Sunday, October 8, 2017

सन् १९५० को सन्धि फेरिने

असोज २३, काठमाडौं ।। नेपाल र भारतबीच सन् १९५० को ‘शान्ति तथा मैत्री सन्धि’ अब अहिलेकै रूपमा नरहने भएको छ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पाँचौं बैठक आइतबार काठमाडौंमा सम्पन्न भएलगत्तै समूहको नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा यस्तो दाबी गरिएको हो । सन्धिको दफामा जेसुकै रहे पनि यो सन्धि यही रूपमा नरहनेमा दुवै देश सहमत हुने नेपाली पक्षको दाबी छ ।

‘हामी दुई मुलुकका टोली भए पनि एक पक्ष भएर काम गरिरहेका छांै । धेरै विषयमा सहमति भएका छन् । अबको ९ महिनामा निचोडसहित साझा प्रतिवेदन दिनेछौं,’ ईपीजीको नेपाली टोलीका संयोजक डा. भेखबहादुर थापाले भने, ‘अब अहिलेको रूपमा यो सन्धि रहँदैन । सन्धि मात्र होइन, हामी समग्र विषयमा नै छलफल गरिरहेका छौं ।’ नेपाल–भारत समग्र दुईपक्षीय सम्बन्ध/सम्झौता र १९५० को शान्ति तथा मैत्री सन्धिको विवादित पक्ष केलाएर पुनरावलोकन वा विस्थापित गर्नेबारे सुझाव दिन गठित संयुक्त टोलीको दुईदिने बैठक आइतबार सकिएको हो ।
बैठक सकिएलगत्तै नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा संयोजक थापाले भने, ‘१९५० को सन्धि सच्याउने वा पूर्ण प्रतिस्थापन गर्ने भन्ने विषयमा जानुभन्दा पनि यो सन्धि यही रूपमा रहँदैन भनेर बुझौं ।’
नेपाली पक्षले यस्तो धारणा बाहिर ल्याए पनि अहिलेसम्म सन् १९५० को सन्धि पुनरावलोकनका लागि भएका प्रस्तुतिमा साझा धारणा भने बनिसकेको छैन । दुवै पक्षले बीचको बाटो खोजिरहेकाले पनि नेपाली पक्षले यस्तो धारणा व्यक्त गरेको हो ।
सन्धिका केही बुँदामा समस्या देखिएर नै सुधारका लागि छलफल भइरहेको थापाले बताए । ‘छलफलमा हामी माध्यम देखिए पनि हामीले धेरैको सल्लाह र पुराना अभ्यास हेरेर भविष्यलाई ख्याल गर्दै काम गरिरहेका छौं,’ उनले पत्रकार सम्मेलनमा भने, ‘व्यापार, पारवहन, सुरक्षा, आप्रवासन, साझा धारणा, अन्तर्राष्ट्रिय चासो, नेपाल–भारत समग्र सम्बन्ध, सीमाको अवस्थालगायत कुनै पक्ष नछाडी छलफल गरिरहेका छौं ।’ काम आधा सकिएको र सकारात्मक दिशामै बैठक अघि बढेको उनले जनाए ।
भारतले आफ्नातर्फबाट सीमा नियमन गर्न थालिसकेको अवस्थामा नेपालले पनि यसलाई व्यवस्थित गरेर अघि बढ्ने सुझाव ईपीजीले दिने भएको छ । नेपाल र भारतका सीमामा रहेका ७० भन्दा बढी चेकपोइन्टमा अभिलेख राख्ने प्रणाली विकास गर्नुपर्नेमा भारतले जोड दिएकामा नेपालले पनि सहमति जनाउँदै संयुक्त सुझाव दिन तयार भएको हो ।...........
आजको कान्तिपुर दैनिकमा खबर छ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...