Monday, October 2, 2017

पार्टी एकीकरणका लागि यस्तो माओवादीको एमालेसँग प्रस्ताव

असोज १८, काठमाडौं ।। दशैंको बिदामा भएका छलफलले देशको राजनीतिले नयाँ कोल्टे फेर्ने आधार देखिएको छ । राजपा नेताहरु हृदयेश त्रिपाठी लगायत एमाले प्रबेशको तयारी गरेको खबरलगत्तै एमाले र माओवादी केन्द्रबीच समेत एकताको छलफल अघि बढेको छ ।

दशैंको बेला एमाले र माओवादीबीच भएको छलफलले राजनीतिमा नयाँ तरंग ल्याएको हो ।
माओवादीले आफुहरुलाई टिकटमा ४० प्रतिशत दिए आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने र त्यसपछि पार्टी एकीकरण गर्न सकिने प्रस्ताव राखेको छ ।
दुई पार्टीबीच भएको छलफल सकारात्मक रुपमा अघि बढेको
माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए । उनका अनुसार मंगलबार दुई पार्टीबीच निर्णायक वार्ता गर्ने र पार्टी एकीकरण समिति बनाउने तयारी भइरहेको छ ।
सोमबार भएको छलफलमा एमालेका तर्फबाट अध्यक्ष केपी ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहभागी थिए। । माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा वादलको सहभागिता थियो । कम्यूनिष्ट एकता बलियो बनाउनलाई एकीकरणबारे छलफल अघि बढाइएको एमाले नेता योगेश भट्टराई बताउछन ।
दुई पार्टीबीच प्रदेश र प्रतिनिधिसभा लक्षितभन्दा पनि एउटै निर्वाचन चिह्नमा भाग लिने सहमति भएको छ । आसन्न निर्वाचनमा माओवादी सूर्य चिन्हमै चुनाव लडनेछ ।
माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा दुवैमा ४० प्रतिशत सिट माग गरेको छ ।
माओवादी केन्द्रले प्रदेश नम्बर २, ५ र ६ को मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको छ । एमालेले भने निर्वाचनको नतिजापछि मात्र यस विषयमा टुंगो लगाउनुपर्ने अडान राख्दै आएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि लिखित सहमति गर्नुपर्ने माओवादी केन्द्रको माग छ ।
माओवादी केन्द्रको पदाधिकारी बैठकले अध्यक्ष दाहालसहित नेता श्रेष्ठ र थापालाई चुनावी तालमेल र पार्टी एकीकरणको टुंगो लगाउने जिम्मेवारी दिएको छ ।dristhi news

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...