Tuesday, October 10, 2017

कञ्चनपुरमा चार किलो चरेश सहित एक युवक पक्राउ

असोज २५,भीमदत्तनगर । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिकाबाट चार किलोग्राम लागूऔषध चरेशसहित एक युवकलाई पक्राउ गरेको छ । 
सुदूरपश्चिम क्षेत्रीय ब्यूरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले बेदकोट नगरपालिका–९ लालपुरदेखि बागफाँटातर्फ गइरहेका दार्चुला ग्वानी–६ का कृष्ण डाँगालाई चरेशसहित नियन्त्रणमा लिएको हो । 
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चरेश र अभियुक्त जिल्ला प्रहरीमा राखेर कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...