एजेन्सी - अब कुनै पुरुषले कन्डम प्रयोग गरे÷नगरेको उसको बुढीऔंलाको छापबाटै थाहा पाइने भएको छ ।
कन्डम प्रयोग गरे÷नगरेको पत्ता लगाउने फिंगरप्रिन्टको नयाँ प्रविधि विकास गर्न १ करोड २२ लाख रुपैयाँ लगानी गरिएको छ । यो प्रविधिको सहायताबाट कन्डम छोएको वा प्रयोग गरेकाहरुले कुन ब्रान्डको कन्डम छोएको हो वा प्रयोग गरेको भन्ने समेत पत्ता लगाउन सकिन्छ ।
फिंगरप्रिन्टको यो नयाँ प्रविधिको उपयोग अपराधीविरुद्ध प्रमाण जुटाउनका लागि गरिने जनाइएको छ । यो प्रविधिको सहायताले कुनै व्यक्तिले कपालमा लगाएको जेलको ब्रान्डसमेत थाहा पाउन सकिनेछ ।
‘मास स्पेक्ट्रोमेट्री’ प्रविधिकै एउटा हाँगाको रुपमा विकसित नयाँ प्रविधिले फिंगरप्रिन्टमा हुने फरक फरक तत्वहरू पत्ता लगाउन सक्छ ।
यसबाट अल्कोहल र लागुपदार्थ प्रयोग गरेको पनि थाहा पाउन सकिन्छ ।
यसबाट अल्कोहल र लागुपदार्थ प्रयोग गरेको पनि थाहा पाउन सकिन्छ ।
बेलायतको योर्कसायरस्थित सेफिल्ड हलम विश्वविद्यालयका वैज्ञानिकहरूको एउटा समूह पश्चिमी योर्कसायर प्रहरीसँग मिलेर संयुक्त रुपमा यो प्रविधिको विकास गरिरहेका छन् ।
परियोजना प्रमुख डक्टर सिमोना फ्रान्सिस भन्छिन्, ‘यो प्रविधिको उपयोग ३० वर्ष पुराना फिंगरप्रिन्टमा लागेको रगत परीक्षणमा पनि सफल भयो । यसको अर्थ यो प्रविधिको उपयोग पुराना मुद्दामामिलाको छानबिनमा पनि गर्न सकिन्छ ।’

यो प्रविधिको उपयोग औंलाका रेखाभित्र अड्किएका सुक्ष्म तत्व पत्ता लगाउन गर्न सकिन्छ ।
यो प्रविधिमा नमुनाको वाष्पिकरण गरेर भ्याकुमभित्र विद्युतीय र चुम्बकीय क्षेत्रबाट पार गराइन्छ ।
फरक फरक पिण्ड (मास) भएका ती तत्व विद्युतीय र चुम्बकीय क्षेत्रको प्रभावमा परेपछि व्यवहार पनि फरक फरक देखाउँछन् । यसको सहायताबाट प्रिन्टमा रहेका ती तत्वको अणु पहिचान गरिन्छ ।
यो प्रविधिबाट पाइने जानकारी विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि प्रिन्टमा रहेको प्रोटिनबाट वैज्ञानिकले उक्त व्यक्तिको लिंग महिला वा पुरुष के हो पनि थाहा पाउन सकिन्छ ।
यो प्रविधिबाट पाइने जानकारी विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि प्रिन्टमा रहेको प्रोटिनबाट वैज्ञानिकले उक्त व्यक्तिको लिंग महिला वा पुरुष के हो पनि थाहा पाउन सकिन्छ ।
वरिष्ठ प्रविधि विशेषज्ञ स्टिफन ब्लेले यो प्रविधि बेलायती प्रहरीका लागि निर्माण गरिरहेका छन् ।
फिंगरप्रिन्टको यो प्रविधिबाट पत्ता लाग्ने तथ्यहरू :
– व्यक्तिको लिंग
– फिंगरप्रिन्टको रगत मानिसको हो वा जनावरको हो
– लागुऔषध सेवन गरे/नगरेको । यसबाट कोकिन, टिएचसी (मारिजुआना र क्यानाबिसमा पाइने रासायनिक पदार्थ), हिरोइन, एम्फेटामाइनलगायत अन्य लागुऔषध पनि पत्ता लगाउन सकिन्छ
– फिंगरप्रिन्टमा कपाल भए/नभएको
– फिंगरप्रिन्टमा कुनै कस्मेटिक भए/नभएको
– कन्डम छोएको । कन्डमको ब्रान्डसमेत पत्ता लगाउन सकिन्छ ।
– कुन भोजन गरेको वा के पिएको
स्वास्थ्य खबरपत्रिका बाट
No comments:
Post a Comment