Monday, October 2, 2017

बर्दियाकोे लालपुर क्षेत्रमा २३ घन्टा पछि कर्फ्यू हट्यो

बर्दिया, असोज १७ ।। बर्दियाको सदरमुकाम गुलरियाको लालपुर आसपासमा लागेको कर्फ्यू २३ घण्टापछि हटाइएको छ । आइतबारराती ताजिया विसर्जन गर्ने र मुर्ती विर्सजन गर्ने समूहविच झडप भएपछि स्थिती सामान्य पार्न गुलरिया नगरपालिका वडा नम्बर ११ को लालपुरदेखि गणेशपुरसम्मको क्षेत्रमा हिजो बिहान १० बजेदेखि कर्फ्यू लगाइएको थियो  ।


त्यो कर्फ्यू अहिले ९ बजेदेखि हटाइने बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । २३ घण्टादेखिको कर्फ्यू हटेसँगै जनजीवन केहि सामान्य बनेको छ । तर स्थिति हेरेर फेरि कर्फ्यू लगाउने वा नलगाउने निर्णय गर्ने प्रशासनको तयारी छ । 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...