Monday, October 2, 2017

जब आत्महत्या गर्न लागेका श्रीमान लाई बचाइन आफ्नै श्रीमतीले ......

असोज १६ ,कञ्चनपुर  ।।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ झण्डाबोझका ३५ वर्षका वीरबहादुर चौधरीको ज्यान उनकी श्रीमतीले बचाएकी छन् ।

घरायसी विवादका कारण आत्महत्या गर्न रुखमा झुण्डिन गएका चौधरीको ज्यान उनकै श्रीमतीले बचाएकी हुन् । सोमबार रुखमा झुण्डिएका बेला श्रीमतीले थाहा पाई घाँटीमा बाँधेको चुन्नी काटेर उनको ज्यान जोगाएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताउनुभयो ।
आत्महत्या गर्न खोज्ने चौधरीको अवस्था गम्भीर रहेको छ । उनको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको जनाएको छ

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...