Tuesday, October 10, 2017

बाबु छोरी चुनावी मैदानमा : छोरी प्रतिनिधिसभाको उम्मेदवार, बाबु प्रदेशसभाको

बैतडी, असोज २५ – नेकपा माओवादी केन्द्र बैतडीले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा बाबुछोरी उम्मेदवार बनाएको छ । प्रतिनिधि सभा र प्रदेशसभाको चुनावको उम्मेदवारको रुपमा गोपाल चन्द(बाबु) र रेणु चन्द(छोरी) उम्मेदवार बनाएको हो ।गोपाल चन्दलाई बैतडी क्षेत्र नं २ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनाइएको छ भने रेणु चन्दलाई प्रतिनिधि सभाको समानुपाति तर्फको उम्मेदवार बनाइएको छ । दुवै जनाको पार्टीमा योगदान रहेकाले उम्मेदवार बनाएको नेकपा माओवादी केन्द्र बैतडीका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले बताउनुभयो ।
गोपाल चन्द पार्टीको पुराना नेता हुन् । माओवादीले गरेकाे सशस्त्र युद्धमा उहाँको ठूलो भूमिका रहेको थियो भने रेणु पनि बाबुसँगै युद्धमा सहभागी हुनुहुन्थ्यो । दुवैको पार्टीमा योगदान रहेकाले उम्मेदवार बनाएको माओबादी केन्द्र बैतडीले जनाएको छ ।
प्रतिनिधिसभाका लागि समानुपाति उम्मेदवार बन्नुभएकी रेणु चन्द माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य पनि हुनुहुन्छ । रेणुले बाबु र छोरी उम्मेदवार बनेर भोट माग्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा भएको बताउनुभयो । युद्धमा आफू र बाबुसँगै काम गरेकाले अहिले पार्टिले मुल्याङकन गरी बाबु र आफूलाई उम्मेदवार बनाएको निकै खुसी भएको उहाँले बताउनुभयो ।
प्रदेशसभाका लागि क्षेत्र नं २ बैतडीबाट माओवादी केन्द्रका उम्मेदवार गोपाल चन्दले पनि पार्टीले योगदानको मुल्यांकन गरेका कारण आफूहरुले टिकट पाएको बताउनुभएको छ । उहाँले पनि छोरी र आफूसँगै चुनावी मैदानमा उत्रनु खुुुसीको कुरा भएको बताउनुभयो । रेणु चन्द २०६४ सालको संविधानसभाको चुनावमा बैतडी क्षेत्र नं २ मा निर्वाचित हुनुभएको थियो । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फ पूर्वसभाषद नरेन्द्र कुवर (विजयसुन्दर)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने समानुपातिक तर्फ रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै प्रदेश सभामा क्षेत्र नं १ बाट जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य) र क्षेत्र नं २ बाट गोपाल चन्दलाई उम्मदवार बनाउने निर्णय गरेको छ । प्रदेशसभामा समानुपातिकतर्फ भुवनचन्द्र विश्वकर्मा (शान)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

साभार:- उज्यालाे अनलाईन

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...