काठमाडौं, असोज ३१ । माओवादीका तर्फबाट बनेका मन्त्रीहरु सरकारबाट हटेपछि लगत्तै नवनियुक्त बिना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिने बारे प्रधानमन्त्रीले तयारी गरिरहेका छन् । सरकारलाई सघाउन मन्त्रिपरिषदमा छिरेको राप्रपाका मन्त्रीहरुलाई विभिन्न जिम्मेवारी दिने तयारी प्रधानमन्त्रीको छ ।
यसै क्रममा राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधान तथा गृह मन्त्रीको जिम्मेवारी दिने तयारी भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग थापाले गृहमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दैआएका छन् ।
प्रधानमन्त्रीले थापा सँगै अन्य नयाँ मन्त्रीहरुलाई माओवादीका मन्त्रीहरुले सम्हालेका मन्त्रालयहरुकै जिम्मेवारी दिने तयारी गरेका हुन् । त्यसो त, केही दिनअघि देखि नै प्रधानमन्त्रीले माओवादी मन्त्रीहरुलाई सरकारबाट हटाउने मनशायले नै नयाँ मन्त्री थपेका थिए ।
माओवादी सरकारबाट बाहिरिएपछि गृह, परराष्ट्र, ऊर्जा, सहरी विकास, स्वास्थ्य, आपूर्ति लगायतका मन्त्रालयमा नयाँ मन्त्रीहरुलाई जिम्मेवारी दिइनेछ । स्रोतका अनुसार गृह मन्त्रालय थापालाई जिम्मा लगाए पनि परराष्ट्र भने कांग्रेसकै कुनै एक नेतालाई दिने तयारी भएको छ ।

No comments:
Post a Comment