असोज २३, २०७४ ।। तपाईंहरूको अभिभावकहरूमध्ये कसैले जुँगा पालेको पक्कै देख्नुभएको होला। केटाहरू बिस्तारै युवा हुँदै गएपछि तपाइर्ंहरूको पनि जुँगा पलाउने छ। कतिपयलाई जुँगा आकर्षक लाग्ने गर्छ भने कतिपयलाई जुँगा झन्झटिलो पनि लाग्ने गर्छ।
जुँगा काट्दै गएपछि यसमा कडापन पनि बढ्दै जाने गर्छ। कतिपय सौन्दर्य सामग्री उत्पादन गर्नेहरूले कपालको वृद्धि तीव्र रूपमा गर्ने दावा पनि गरेका हुन्छन्। उनीहरूको दावा जेजस्तो भए पनि मानिसको मुहारको रौं बिस्तारै बाक्लो हुने र निश्चित उमेरसम्म बढ्ने हुन्छ भने वृद्धअवस्थामा आउँदा यसको वृद्धिदर पनि कम हुने गर्छ। रौंको निर्माण क्रेटिन र प्रोटिनमार्फत् हुने गर्छ। वैज्ञानिकहरूका अनुसार मानिसको मुहारको रौंको वृद्धिदर औसत एक महिनामा आधा इन्च हुने गर्छ भन्ने रहेको छ।
No comments:
Post a Comment