काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको जनाएको छ । डब्लुएचओले भिडभाडमा कम हावा भएको ठाउँमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने आशंकालाई अस्विकार गर्न नसकिने जनाएको छ । हावाबाट कोरोना फैलिने विषयमा केही प्रमाण भेटिएको र विस्तृत अध्ययन भइरहेको डब्लुएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले बताएकी छिन् ।
यस अघि डब्लुएचओले कोरोना भाइरस मुख्य रुपमा व्यक्तिको नाक र मुखबाट निस्कने सुक्ष्म छिटाबाट सार्ने बताएको थियो । यसअघि ३२ देशका २ सय ३९ वैज्ञानिकहरुले कोरोना भाइरस हावाबाट पनि सार्ने दाबी गरेका थिए । साथै उनीहरुले हावामा कोरोना भाइरसका जीवाणु भेटिएकाले विश्व स्वास्थ्य संगठनलाई समेत कोरोना बारेको गाइड लाइनलाई परिवर्तन गर्न माग गरेका थिए । फाइल तस्वीर
No comments:
Post a Comment