आज मितिः वि.सं. २०७४ ,आश्विन महिनाको १३ गते सोमवार । अँग्रजी मितिः ई.सं. २०१७ अक्टोबर महिनाको ३० तारिख ।
मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन यद्यपि आम्दानीकर ग्रहयोग परेको छ तरपनि विशेष अपेक्षा गरिएको महत्त्वपूर्ण कार्यमा ग्रहको अबरोध स्थिति देखिएको हुनाले आशा गरिएको आर्थिक लाभ हुनलाई अल्लि कठिनाई पर्नसक्ने छ । सामान्य कामकार्यमा ग्रहस्थिति स्वभाविकै रहने देखिन्छ । पेशा एवम् व्यवसायमा ठिकै सफलता मिल्नेछ । स्वजनहरुसँग भेट्घाट हुनपाइने तथा शुभसन्देश प्राप्त हुने दिन रहेको छ । आज यहाँको लागि २ अंक, सेतो रङ्ग अनुकूल रहनेछ । मुख्य कार्यमा आउने बाधाब्याबधानको निवारणको लागि भगवान हनुमानदेवको भक्तिभाव गर्नु उपयुक्त हुनेछ । भने मान्यजनको आर्शिवाद पनि शुभकर हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आज मानमर्यादा एवं अवसरको सम्भावना छ । राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने छ । व्यापार व्यवसायबाट लाभ गर्नसकिने छ भने उच्च आहोदाका अधिकारीसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ । दीगो उद्यम आदिको बारेमा सोँचविचार तथा योजना बन्नसक्ने छ । अनुकूल अवस्थाले मानसिकरुमा महत्वाकांक्षा बढाउनसक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने भगवान आसुतोषको सेवा आराधना गर्नु थप फलप्रद हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन राहतपूर्ण तथा पूण्यार्जन गर्नसकिने खालको दिन रहेको छ । धर्मकर्ममा मन जाने र आध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने भएकोले मानसिक शान्ति मिल्नेछ साथै व्यवसायमा पनि लक्ष्मी कृपा बढ्नेछ । भौतिक पराक्रम गर्न पनि सक्नुहुने छ । तीर्थादि क्षेत्रको यात्राको सम्भावना देखिएको छ । महत्त्वपूर्ण कामको योजना एवम् थालनीको सम्भावनालाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । नौ अंक पहेलो रंग र धार्मिक जन वा धार्मिक क्षेत्रमा सेवा सहयोग गर्नु आज यहाँको लागि पूण्यकर हुनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन सोँचेजति प्रतिफल पाउनलाई अल्लि कठिन पर्ने खालको छ । काममा बाधा अड्चन तथा अपयशजन्य केही संघर्षको परिस्थितिकाृ सामना गर्नपर्न सक्नेछ । स्वास्थ्यले पनि त्यति साथ नदिनसक्ने छ भने व्यवहार तथा व्यवसायमा कमिकमजोरी देखिन सक्नेछ । कसैकसैलाई बुद्धिविवेकमा पनि संकिर्णता आउने र समय गुज्रेपछि पछुतो पर्ने हुनसक्ने छ । शुभेच्छुक तथा आफन्तजनलाई टाढिनबाट रोक्ने अकिल सोँच्नुहोला । संघर्षादि प्रतिकूलतालाई न्यूनिकरण गर्न आज यहाँले भगवान गौरीशङ्करको स्तुति गर्नु हितप्रद हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन आमोद–प्रमोद चाहनामा बृद्धि हुने तथा विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने भएतापनि समझदारीमा कठिनाई उत्पन्न हुनसक्ने सम्भावना छ । आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । चोटपटक आदिको भय देखिएकोले यात्राको हकमा भने अल्लि विचारपुर्याउन पर्ने देखिएको छ । आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने गुरुजनको आर्शिवाद एवं भगवान शिवको दर्शन भक्ति गर्नु हितकर हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन पराक्रम बढ्ने खालको गोचर रहेको छ । मुख्य एवम् महत्त्वपूर्ण काममा सफलता हातपर्ने सम्भावना देखिएको छ । सामान्य दैनिकी कामकार्य सहजै पूर्ण हुनसक्ने छन् कार्यक्षेत्रलाई समय दिनु उचित हुने देखिन्छ । समयको सदुपयोग गर्नसकेको खण्डमा शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने । व्यवसायमा सफलता र लाभ मिल्ने छ । आज यो राशि हुनेहरुको लागि रुद्र भगवानको श्रद्धाभक्ति एवं स्तुति गर्नु थप फलप्रद हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन ज्ञानक्षमताको प्रयोग गर्ने अवसर मिल्ने छ । मान्छेहरुले आज तपाईको विद्याबुद्धिको प्रशंसा पनि गर्ने छन् । विद्यार्थीहरुको लागि दिन बढी अनुकूल सावित हुनसक्ने छ । शिक्षण, अध्ययन एवम् लेखनमा राम्रो प्रगति गर्नसकिने छ । सन्तानपक्षबाट पनि आज सकारकात्मक भूमिका निर्वाह हुनेछ । व्यवसायिक पक्षपनि मज्बुत नै देखिन्छ । पाँच अंक, रातो रङ्ग आज यहाँलाई फाप सिद्ध हुनेछ भने सन्तान अभाव वा दोष व्यहोरी रहेकाहरुले भगवान शिवको श्रद्धाभक्ति गर्नु हितकर हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल मान्न अल्लि नसकिने खालको रहेको छ । महत्त्वपूर्ण कार्यमा बाधाब्यावधान आइलाग्ने सम्भावना देखिएको छ । विचारमा संकिर्णताले प्रसय पाउनसक्ने र सहकर्मी, मित्रवर्ग, छिमेकी कसैसँग ख्यालख्यालमै पनि मनमुटाव पर्नसक्ने छ विचार पुर्याउनु होला । बढीजोड गरिएको तर्फबाट नभएर खासै वास्ता नगरिएको तर्फबाट भने अप्रत्यासित उपलब्धि हातपर्नेछ । क्रमशः सम्भावित अनिष्ट टरेर जानेछ भने केही संघर्षबाट अत्याबश्यक काम बनाउन सकिनेछ । आज यहाँको लागि सेतो रङ्ग र चार अंकको प्रयोग गर्नु एवं मातृशक्तिको आर्शिवाद लिनु उपयुक्त हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन पराक्रम बढ्ने हुनाले पुरुषार्थकर दिन रहनेछ । शारीरिक जोशजाँगर बढ्ने छ भने रोकिएर रहेका काम पूरा गर्न मन लाग्ने छ । सहयोगीहरु पनि जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने एवम् भाइबहिनीसँगको सहकार्यबाट लाभ हासिल गर्न सकिने छ । व्यवसायिक कामबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तीन अंक, हरियो रङ्ग आज तपाईको लागि उपयुक्त रहनेछ भने दिदी बहिनीलाई उपहार दिनाले अपेक्षित उपलब्धि ल्याउन सहयोग गर्नेछ ।
मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन आर्थिक पक्षमा सुधार ल्याउने गोचर परेको छ । व्यवसाय तथा व्यापार आदि कार्यक्षेत्रमा तदनुसारको कार्यतर्जुमा गर्नु बुद्धिमानी हुनेछ । पेशा आदिबाट लाभ एवम् सफलता मिल्नाले हर्षोल्लास एवम् उत्साह बढ्ने छ । नयाँ नाता कुटुम्बिक सम्बन्ध विस्तार हुने एवम् साविकको सम्बन्धमा प्रगाढता आउने छ । सभासम्मेलन, गोष्ठी, बैठक आदिमा आज यहाँको बोलीले मान्छेहरु प्रभावित हुने योग परेको छ । वाणीको सदुपयोग गर्नुहोला । परोपकार आदि कार्यमा पनि उत्साह बढ्नेछ । आज यो राशि हुने कसैकसैलाई गुप्त धन मिल्नपनि सक्नेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन गोचरले सुधारात्मक कोल्टे फेरेको छ । ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । सहज दिन परेकाले केही कामकार्य बन्ने र मनोरञ्जन एवम् खुशीयालीप्रद दिन रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नेछ । इष्टमित्रको आगमन हुने र उपाहार मिल्नसक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँ काममा वा शेयर आदिको लगानीको अवसर पर्ने पनि सम्भावना छ । समयको सदुपयोग गर्न जानेको खण्डमा आज यहाँलाई पेशागत लाभ एवम् सफलता प्राप्त हुनेछ । भगवान शिवको दर्शन एवं भक्तिभाव शुभफलप्रद हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन केही संघर्षकर रहेको देखिएको छ । अल्लि बढी कोसिसले मात्रै ईच्छित कार्यमा आंशिक सफलता मिल्नसक्ला । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ अन्यथा परिणाम विपरित पनि आउनसक्ने गोचर देखिन्छ । बुद्धिमततापूर्वक फजुलका विषयबाट पन्छिनु उपयुक्त हुनेछ । उन्माद स्वभाव बढ्नसक्ने तथा खतिक्षति हुनसक्ने र पश्चाताप पर्ने सम्भावना रहेको छ होसियारी अप्नाउनु होला । आवश्यकभन्दा बढी यात्राको पनि योग देखिएकोले संयम धारण गर्नु उचित होला । यहाँको लागि आज ३ अंक र पहेंलो रंग एवम् भगवान गौरिशङ्कको सेवा आराधना गर्नु शुभप्रद हुनेछ ।

No comments:
Post a Comment