आश्विन २३, २०७४, धनगढी ।। धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको दोस्रो संस्करणमा रुस्लान क्रिकेट प्रमुख प्रायोजक बनेको छ । प्रमुख प्रायोजक भएबापत विजय डिस्टिलरीको रुस्लानले डीपीएल आयोजक धनगढी क्रिकेट एकेडमी (डीसीए) लाई ७० लाख रुपैयाँ उपलब्ध गराउनेछ । त्यसमा ३५ लाख नगद तथा बाँकी जिन्सी र प्रबन्धनमा रहेको छ ।
डीपीएलको पहिलो संस्करणमा सगरमाथा सिमेन्ट प्रमुख प्रायोजक थियो । नेपालमा पहिलोपटक सिटी अवधारणाअनुसार डीपीएलको पहिलो संस्करण आयोजनापछि रुस्लान डीपीएलसँग जोडिएको हो ।
विजय डिस्टिलरी प्रमुख प्रायोजकका रूपमा जोडिएपछि प्रतियोगिताको नाम रुस्लान धनगढी प्रिमियर लिग हुनेछ ।
आइतबार पत्रकार सम्मेलनमा डीसीएका अध्यक्ष सुवास शाही र विजय डिस्टिलरीका निर्देशक श्रीहरशमशेर राणाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षका लागि रहेको छ । डीसीए अध्यक्ष शाहीले प्रमुख प्रायोजकसँगको यो सम्झौता लम्बिन खासै गाह्रो नहुने जनाए । ‘टिम भावनाले गर्दा आज हामी यो स्थितिमा आएका छौं, जति इभेन्ट आयोजना गर्दै गयो त्यत्ति सजिलो हुन थालेको छ,’ शाहीले भने, ‘अहिले नसकिने केही छैन जस्तो लाग्छ । प्रयास गर्दै गरे सफलता पाउन सकिन्छ भने डीपीएल आयोजनाले सिकाएको छ ।’
डीपीएलको दोस्रो संस्करण माघ ५ गतेदेखि सञ्चालन हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोली विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेलिरहेकाले डीपीएलको मिति तलमाथि हुन सक्ने आयोजकले जनाएको छ । धनगढीस्थित एसएसपी क्रिकेट मैदानमा डीपीएलका खेल हुनेछन् । फाप्ला मैदानलाई विकल्पका रूपमा राखिएको छ ।
‘गत वर्ष डीपीएलमा हामी सहप्रायोजकका रूपमा थियौं । त्यसबाहेक हामीले अन्य थुप्रै क्रिकेटका इभेन्टमा सहकार्य गरिरहेका छौं, डीपीएलसँग जोडिएर काठमाडौं बाहिर जान पाउने भएकाले पनि हाम्रो इच्छा जागेको हो,’ विजय डिस्टिलरीका ब्रान्ड प्रमुख सुशील श्रेष्ठले भने । रुस्लानले दुई संस्करण काठमाडौंमा राष्ट्रियस्तरको रुस्लान क्रिकेट आयोजना गरिसकेको छ ।
सर्वाधिक धनराशि
डीपीएल सर्वाधिक धनराशिको हुनेछ र कुल ३ करोड बजेट रहेको यस प्रतियोगितामा नगद पुरस्कार मात्र झन्डै ५० लाख रुपैयाँ राखिएको छ । विजेताले २५ र उपविजेताले १० लाख नगद पाउनेछन् । तेस्रो हुनेले ३ र चौथो हुनेले २ लाख रुपैयाँ पाउनेछन् ।
गत वर्ष डीपीएलको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैयाँ पाएका थिए । त्यस समयमा नेपाली क्रिकेटको यो सर्वाधिक धनराशिको पुरस्कार थियो ।
त्यसपछि राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको प्रधानमन्त्री कपको विजेतालाई २० लाख नगद प्रदान गरिएको थियो । दुई महिनापछि हुने भनिएको एभरेस्ट प्रिमियर लिगको विजेतालाई २१ लाख दिने घोषणा गरिएको छ ।
आइतबारको घोषणाले डीपीएल फेरि सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिता बनेको छ । साथै आयोजक डीसीएले प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ र म्यान अफ द सिरिजलाई १ सय ८० सीसीको टीभीसी अपाचे मोटरसाइकल दिने भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी १ पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्त्वपूर्ण योगदान पुर्याएका १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ प्रदान गर्ने आयोजकले जनाएको छ ।
दुवैलाई १–१ लाख नगदसहित ताम्रपत्रले सम्मान गरिनेछ ।
टिम बढ्न सक्ने डीपीएलको पहिलो संस्करणमा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रूपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स गरी ६ टिम सहभागी थिए । धनगढीले विराटनगरलाई पराजित गरी उपाधि जितेको थियो । यसपटक सहभागी टिम बढ्न सक्ने आयोजकले जनाएको छ ।
‘गत वर्षका सबै ६ टिम सहभागी हुने निश्चित जस्तै छ । अरू केही टिम पनि खेल्न आइरहेका छन् । तर नेपाली क्रिकेट टिमको क्यालेन्डर नआइसकेका कारण मिति तय नभएकाले हामीले टिम बढाउने निर्णय गर्न सकेका छैनौं,’ शाहीले पत्रकार सम्मेलनमा भने, ‘सिटी अफ क्रिकेट भनेर धनगढी चिनिन लागेको र धनगढीको पहिचान पनि बनेकाले हाम्रो इभेन्टमा धेरैको चासो छ ।’
टिम जति नै भए पनि आयोजकले प्रतियोगिताको संरचना स्पष्ट पारेको छ । टवान्टी–२० स्वरूपमा हुने प्रतियोगिताको शीर्ष चार टोली प्लेअफमा खेल्नेछन् । त्यसमा शीर्ष दुई टोली फाइनल प्रवेश पाउनका लागि खेल्नेछन् । लिग चरणमा ५०, प्लेअफमा ७० र फाइनलमा १ सय रुपैयाँ टिकट दर तोकिएको छ । टिकट बिक्रीबाट आएको रकमको ४० प्रतिशत टिमले र २० प्रतिशत अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियान चलाइएको ड्रिम फाप्लालाई दिइनेछ ।
खेलाडी उत्साहित : पारस
डीपीएल २ लाई लिएर खेलाडी उत्साहित रहेको राष्ट्रिय टोलीका कप्तान पारस खड्काले बताएका छन् । ‘गत वर्ष यो नेपालको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा सम्पन्न भएको थियो, यसपटक पनि यो ठूलो बन्न गइरहेको छ,’ पारसले भने, ‘पछिल्ला ४–५ वर्षमा क्रिकेटमा ठूलै लगानी भएको छ । यसले संघ नभएको अवस्थामा पनि क्रिकेट आयोजना गर्न सजिलो भएको छ ।’
उनले आयोजक र यसका अध्यक्ष शाहीको खुलेर तारिफ गरे । ‘सुवास शाही जस्तो ४–५ जना मान्छे हुने हो भने हामीले क्रिकेटको व्यवस्थापनका बारेमा सोच्नै पर्दैन । यो प्रतियोगिता खेलाडीका लागि राम्रो प्लेट फर्म हुने आशा मैले लिएको छु । गत वर्ष डीपीएलमा नपर्दा केही खेलाडीमा निराशा देखिन्थ्यो । अहिले उनीहरू डीपीएल खेल्नका लागि मिहिनेत गरिरहेका छन् । पहिला नेपाली टोलीमा मात्र प्रतिस्पर्धा हुन्थ्यो । अहिले डीपीएललगायत घरेलु प्रतियोगिता खेल्न खेलाडीको प्रतिस्पर्धा छ, यो नेपाली क्रिकेटका लागि राम्रो संकेत हो ।’ अक्सनका आधारमा खेलाडी फ्रेन्चाइज टिममा छनोट हुनेछन् । त्यसका लागि खेलाडीले डीसीएमा आफ्नो नाम दर्ता गराउनुपर्नेछ । अक्सन मंसिरमा गरिने आयोजकले जनाएको छ ।
आजको कान्तिपुरमा खबर छ।

No comments:
Post a Comment