
कार्तिक १२,कञ्चनपुर । नेपाली काग्रेंसले भोलीदेखि कन्चनपुरको दोधरा,चाँदनी क्षेत्र रहेको महाकाली नगरपालिकाका दशवटै वडामा चुनावी अभियान तिब्र बनाउने भएको छ ।
नेपाली कांग्रेसको भोटबैंक मानिएको यो क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि नेपाली कांगेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री रमेश लेखक उम्मेदवार बनेका छन् । यो क्षेत्रबाट लेखक दुई पटक र प्रधानमन्त्री शेरबहादुर देउवा एक पटक निर्वाचित भइसकेका छन । नेपाली काग्रेंस नगर कार्य समितिको आईतबार बसेको बैठकले महाकाली नगरका सबै वडा र टोलमा नेपाली काग्रेंसका नेताहरु पुगेर आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन चुनावी अभियान तिब्र पार्ने निर्णय भएको हो ।
काग्रेंसले महाकाली नगरपालिकाका दश वटै वडाका कार्यकर्ता तथा स्थानियहरुसँग भेट गरि उनीहरुको गुनासा सुन्न र आसन्न निर्वाचनमा कार्यकर्तालाई होमिन उक्त कार्यक्रम तय भएको नेपाली काग्रेंसका नगर सभापती डम्बर चन्दले बताए । उनले भने, ‘भोलीदेखि महाकालीको वडा नं. १ देखि १० सम्मका वडामा कार्यकर्ता तथा स्थानियहरुसँग भेटघाट कार्यक्रम गर्ने निर्णय गरेका छौ । ’ निर्वाचनमा कसरी कार्यकर्ता परिचालित गर्ने भन्ने बिषयक रणनीति बनाउन महाकाली नगरका सबै वडामा भेटघाट सहित कार्यक्रम तय भएको कांग्रेसका क्रियाशिल सदस्य दिलबहादुर सिजालीले जानकारी दिए ।
निर्वाचन नजिकिएसँगै महाकालीमा चुनावी चलहपहल बढ्न थालेको छ । जागरण सभा, घर दैलो अभियान, नयां संरचना अनुसारको संगठन पुनर्गठन लगायतमा नेपाली काग्रेंस लागेको छ । महाकाली नगर क्षेत्रकालागि जिल्ला तहका नेता सन्तबहादुर आले मगर, पुष्करबहादुर सिंह, प्रकाश थापा र कृष्णा देबी चन्दको नेतृत्वमा महाकालीका प्रत्येक वडामा रहेका नेपाली काग्रेंसका क्रियाशिल सदस्य, साधारण सदस्य तथा भातृ संगठनलाई भेट गरि आसन्न सभा र प्रदेश निर्वाचनमा परिचालन गर्न निर्देशनको लागि वडा तथा बस्तीमा उक्त कार्यक्रम गर्ने तयारी भएको नेपाली काग्रेंस नगर कार्य समितिका सभापती चन्दले जानकारी दिएका छन् । निर्वाचन नजिकिए संगै महाकाली नगर क्षेत्रमा रहेका नेपाली काग्रेंसका प्रतिनिधीहरुको आफ्ना नेता कार्यकर्ताहरुसँगको भेटघाट पनि बाक्लिएको छ ।
साभार:- Hamrakura.com
No comments:
Post a Comment