Tuesday, July 21, 2020

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्रवार वाट सुरु हुने भएको जिल्ला प्रहरी कर्यालय कैलालीले जनाएको छ। 

आज भोली देखिनै सुरु गर्ने भनिएपनी बन्दले गर्दा शुक्रबार देखी नियमित सुरु गर्ने तयारी रहेकोे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए । उनले सामान्य रूपमा यस अघि देखि नै चेक जाँच हुने गरेको भएपनि ब्रेथलाइजर प्रयोग गरेर शुक्रबार पछि जाँच सुरु हुने बताए । महामारीका कारण चैत ७ गते बाट ट्राफिकले मापसे जाँच रोकेको थियो ।

Wednesday, July 15, 2020

मेयर घुस माग्ने , छोरा उठाउन जाने : ५ लाख कमिशनको रकमसहित अख्तियारको फन्दामा

जनकपुर । मेयरका छोरासहित दुई जना ५ लाख कमिसनको रकम सहित सिरहाबाट परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबाँसबाट खटेको टोलीलले कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र जितेन्द्र महतोलाई नियन्त्रणमा लिएको छ।

बुधबार दुबैजनालाई लाहान नगरपालिका वडा नं. २२ राजदेवी चौक नजिकबाट पक्राउ गरिएको अख्तियारको बर्दिबाँस कार्यालयले जनाएको छ।

कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले डिपिआरको भुक्तानी गर्नको लागि सेवाग्राहीसँग ५ लाख घुस मागेकोमा सो रकम लिन छोरा र एकजनालाई पठाएकोमा दुवै जनालाई रङ्गेहाथ नियन्त्रणमा लिइएको बर्दिबाँस कार्यालयले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्यिारको बर्दिबाँस कार्यालयले जनाएको छ। सांकेतिक तस्बिर 

किन बस्ने साउनमा व्रत ? यस्तो छ कारण !

काठमाडौं । साउनमा व्रत एवं उपवास बस्ने भनेको भगवानलाई खुसी तुल्याउनका लागि मात्र होइन । वा आफ्नो मनोकांक्षा पुरा गराउन मात्र होइन । यी त  आस्थाका कुरा भए । विज्ञानको कुरा अर्कै छ ।

भनिन्छ, वर्खायाममा हाम्रो पाचन यन्त्र कमजोर हुन्छ । पानी लगायत विभिन्न खाद्य पदार्थको कारण पेटमा जीवाणु फैलने र झाडापखला लाग्ने संभावना हुन्छ । अर्कोतिर हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा गर्छ ।

हामीले देखे, सुनेकै कुरा हो, झाडापखलाको संक्रमण यही महिनामा बढी फैलने गर्छ । त्यसैले वर्षायाममा हेपाटाइटिस, हैजा, ग्यास्ट्राइटिस, र विभिन्न भाइरल रोगहरु देखापर्छ । वर्षा र ओसिलो मौसमले यस्ता संक्रमण फैलने भय दोब्बर बढाइदिन्छ । यस्तो अवस्थामा खानपानप्रति सर्तक हुनैपर्छ ।

यो संस्कारको विकास किन भयो होला भनेर अनुमान गर्ने अर्को पाटो पनि छ । हामी खेती किसानीमा आश्रति छौं । यतिबेला अन्नबाली लगाइसकेको बेला हो । र, भकारी रित्तिने बेला पनि । पूर्खाहरुले यसबेला खाद्य संकट पनि भोगे होलान् । त्यसैले अन्नपात जगेडाका लागि पनि उपवास एउटा राम्रो विकल्प हुनसक्छ ।

Wednesday, July 8, 2020

नेकपा भित्रको विवाद नमिल्दा स्थायी समितिको बैठक स्थगित

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज तय भएको बैठक आगामी असार २६ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको जानकारी दिए ।

पार्टीभित्रको विवाद मिलाउनका लागि नेकपाभित्र केही दिनयता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसहितका नेताहरुबीच घनिभूत छलफल हुँदै आएपनि सहमति हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि नेकपा भित्र विवाद चर्किएको हो । विवाद चर्किँदै जाँदा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने दवाव पार्टीभित्रबाट परेको छ । तर, ओलीले आफूले राजीनामा नदिने बताउँदै आएका छन् ।

Tuesday, July 7, 2020

हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको विश्व स्वास्थ्य संगठनको भनाई, सतर्क रहन आग्रह

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको जनाएको छ । डब्लुएचओले  भिडभाडमा कम हावा भएको ठाउँमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने आशंकालाई अस्विकार गर्न नसकिने जनाएको छ । हावाबाट कोरोना फैलिने विषयमा केही प्रमाण भेटिएको र विस्तृत अध्ययन भइरहेको डब्लुएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले बताएकी छिन् ।

यस अघि डब्लुएचओले कोरोना भाइरस मुख्य रुपमा व्यक्तिको नाक र मुखबाट निस्कने सुक्ष्म छिटाबाट सार्ने बताएको थियो । यसअघि ३२ देशका २ सय ३९ वैज्ञानिकहरुले कोरोना भाइरस हावाबाट पनि सार्ने दाबी गरेका थिए । साथै उनीहरुले हावामा कोरोना भाइरसका जीवाणु भेटिएकाले विश्व स्वास्थ्य संगठनलाई समेत कोरोना बारेको गाइड लाइनलाई परिवर्तन गर्न माग गरेका थिए । फाइल तस्वीर 

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते

धनगढी । कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते भएका छन् । गोदावरी नगरपालिका - ५ स्थित गेटामा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा से ७ प ८५९३ नम्वरको मोटरसाईकल चालक डडेल्धुराको पर्शुराम नगरपालिका- ५ परिगाउँ बस्ने ३० बर्षीय उमेश भट्टराई र मोटरसाईकलको पछाडी बसेका बझाङको थलाराका ३० बर्षीय बलराम भट्टराई घाईते भएका हुन् ।

दुबैजनाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । मोटरसाईकल बार्षातको समयमा अनियन्त्रित भएर दुर्घटना हुँदा बिजुलीको पोलमा ठोक्किएको थियो ।

Monday, July 6, 2020

अब माक्स नलगाई हिड्नेलाई प्रहरीले कारबाही गर्ने

काठमाडौं । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

अब मास्क नलगाई घरबाहिर निस्कने र स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्नेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन मन्त्रालयले निर्देशन दिएको अधिकारीले बताए ।

जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएको छ । लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन दिएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार अब निर्देशन उल्लंघन गर्नेलाई पक्राउ र जरिवाना सम्मको कारबाही हुनेछ ।

 

Friday, July 3, 2020

बझाङमा पहिरोले १७ घर बगायो, ७ जना बेपत्ता

बझाङ । जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को एक बस्ती पहिराले बगाएको छ ।  अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गयराती केदारस्युँ गाउँपालिका-८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए ।

उनका अनुसार पहिरामा परि ७ जना बेपत्ता भएका छन् । बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थल तिर प्रहरी टोली पठाईसकिएको जानकारी दिए ।

बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटना स्थल पुग्न सकेको छैन । फाइल तस्वीर 
 

Wednesday, July 1, 2020

कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा एक जनाको सर्पको टोकाइबाट मृत्यु भएको  छ। जिल्लाको भीमदत्त नगरपालिका वडा १६ का १४ वर्षीय पर्वत गिरीको सर्पको टोकाइबाट मृत्यु भएको वडाध्यक्ष सुरेन्द्र बिष्टले जानकारी दिए ।

बालकलाई गएरातिनै सर्पले डसेको थियो । उपचारको लागि महाकाली अस्पताल लगिएको त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बालकको मृत्यु भएको बिष्टले बताए ।

सर्पले टोकेपछि समयमै उपचार नहुँदा यहाँका नागरिकहरूले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ । सर्पदंशकै कारण असार १४ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीकी ५ वर्षीया बालिका पुनम बोहराको समेत मृत्यु भएको थियो ।

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...