Tuesday, October 17, 2017

माओवादी मन्त्रिहरु देउवा सरकारबाट बाहिरिए

असोज ३१,काठमाडौँ । सत्ता साझेदार दल माओवादी केन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारबाट बाहिरिएको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादी केन्द्रले यस्तो निणर्य लिएको हो ।
नेकपा एमालेसँग चुनावी गठबन्धन गर्ने निर्णय गरेसँगै रुष्ट बनेको नेपाली काँग्रेसले सरकारबाट बाहिरिन प्रचण्डलाई चर्को दवाव दिएपछि माओवादीले सरकारबाट बाहिरने निर्णय गरेको हो ।
सरकारमा पनि रहने र सरकारबाहिर रहेको दलसँग गठबन्धन गर्नु उचित नहुने भन्दै काँग्रेसका नेताहरुबाट नै बाहिरिँदै गरेको अभिव्यक्तिले एकपटक पुनः राजनीतिलाई तताएको छ ।
सरकार पुर्नगठन गर्ने ध्याउन्नमा लागेको काँग्रेस सभापति देउवाले आफनो इच्छा पुरा गरेर केहि दिन अघि मात्र मन्त्रीपरिषदमा थप गरिएका मन्त्रीहरुलाई अब माओवादीका मन्त्रीहरुको ठाउँ दिनेछन् ।
हतारमा निर्वाचन आचारसंहिता उल्लंघन गरि मन्त्रिपरिषद विस्तार गर्नुको कारण समेत खुलेको छ । जे होस् मन्त्रिपरिषद विस्तार गरेपनि आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई भने स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न जरुरी छ ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...