काठमाडौं, १० कार्तिक । वाम गठबन्धनका नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने विषयमा टेलिफोनवार्ता गरेका छन् । के भने देउवाले त्यस्तो ? फोनमा कुरा गरेपछि ओली र प्रचण्ड दंग भएको खबर छ ।
सर्वोच्च अदालतको आदेशसँगै निर्वाचन तोकिएकै मितिमा नहुने हो कि भन्ने आशंकासहित वाम गठन्धनका नेताले प्रधानमन्त्री देउवालाई फोन गरेका हुन् । बेग्लाबेग्ल्लै भएको फोनबार्तामा देउवाले तोकिएकै मितिमा चुनाव हुने भन्दै विश्वस्त रहन आग्रह गरेका थिए ।
देउवासँगको कुराकानीपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड खुशी भएका छन् । उनले आफू निकटका नेताहरुसँग समेत भन्ने गरेका छन्,‘देउवाजीले चुनाव समयमै हुन्छ भन्नुभयो, अब मुलकु अघि बढ्यो, चुनाव हुन्छ, हुन्छ, यो खुशीको कुरा हो।’
तर यतिवेला निर्वाचन तोकिएकै मितिमा हुन्छ कि हुँदैन भन्ने कुरामा सबैको ध्यान अदालततिर छ । त्यस्तै निर्वाचन आयोगतिर छ ।
'पार्टीले चुनाव हारोस तर देशले जित्छ’
प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा निर्वाचन हुने भन्दै यसप्रति शंका नगर्न आग्रह गरेका छन् ।
पछिल्लो समय सर्वोच्च अदालतले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि बेग्लाबेग्लै मतपत्र छाप्नको लागि आदेश दिएसँगै निर्वाचन सर्छ कि भन्ने आंशकाहरु उत्पन्न भएपछि प्रधानमन्त्री देउवाले यस्तो धारणा सार्वजनिक गरेका छन् ।
पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको संक्षिप्त कुराकानीमा उनले निर्वाचन हुने भन्दै यसबाट एक ईन्चपनि दायाँबायाँ नहुन भन्दै पूर्ण रुपमा निर्वाचनको तयारीमा होमिनको लागि आग्रह गरेका छन् ।
देउवालाई भेटेका एक नेताले देउवाको भनाई उद्धृत गर्दै भने,‘जसले जे भनोस् भनोस्, म घोषित मितिमै चुनाव गराउँछु, पार्टी हारे हारोस्, म चुनाव गराउँछु, त्यसमा कुनै सम्झौता हुँदैन, देशले जित्नुपर्छ, मैले चुनाव हारेर केही हुँदैन्। कांग्रेसले हारे पनि केही फरक पर्दैन्, चुनाव गर्नु नै देशको जित हो।’
शुक्रबार पत्रकार ऋषि धमलासँगको नेपाली बहसमा श्रममन्त्री समेत रहेका कांग्रेस नेता फर्मुल्लाह मन्सुरले भने,‘ढुक्क हुनुहोस, देउवाजी प्रधानमन्त्री बन्नु भनेको नै चुनाव गराउनको लागि हो, चुनाव समयमै हुन्छ।’
न्युज अभियानबाट
No comments:
Post a Comment