स्थानीय प्रशासनले चाडबाडको समयमा बसमा आवतजावत गर्ने यात्रीको चाप हुने भएकाले सुरक्षित यात्राका लागि ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरिएको छ । यदि,ट्राफिक नियम पालना नगरेको पाइएमा कानूनी कारबाही गरिने कैलाली जिल्ला प्रशासनको बैंठकले चेतावनी दिएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सिट क्षमताभन्दा बढी यात्री बोकेका कारण दुर्घटनामा बृद्धि भएको सन्दर्भमा यात्री स्वयं पनि सचेत हुन आग्रह गर्दै उनले दशैंतिहारको समयमा यात्रुहरूको चापलाई मध्यनजर गरी बस संख्या बृद्धि गर्न समेत सल्लाह दिएका छन् ।
यससँगै सुदूरपश्चिम बस व्यावसायी समितिले दशैं तिहारलाई लक्षित गरी सुदूरपश्चिमका पहाडी जिल्लाका लागि दैनिक सरदर २० वटा यात्रुबाहक बस सञ्चालन गर्ने जनाएको छ । अन्य समयमा ती जिल्लाका लागि दैनिक ११ वटा बस सञ्चालन हुने गरेका थिए । सुदूरपश्चिम बस व्यावसायी समितिका अध्यक्ष टेकराज जोशीले यात्रीहरूको सुविधालाई ध्यानमा राखेर बस थप गरिरहेको बताए ।
कर्णाली रिभरसाइड बस समितिका अध्यक्ष धिरज शाहीले यात्रीको सुविधाका लागि हाल राजधानीतर्फ खाली बस पठाइरहेको बताए । ‘काठमाडौंबाट यता धनगढी आउने यात्रीको चापलाई दृष्टिगत गरी अहिले दैनिक यताबाट खाली बस समेत पठाउने गरेका छौं’ अध्यक्ष शाहीले सुदूरपश्चिमका पहाडी जिल्लाका लागि पनि आवश्यकताअनुसार थप बस पठाइरहेको बताएका छन।
साभार:- मकालु खबर.कम
साभार:- मकालु खबर.कम
No comments:
Post a Comment