कञ्चनपुर । कञ्चनपुरमा एक जनाको सर्पको टोकाइबाट मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा १६ का १४ वर्षीय पर्वत गिरीको सर्पको टोकाइबाट मृत्यु भएको वडाध्यक्ष सुरेन्द्र बिष्टले जानकारी दिए ।
बालकलाई गएरातिनै सर्पले डसेको थियो । उपचारको लागि महाकाली अस्पताल लगिएको त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बालकको मृत्यु भएको बिष्टले बताए ।
सर्पले टोकेपछि समयमै उपचार नहुँदा यहाँका नागरिकहरूले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ । सर्पदंशकै कारण असार १४ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीकी ५ वर्षीया बालिका पुनम बोहराको समेत मृत्यु भएको थियो ।
No comments:
Post a Comment