असोज २४ – युएईमा ज्यान गुमाएका कैलालीको टिकापुर ७ घोडाघोडीका जय खत्रीको शव ४ महिनापछि नेपाल ल्याइएको छ ।
सडक पार गर्ने क्रममा कामदार बोक्ने बसले ठक्कर दिँदा खत्रीको शरीर क्षतविक्षत भएको थियो । शवको पहिचान गर्न समय लागेपछि डिएनए परीक्षणका लागि खत्रीका बुवालाई कम्पनीले युएई बोलाउने तयारी गरेको थियो ।
तर आर्थिक अवस्था नाजुक भएकाले परिवार युएई आउन नसक्ने भन्दै सोही कम्पनीमा कार्यरत गुल्मी धुर्कोटका शिव जीसीलाई अख्तियारी दिएर शव नेपाल पठाइदिन कम्पनीलाई अनुरोध गरिएको थियो ।
खत्री आबुधाबीमा रहेको डिएइएएच इ एन्ड सी नामक कन्स्ट्रक्सन कम्पनी मार्फत रुविसमा रहेको बिएनपिपी प्रोजेक्टमा स्काफोल्डरको रुपमा कार्यरत हुनुहुन्थ्यो । खत्रीको गएको असार ११ गते सडक दुर्घटनामा परि ज्यान गएको हो । रमदान सकेर इदको अवसरमा परेको तीन दिने सार्वजनिक बिदाका दिन आबुधाबी बजार घुमेर क्याम्पमा फर्किने क्रममा भएको दुर्घटनामा खत्रीको ज्यान गएको थियो ।
नेपाली दूतावास, कम्पनी र स्थानीय प्रशाशनको सहयोगमा शव लिएर जिसी मंगलबार नेपाल आउनु भएको हो । खत्रीका विषयमा त्यहाँको तल्लो अदालतमा यसै हप्ता सुनुवाई छ । खत्रीले बीमा बापत पाउने क्षतिपूर्तिका विषयमा अदालतमा मुद्दा चलिरहेको छ ।
साभार:- उज्यालो
No comments:
Post a Comment