छ । अनुकूल अवस्थाले मानसिकरुमा महत्वाकांक्षा बढाउनसक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने भगवान आसुतोषको सेवा आराधना गर्नु थप फलप्रद हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन राहतपूर्ण तथा पूण्यार्जन गर्नसकिने खालको दिन रहेको छ । धर्मकर्ममा मन जाने र आध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने भएकोले मानसिक शान्ति मिल्नेछ साथै व्यवसायमा पनि लक्ष्मी कृपा बढ्नेछ । भौतिक पराक्रम गर्न पनि सक्नुहुने छ । तीर्थादि क्षेत्रको यात्राको सम्भावना देखिएको छ । महत्त्वपूर्ण कामको योजना एवम् थालनीको सम्भावनालाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । नौ अंक पहेलो रंग र धार्मिक जन वा धार्मिक क्षेत्रमा सेवा सहयोग गर्नु आज यहाँको लागि पूण्यकर हुनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन सोँचेजति प्रतिफल पाउनलाई अल्लि कठिन पर्ने खालको छ । काममा बाधा अड्चन तथा अपयशजन्य केही संघर्षको परिस्थितिकाृ सामना गर्नपर्न सक्नेछ । स्वास्थ्यले पनि त्यति साथ नदिनसक्ने छ भने  व्यवहार तथा व्यवसायमा कमिकमजोरी देखिन सक्नेछ । कसैकसैलाई बुद्धिविवेकमा पनि संकिर्णता आउने र समय गुज्रेपछि पछुतो पर्ने हुनसक्ने छ । शुभेच्छुक तथा आफन्तजनलाई टाढिनबाट रोक्ने अकिल सोँच्नुहोला । संघर्षादि प्रतिकूलतालाई न्यूनिकरण गर्न आज यहाँले भगवान गौरीशङ्करको स्तुति गर्नु हितप्रद हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन आमोद–प्रमोद चाहनामा बृद्धि हुने तथा विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने भएतापनि समझदारीमा कठिनाई उत्पन्न हुनसक्ने सम्भावना छ । आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । चोटपटक आदिको भय देखिएकोले यात्राको हकमा भने अल्लि विचारपुर्याउन पर्ने देखिएको छ । आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने गुरुजनको आर्शिवाद एवं भगवान शिवको दर्शन भक्ति गर्नु हितकर हुनेछ । 
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन पराक्रम बढ्ने खालको गोचर रहेको छ । मुख्य एवम् महत्त्वपूर्ण काममा सफलता हातपर्ने सम्भावना देखिएको छ । सामान्य दैनिकी कामकार्य सहजै पूर्ण हुनसक्ने छन् कार्यक्षेत्रलाई समय दिनु उचित हुने देखिन्छ । समयको सदुपयोग गर्नसकेको खण्डमा शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने । व्यवसायमा सफलता र लाभ मिल्ने छ । आज यो राशि हुनेहरुको लागि रुद्र भगवानको श्रद्धाभक्ति एवं स्तुति गर्नु थप फलप्रद हुनेछ ।
तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन ज्ञानक्षमताको प्रयोग गर्ने अवसर मिल्ने छ । मान्छेहरुले आज तपाईको विद्याबुद्धिको प्रशंसा पनि गर्ने छन् । विद्यार्थीहरुको लागि दिन बढी अनुकूल सावित हुनसक्ने छ । शिक्षण, अध्ययन एवम् लेखनमा राम्रो प्रगति गर्नसकिने छ । सन्तानपक्षबाट पनि आज सकारकात्मक भूमिका निर्वाह हुनेछ । व्यवसायिक पक्षपनि मज्बुत नै देखिन्छ । पाँच अंक, रातो रङ्ग आज यहाँलाई फाप सिद्ध हुनेछ भने सन्तान अभाव वा दोष व्यहोरी रहेकाहरुले भगवान शिवको श्रद्धाभक्ति गर्नु हितकर हुनेछ । 
वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल मान्न अल्लि नसकिने खालको रहेको छ । महत्त्वपूर्ण कार्यमा बाधाब्यावधान आइलाग्ने सम्भावना देखिएको छ । विचारमा संकिर्णताले प्रसय पाउनसक्ने र सहकर्मी, मित्रवर्ग, छिमेकी कसैसँग ख्यालख्यालमै पनि मनमुटाव पर्नसक्ने छ विचार पुर्याउनु होला । बढीजोड गरिएको तर्फबाट नभएर खासै वास्ता नगरिएको तर्फबाट भने अप्रत्यासित उपलब्धि हातपर्नेछ । क्रमशः सम्भावित अनिष्ट टरेर जानेछ भने केही संघर्षबाट अत्याबश्यक काम बनाउन सकिनेछ । आज यहाँको लागि सेतो रङ्ग र चार अंकको प्रयोग गर्नु एवं मातृशक्तिको आर्शिवाद लिनु उपयुक्त हुनेछ । 

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन पराक्रम बढ्ने हुनाले पुरुषार्थकर दिन रहनेछ । शारीरिक जोशजाँगर बढ्ने छ भने रोकिएर रहेका काम पूरा गर्न मन लाग्ने छ । सहयोगीहरु पनि जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने एवम् भाइबहिनीसँगको सहकार्यबाट लाभ हासिल गर्न सकिने छ । व्यवसायिक कामबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तीन अंक, हरियो रङ्ग आज तपाईको लागि उपयुक्त रहनेछ भने दिदी बहिनीलाई उपहार दिनाले अपेक्षित उपलब्धि ल्याउन सहयोग गर्नेछ ।
मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन आर्थिक पक्षमा सुधार ल्याउने गोचर परेको छ । व्यवसाय तथा व्यापार आदि कार्यक्षेत्रमा तदनुसारको कार्यतर्जुमा गर्नु बुद्धिमानी हुनेछ । पेशा आदिबाट लाभ एवम् सफलता मिल्नाले हर्षोल्लास एवम् उत्साह बढ्ने छ । नयाँ नाता कुटुम्बिक सम्बन्ध विस्तार हुने एवम् साविकको सम्बन्धमा प्रगाढता आउने छ । सभासम्मेलन, गोष्ठी, बैठक आदिमा आज यहाँको बोलीले मान्छेहरु प्रभावित हुने योग परेको छ । वाणीको सदुपयोग गर्नुहोला । परोपकार आदि कार्यमा पनि उत्साह बढ्नेछ । आज यो राशि हुने कसैकसैलाई गुप्त धन मिल्नपनि सक्नेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन गोचरले सुधारात्मक कोल्टे फेरेको छ । ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । सहज दिन परेकाले केही कामकार्य बन्ने र मनोरञ्जन एवम् खुशीयालीप्रद दिन रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नेछ । इष्टमित्रको आगमन हुने र उपाहार मिल्नसक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँ काममा वा शेयर आदिको लगानीको अवसर पर्ने पनि सम्भावना छ । समयको सदुपयोग गर्न जानेको खण्डमा आज यहाँलाई पेशागत लाभ एवम् सफलता प्राप्त हुनेछ । भगवान शिवको दर्शन एवं भक्तिभाव शुभफलप्रद हुनेछ ।
मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन केही संघर्षकर रहेको देखिएको छ । अल्लि बढी कोसिसले मात्रै ईच्छित कार्यमा आंशिक सफलता मिल्नसक्ला । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ अन्यथा परिणाम विपरित पनि आउनसक्ने गोचर देखिन्छ । बुद्धिमततापूर्वक फजुलका विषयबाट पन्छिनु उपयुक्त हुनेछ । उन्माद स्वभाव बढ्नसक्ने तथा खतिक्षति हुनसक्ने र पश्चाताप पर्ने सम्भावना रहेको छ होसियारी अप्नाउनु होला । आवश्यकभन्दा बढी यात्राको पनि योग देखिएकोले संयम धारण गर्नु उचित होला । यहाँको लागि आज ३ अंक र पहेंलो रंग एवम् भगवान गौरिशङ्कको सेवा आराधना गर्नु शुभप्रद हुनेछ ।

यौनसम्पर्कको समय कति ? लामो समय राख्न के गर्ने

newsabhiyan
- डा. राजेन्द्र भद्रा


मेरो विवाह भएको दुई वर्ष भयो । म दुई–चार मिनेटभन्दा बढी यौनसम्पर्क गर्न सक्दिनँ । मेरी श्रीमती मबाट सन्तुष्ट छैनन् । लामो समयसम्म यौनसम्पर्क राख्न के गर्नुपर्ला ?
                                                           - ३०३५७


यौनसम्पर्कको समय कति ?

यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुराहरूमा भर पर्छ । किन्सेले गरेको अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको देखिएको थियो । पुरुषले योनिमा लिङ्ग प्रवेश गराएदेखि वीर्यस्खलनसम्मको समयलाई Intravaginal Ejaculation Latency Time भनिन्छ ।
यो समय व्यक्ति–व्यक्तिअनुसार फरक–फरक हुन्छ र एक व्यक्तिको पनि फरक–फरक समयमा फरक–फरक हुन सक्छ । सामान्यत: उमेर बढ्दै जाँदा उक्त समय केही घट्छ । एक अध्ययनले सालाखाला यसको समय ५ दशमलव ४ मिनेट रहेको देखाएको छ ।
यहाँ भनिरहनु पर्दैन कि यौनसम्पर्कको समय व्यक्ति, जोडी अनि परिस्थितिअनुरूप फरक–फरक हुन्छ । Journal of Sexual Medicine मा गरिएको एक अध्ययनमा sex therapist ले १–२ मिनेटको यौनसम्पर्कको समयलाई ‘धैरै छोटो’, ३–७ मिनेटको समयलाई ‘पर्याप्त’ अनि ७–१३ मिनेटको समयलाई ‘वाञ्छनीय’ मानिएको छ ।
नेपालमा नेपालीले यौनसम्पर्क राख्ने समय कति हुन्छ भन्ने अध्ययन भएको जानकारी मलाई छैन, त्यसैले बाहिरका अध्ययनलाई नै आधार मान्नुपर्ने हुन्छ तर महत्वपूर्ण कुरा यौनसम्पर्क भनेपछि योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने कुरामा सीमित हुने सोचभन्दा वाहिर आउनुपर्छ । तपाईं वा तपाईंकी श्रीमतीलाई राम्रोसँग यौन उत्तेजनामा आउन लाग्ने समयलाई पनि ख्याल गर्नुपर्ने हुन्छ अनि सबैभन्दा मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयावधिलाई लिएर सन्तुष्ट हुनुपर्छ ।
कसरी लामो समयसम्म यौनसम्पर्क राख्ने ?
सर्वप्रथम त तनावरहित हुन आवश्यक छ । तनाव, चिन्ता अनि विशेष गरेर यौन सक्षमताको चिन्ताले यसमा कुनै सहयोग गर्दैन । यौन साथीलाई आफ्नो यौन क्षमता प्रदर्शित गर्नुपर्ने दबाब भए समस्या थप चर्को हुन सक्छ । यस्तो स्थितिलाई उभायचmबलअभ बलहष्भतथ भनिन्छ । एकपल्ट यस विषयमा पनि राम्रोसँग लेख्नुभए जवाफ दिन सजिलो हुने थियो । यौनसम्पर्कको समय छोटो हुने समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय अपनाउन सकिन्छ ।
यौनसम्पर्क रोक्ने–सुरु गर्ने : यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग झिकेर केही बेर यौन क्रीडा रोक्ने र उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने ।
आसन परिवर्तन गर्ने : लोग्नेमान्छे माथि र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि स्खलन रोक्न मद्दत मिल्छ ।
लिङ्ग अँठ्याउने : यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठ्याउने र वीर्य स्खलन हुन नदिने । उत्तेजना केही कम भएपछि पुन: यौनक्रीडा सुरु गर्ने ।
कन्डमको प्रयोग : कन्डमको प्रयोगवाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ ।
मांसपेशीको प्रयोग : पिसाब आउँदा रोक्न प्रयोग हुने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा मिल्छ ।
श्रीमती सन्तुष्ट नभएको कुरा
तपाईंकी श्रीमती सन्तुष्ट नभएकै हो वा तपाईंलाई त्यस्तो लागेको मात्र हो भन्ने कुराअनुसार फरक–फरक समाधान हुन सक्छ । तपार्इंकी श्रीमतीमा यौनेच्छा बढी भएको पनि हुन सक्छ । यो कुरा तपाईंहरूबीचको सम्बन्धको सुमधुरता मात्र होइन, शारिरीक तथा मानसिक स्थितिमा पनि भर पर्छ । महत्वपूर्ण कुरा के छ भने यौनसम्पर्कवाट मात्र महिलाले यौन सन्तुष्टि प्राप्त गर्नेे होइन । महिलाले कसरी यौन सुख प्राप्त गर्न सक्छन् भन्ने कुरामा ध्यान दिने मात्र होइन, त्यसमा संलग्न पनि हुनुपर्छ ।
महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगाङ्कुर’ बाहिरतिरै हुन्छ । त्यसलाई हात वा औंलाले चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । योनि अर्को महत्वपूर्ण अङ्ग हो । यसको बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य नयाँ प्रयोग गर्न सकिन्छ ।
यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत गर्छ । दुवैले एकसाथ चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यही नै हुनुपर्छ भन्ने पनि छैन ।
साथसाथै चरम सुख प्राप्त भएन भनेर पीर गर्नुपर्ने आवश्यता छैन, पालैपालो यौन चरमसुख प्राप्त गरे पनि हुन्छ । साप्ताहिकबाट/Newsabhyan

कन्डम प्रयोग गरे/नगरेको बुढीऔंलाबाटै थाहा पाइने

एजेन्सी - अब कुनै पुरुषले कन्डम प्रयोग गरे÷नगरेको उसको बुढीऔंलाको छापबाटै थाहा पाइने भएको छ । 
कन्डम प्रयोग गरे÷नगरेको पत्ता लगाउने फिंगरप्रिन्टको नयाँ प्रविधि विकास गर्न १ करोड २२ लाख रुपैयाँ लगानी गरिएको छ । यो प्रविधिको सहायताबाट कन्डम छोएको वा प्रयोग गरेकाहरुले कुन ब्रान्डको कन्डम छोएको हो वा प्रयोग गरेको भन्ने समेत पत्ता लगाउन सकिन्छ ।
फिंगरप्रिन्टको यो नयाँ प्रविधिको उपयोग अपराधीविरुद्ध प्रमाण जुटाउनका लागि गरिने जनाइएको छ । यो प्रविधिको सहायताले कुनै व्यक्तिले कपालमा लगाएको जेलको ब्रान्डसमेत थाहा पाउन सकिनेछ ।
‘मास स्पेक्ट्रोमेट्री’ प्रविधिकै एउटा हाँगाको रुपमा विकसित नयाँ प्रविधिले फिंगरप्रिन्टमा हुने फरक फरक तत्वहरू पत्ता लगाउन सक्छ ।
यसबाट अल्कोहल र लागुपदार्थ प्रयोग गरेको पनि थाहा पाउन सकिन्छ ।
बेलायतको योर्कसायरस्थित सेफिल्ड हलम विश्वविद्यालयका वैज्ञानिकहरूको एउटा समूह पश्चिमी योर्कसायर प्रहरीसँग मिलेर संयुक्त रुपमा यो प्रविधिको विकास गरिरहेका छन् ।
परियोजना प्रमुख डक्टर सिमोना फ्रान्सिस भन्छिन्, ‘यो प्रविधिको उपयोग ३० वर्ष पुराना फिंगरप्रिन्टमा लागेको रगत परीक्षणमा पनि सफल भयो । यसको अर्थ यो प्रविधिको उपयोग पुराना मुद्दामामिलाको छानबिनमा पनि गर्न सकिन्छ ।’
यो प्रविधिको उपयोग औंलाका रेखाभित्र अड्किएका सुक्ष्म तत्व पत्ता लगाउन गर्न सकिन्छ ।
यो प्रविधिमा नमुनाको वाष्पिकरण गरेर भ्याकुमभित्र विद्युतीय र चुम्बकीय क्षेत्रबाट पार गराइन्छ ।
फरक फरक पिण्ड (मास) भएका ती तत्व विद्युतीय र चुम्बकीय क्षेत्रको प्रभावमा परेपछि व्यवहार पनि फरक फरक देखाउँछन् । यसको सहायताबाट प्रिन्टमा रहेका ती तत्वको अणु पहिचान गरिन्छ ।
यो प्रविधिबाट पाइने जानकारी विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि प्रिन्टमा रहेको प्रोटिनबाट वैज्ञानिकले उक्त व्यक्तिको लिंग महिला वा पुरुष के हो पनि थाहा पाउन सकिन्छ ।
वरिष्ठ प्रविधि विशेषज्ञ स्टिफन ब्लेले यो प्रविधि बेलायती प्रहरीका लागि निर्माण गरिरहेका छन् ।
फिंगरप्रिन्टको यो प्रविधिबाट पत्ता लाग्ने तथ्यहरू :
–    व्यक्तिको लिंग
–    फिंगरप्रिन्टको रगत मानिसको हो वा जनावरको हो
–    लागुऔषध सेवन गरे/नगरेको । यसबाट कोकिन, टिएचसी (मारिजुआना र क्यानाबिसमा पाइने रासायनिक पदार्थ), हिरोइन, एम्फेटामाइनलगायत अन्य लागुऔषध पनि पत्ता लगाउन सकिन्छ
–    फिंगरप्रिन्टमा कपाल भए/नभएको
–    फिंगरप्रिन्टमा कुनै कस्मेटिक भए/नभएको
–    कन्डम छोएको । कन्डमको ब्रान्डसमेत पत्ता लगाउन सकिन्छ ।
–    कुन भोजन गरेको वा के पिएको

स्वास्थ्य खबरपत्रिका बाट 

भोलीदेखि कन्चनपुरको दोधरा,चाँदनीमा चुनावी अभियान तीब्र

कार्तिक १२,कञ्चनपुर । नेपाली काग्रेंसले भोलीदेखि कन्चनपुरको दोधरा,चाँदनी क्षेत्र रहेको महाकाली नगरपालिकाका दशवटै वडामा चुनावी अभियान तिब्र बनाउने भएको छ ।
नेपाली कांग्रेसको भोटबैंक मानिएको यो क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि नेपाली कांगेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री रमेश लेखक उम्मेदवार बनेका छन् । यो क्षेत्रबाट लेखक दुई पटक र प्रधानमन्त्री शेरबहादुर देउवा एक पटक निर्वाचित भइसकेका छन ।  नेपाली काग्रेंस नगर कार्य समितिको आईतबार बसेको बैठकले महाकाली नगरका सबै वडा र टोलमा नेपाली काग्रेंसका नेताहरु पुगेर आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन चुनावी अभियान तिब्र पार्ने निर्णय भएको हो । 
काग्रेंसले महाकाली नगरपालिकाका दश वटै वडाका कार्यकर्ता तथा स्थानियहरुसँग  भेट गरि उनीहरुको गुनासा सुन्न र आसन्न निर्वाचनमा कार्यकर्तालाई होमिन उक्त कार्यक्रम तय भएको नेपाली काग्रेंसका नगर सभापती डम्बर चन्दले बताए । उनले भने, ‘भोलीदेखि महाकालीको वडा नं. १ देखि १० सम्मका वडामा कार्यकर्ता तथा स्थानियहरुसँग भेटघाट कार्यक्रम गर्ने निर्णय गरेका छौ । ’ निर्वाचनमा कसरी कार्यकर्ता परिचालित गर्ने भन्ने बिषयक रणनीति बनाउन महाकाली नगरका सबै वडामा भेटघाट सहित कार्यक्रम तय भएको कांग्रेसका क्रियाशिल सदस्य दिलबहादुर सिजालीले जानकारी दिए ।
निर्वाचन नजिकिएसँगै महाकालीमा  चुनावी चलहपहल बढ्न थालेको छ । जागरण सभा, घर दैलो अभियान, नयां संरचना अनुसारको संगठन पुनर्गठन लगायतमा नेपाली काग्रेंस लागेको छ । महाकाली नगर क्षेत्रकालागि जिल्ला तहका नेता सन्तबहादुर आले मगर, पुष्करबहादुर सिंह, प्रकाश थापा र कृष्णा देबी चन्दको नेतृत्वमा महाकालीका प्रत्येक वडामा रहेका नेपाली काग्रेंसका क्रियाशिल सदस्य, साधारण सदस्य तथा भातृ संगठनलाई भेट गरि आसन्न सभा र प्रदेश निर्वाचनमा परिचालन गर्न निर्देशनको लागि वडा तथा बस्तीमा उक्त कार्यक्रम गर्ने तयारी भएको नेपाली काग्रेंस नगर कार्य समितिका सभापती चन्दले जानकारी दिएका छन् । निर्वाचन नजिकिए संगै महाकाली नगर क्षेत्रमा रहेका नेपाली काग्रेंसका प्रतिनिधीहरुको आफ्ना नेता कार्यकर्ताहरुसँगको भेटघाट पनि बाक्लिएको छ ।
साभार:- Hamrakura.com

रोजगारीमा जान चाहने १० हजार युवालाई सरकारले तालिम दिने, कम्पनी छनोट अन्तिम चरणमा

कार्तिक १२,काठमाडौँ। वैदेशिक रोजगारीमा अदक्ष कामदार भएकाले थोरै ज्याला पाउने अवस्थालाई न्यून गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ।


वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना(सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालिम’ सञ्चालन गर्न लागेको हो। तालिम सञ्चालन गर्न योग्य इच्छुक फर्म, संघ, संस्था वा कम्पनीसँग आशयपत्रसमेत माग गरिसकेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए।

तालिमअन्तर्गत निर्माण क्षेत्र, होटल व्यवस्थापन, टेलरिङ/गार्मेन्ट र सुरक्षागार्ड गरी चार क्षेत्रमा एक महिनाको तालिम दिइने उनले जानकारी दिए।बोर्डले सहायक इलेक्ट्रिसियन, प्लम्बर, मेशन, स्टिल, फिक्चर, सटरिङ कार्पेन्टर, स्काफोल्डिङ र हाउस पेन्टिङ, ‘कुक’, वेटर÷वेटर, हाउसकिपिङ र कफि मेकर, टेलरिङ, गार्मेन्ट, सुरक्षा गार्डका लागि आशयपत्र माग गरेको छ।

यसमध्ये मेशन, सटरिङ कार्पेन्टर र गार्मेन्ट, टेलरिङमा एक हजार ५०० जनासम्मका लागि आवासीय तालिम दिइने लक्ष्य राखिएको छ। तालिम लिएकाले विदेश गएपछि बढी तलब पाउने तथा स्वदशै पनि स्वरोजगार बन्नसक्ने अपेक्षा गरिएको छ।

निर्देशक काफ्लेले आशयपत्र दिएकामध्येबाट पहिलो चरणमा केहीलाई सूचीकृत गरी त्यहीमध्येबाट बोलपत्र आह्वान गरिने जानकारी दिए। सीप सिकेर वैदेशिक रोजगारमा जान चाहनेका लागि यो उत्तम अवसर भएकाले विदेशमा जान चाहनेलाई तालिममा सहभागी हुन उनले आग्रह गरे।

सकेसम्म सातै प्रदेशमा त्यस्ता तालिम सञ्चालन गर्नका लागि आफूहरूले प्रयत्न गर्ने उनको छ। अदक्ष भएकै कारण अन्य देशका कामदारको तुलनामा वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली कामदारले निकै न्यून रकम पाउने गरेका छन्।यो तालिमपश्चात् अदक्ष र दक्ष कामदारका रूपमा तालिमप्राप्त गर्ने रोजगारीमा जानेछन्। रासस

Saturday, October 28, 2017

बिल गेट्सलाई उछिन्दै विश्वकै धनी बने जेफ बेजोस,कूल सम्पत्ति ९० अर्ब ६० करोड

अमेजन इंकका कोफाउन्डर जेफ बेजोस विश्वकै धनी व्यक्ति बनेका छन्।
बेजोसले  विश्वकै धनी व्यक्तिको सूचीमा एक नम्बरमा रहँदै आएका बिल गेट्सलाई पुनः एकपटक पछाडि पारेका हुन्।
फोर्ब्स पत्रिकाको रिपोर्टअनुसार विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको सेयरमा शुक्रबार १३.२ प्रतिशतले वृद्धि भएसँगै कम्पनीका कोफाउन्डर जोसेफको सम्पत्ति १० अर्ब २० करोड डलर बढेको छ।  उनको कूल सम्पत्ति ९० अर्ब ६० करोड पुगेको छ भने गेट्सको ९० अर्ब १० करोड डलर छ ।
माइक्रोसफ्ट कम्पनीका बिल गेट्स दोस्रो स्थानमा छन्। यसअघि गत जुलाईमा पनि जोसेफ विश्वकै धनी व्यक्ति बनिसकेका छन्। तर, ५ घण्टामै कम्पनीको सेयर मूल्य घटेपछि उनलाई फेरि गेट्सले उछिनेका थिए। त्यसबेला जोसेफको कुल सम्पत्ति ९० अर्ब ९० करोड डलर पुगेको थियो।
गेट्स सन् २०१३ देखि लगातार विश्वका धनी सूचीमा एक नम्बरमा छन्। चार वर्षपछि उनलाई गत जुलाईमा बेजोसले पछाडि पारेका थिए। एजेन्सी

परराष्ट्र नीतिमा के हुँदै छ पुनरावलोकन ? भारतलाई लाग्न सक्छ झट्का

काठमाडौं, १२ कात्तिक । परराष्ट्र नीति पुनरावलोकनका लागि सिफारिस गर्न गठित कार्यदलले प्रतिवेदनको अन्तिम मस्यौदा तयार पारेको छ । कार्यदलले अन्तिम मस्यौदा चाँडै बुझाउने तयारी गरेको छ ।
मन्त्रिपरिषद्ले २९ चैतमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको संयोकत्वमा १६ सदस्यीय कार्यदल गठन गरेको थियो ।  महतपछिका परराष्ट्रमन्त्री कृष्णबहादुर महराको कार्यकालमा पनि निरन्तरता पाएको कार्यदलले प्रथम विदेश नीति, गोर्खा भर्ती पुनरावलोकनलगायत विषय प्रतिवेदनमा समेटेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘टास्क फोर्स फर फरेन पोलिसी रिभ्यु अफ नेपाल’ ले एक महिनाअघि नै प्रारम्भिक मस्यौदा सरकारलाई बुझाइसकेको छ । ‘मस्यौदालाई अन्तिम रूप दिएर हामी सरकारलाई चाँडै प्रतिवेदन बुझाउने तयारीमा छौँ,’ कार्यदल सदस्य एवं परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा. इन्द्र अधिकारीले भनिन् ।
कार्यदलको चारमहिने कार्यकाल २९ साउनमा सकिएलगत्तै दुई महिना थपिएको थियो । सरकारको म्यान्डेटअनुसार कार्यदलले आर्थिक कूटनीति, सुरक्षा कूटनीति, परराष्ट्र मन्त्रालयको संस्थागत विकास, विदेश नीतिमा राजनीतिक सहमतिलगायतमा सरोकारवाला निकायसँग छलफल गरेर प्रतिवेदन तयार गरेको छ ।
को–को थिए कार्यदलमा ?
कार्यदलमा पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्य, सुरक्षा तथा परराष्ट्रविद् श्रीधरकुमार खत्री, पूर्वराजदूत डा. ऋषिराज अधिकारी, पूर्वमन्त्री विद्याधर मल्लिक, पूर्वराजदूत डा. शंकर शर्मा, अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी जानकार डा. पोषराज पाण्डे, पूर्वराजदूत डा. गणेश गुरुङ, पूर्वराजदूत शम्भुराम सिम्खडा, पूर्वसचिव मोहन बन्जाडे, अवकाश प्राप्त रथी पवनबहादुर पाण्डे, सुरक्षाविद् दीपकप्रकाश भट्ट, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा. इन्द्र अधिकारी, नेपाल विश्व सम्बन्ध परिषद्का प्रतिनिधि डा. राजेन्द्रबहादुर श्रेष्ठ, परराष्ट्रविद् निश्चलनाथ पाण्डे थिए । परराष्ट्रसचिव शंकरदास बैरागी कार्यदलका सदस्यसचिव थिए ।
यस्तो छ कार्यदलको सुझाब
० विदेश नीतिसँग सम्बन्धित कुनै पनि विषयलाई आन्तरिक राजनीतिक विषय बनाउन नहुने ।
० कूटनीति सञ्चालनमा छिमेक प्रथम नीति हुन् । नेपालको विदेश नीतिका दुई महत्वपूर्ण क्षेत्र भारत र चीन हुन् । उनीहरूसँग विश्वासको सम्बन्धले मात्रै नेपालको विदेशनीति सञ्चालन प्रभावकारी हुने ।
० छिमेकस्थित नेपाली कूटनीतिक मिसनमा काम गरेका अनुभवप्राप्त कर्मचारीले मात्रै परराष्ट्रसचिव हुन पाउने ।
० शाखा अधिकृतभन्दा माथि परराष्ट्रमा प्रत्यक्ष भर्ना गर्नु नहुने । विदेश नीतिको न्यूनतम ज्ञान र अभ्यास नभएकालाई नेतृत्व तहमा पुर्याउनबाट रोक्न यो कदम जरुरी ।
० परराष्ट्र मन्त्रालय र कूटनीतिक मिसन चुस्त हुनुपर्ने । उनीहरूबीच आपसी समन्वय पनि हुनुपर्ने ।
० परराष्ट्र मन्त्रालयको सम्बन्धित महाशाखा बलियो हुनुपर्ने, त्यहाँ नेतृत्व स्थिर हुनुपर्ने ।
० विदेश नीतिसँग सम्बन्धित कुनै पनि मामिलामा परराष्ट्र मन्त्रालयको भूमिका नेतृत्वदायी हुने । तर, मन्त्रालयले सम्बन्धित मन्त्रालय वा सरकारी निकायलाई विज्ञका रूपमा राय लिन सक्ने । विदेश नीतिमा प्रभाव पार्ने जुनसुकै विषयबारे अन्तर्राष्ट्रिय निकायसँग छलफल गर्दा परराष्ट्र मन्त्रालयलाई पनि सामेल गर्नुपर्ने ।
० अवैतनिक वाणिज्य दूतहरू सम्बन्धित देशका लागि खटिएको राजदूतले सिफारिस गर्नुपर्ने ।
० विभिन्न देशमा खटिएका सैनिक सहचारी, काउन्सिलर अधिकारीहरू राजदूत मातहत हुनुपर्ने । राजनीतिक नियुक्तिमा गएका राजदूतले पनि कर्मचारीहरूको ग्रेडिङ गर्न पाउनुपर्ने ।
० विदेशस्थित नेपाली मिसन प्रतिनिधित्वका लागि होइन, रणनीतिक उद्देश्यका लागि स्थापना हुनुपर्छ । मिसनको आवश्यकता र महŒव हेरेर बन्द गर्नुपर्ने ।
० परराष्ट्र मन्त्रालयमा दुईजना सचिव आवश्यक छन् । एकजनाले प्रशासनिक काम हेर्नुपर्ने, विदेश नीति सञ्चालन हेर्ने गरी परराष्ट्रसचिव नियुक्त गर्नुपर्ने ।
० सैन्य कूटनीति थप प्रभावकारी बनाउनुपर्ने । गोर्खा भर्ती पुनरावलोकन गर्नुपर्ने । बेलायत र भारतबाहेक ब्रुनाई, सिंगापुर तथा खाडी मुलुकका सेनामा कार्यत नेपालीका सम्बन्धमा सम्बन्धित देशसँग औपचारिक छलफल गर्नुपर्ने ।
० नेपालीको श्रम सुरक्षामा जोड दिनुपर्ने । विदेशमा एउटै काममा खटिने अन्य देश र नेपाली नेपाली कामदारको सेवासुविधा समान दिलाउन पहल गर्नुपर्ने ।
० नेपाल–भारत सीमाना व्यवस्थित हुनुपर्ने । स्मार्ट बोर्डर मेनेजमेन्टअन्तर्गत मेसिनबाट सीमानामा चेकजाँचको व्यवस्था गर्नुपर्ने ।
परराष्ट्रको माग सम्बोधन भएन
स्रोतका अनुसार परराष्ट्र मन्त्रालयका कर्मचारीले कुल बजेटको १ प्रतिशत बजेट मागेका थिए । तर, कार्यदलले आवश्यकताका आधारमा मात्रै बजेट विनियोजन हुनुपर्नेमा जोड दिएको छ । सबै प्रदेशमा परराष्ट्र मन्त्रालयको प्रतिनिधित्व हुनुपर्ने माग पनि कार्यदलले सम्बोधन गरेन ।
प्रधानमन्त्री कार्यालयमा सम्पर्क अधिकृत राख्ने, दूतावासहरूको संख्या थप्नुपर्ने, कर्मचारीको सुविधा बढाउनुपर्ने परराष्ट्र मन्त्रालयका कर्मचारीको माग पूरा भएन । शतप्रतिशत करिअर डिप्लोम्याट हुनुपर्ने माग परराष्ट्र मन्त्रालयको थियो, तर कार्यदलले अस्वीकार गरेको छ । खबर नयाँ पत्रिका दैनिकमा  छ ।

पाँच लाख कर्मचारी र सुरक्षाकर्मीले भोट हाल्न नपाउने


कात्तिक १२, २०७४ ।।
 आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको काममा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मी मतदान गर्ने अवसरबाट वञ्चित हुने भएका छन्।

 निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, म्यादी प्रहरीको अस्थायी मतदाता नामावलीको व्यवस्था नभएकाले उनीहरूले समानुपातिक निर्वाचनमा समेत मतदान गर्न पाउनेछैनन्। निर्वाचन आयोगले सरकारी कर्मचारी र सुरक्षाकर्मीका लागि अस्थायी मतदाता नामावलीको व्यवस्था गर्ने र नगर्नेबारे अन्तिम निर्णय भने गरिसकेको छैन।

 प्रदेश र प्रतिनिधिसभाको मतपत्र एउटै भएका कारण अस्थायी मतदाता नामावलीको व्यवस्था गर्न सम्भव नभएको आयोगका एक आयुक्तले जानकारी दिए। उनका अनुसार फरक–फरक प्रदेशबाट मतदान गर्नुपर्ने अवस्थामा प्रदेश सभाको समानुपातिकको मतमा समस्या हुन्छ।

रुखमा झुन्डिएको अबस्थामा एक किशोरीको लाश फेला


फाइल तस्बिर :- 
कार्तिक १२,सुखड ।। 
कैलालीको घोडाघोडी नगरपालिका -५ देवकलिया स्थित हरियाली सामुदायिक बनमा एक किशोरीले रुखमा झुन्डिएर आत्महत्या गरेकी छिन् । ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब निरिक्षक दिनेश बिष्टका अनुसार घोडाघोडी नगरपालिका -५ पचघरा निवासी राम बहादुर शाहीकि १६ बर्षिया छोरी हिमा शाहिले शनिबार करिब दिउसो २ बजे तिर आत्महत्या गरेकी हुन् ।

दिउसो गोठालाले रुखमा झुन्डिएर देखे पछि स्थानियलाई खबर गरेका थिए । आत्महत्याको कारण भने घरमा अलि रिसालु स्वाभाव,टोलाई राख्ने कारणले आत्महत्या गरेकी हुन सक्ने पारिवारिक स्रोतले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको र शबलाई अहिले नै टिकापुर लगिने प्रहरी नायब निरीक्षक बिष्टले जानकारी दिनु भएको छ ।
साभार:- ललित जाग्री 

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...