असोज १७, २०७४ सल्यान : बन्गाड कुपिण्डे नगरपालिका—८ स्थित ज्यामिरेका अन्दाजी ३० वर्षीय नन्द यरीले बाबु ७७ वर्षीय कमारो यरीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
काम नगरेको भन्दै गाली गरेपछि सोमबार अपराह्न नन्दले बाबुको टाउकोमा दाउराको चिर्पट प्रहार गरेका थिए। गम्भीर घाइते कमारोको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या आरोपी नन्दको मानसिक सन्तुलन पनि ठिक नभएको स्थानीय बासिन्दाले बताएका छन्। उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख भरतबहादुर विकले जानकारी दिए।

No comments:
Post a Comment