Monday, September 25, 2017

पटाका कारखानामा विस्फोट हुँदा आठजनाको मृत्यु, २५ घाइते



असोज ९,नयाँदिल्ली- पूर्वी भारतीय राज्य झारखन्डमा रहेको पटाका कारखानामा भएको आगलागीका कारण आठ व्यक्तिको मृत्यु भएको छ ।
यस आगलागीमा परी अन्य २५ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ । गैरकानूनी रुपमा सन्चालनमा रहेको यस कारखानामा सोमबार आगलागी भएको थियो ।
प्रहरीले यस समाचारको विस्तृत विवरण भने दिएको छैन । उक्त कारखानामा अवैध रुपमा सन्चालन गरिएको र त्यहाँ भएको विस्फोटमा परी आठजनाको मृत्यु भएको र अरु २५ जना घाइते भएको जनाएको छ ।
घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक छ । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । मृतकको सङ्ख्या अझै बढ्नसक्ने समेत प्रहरीले अनुमान गरेको छ ।
कारखानामा के कसरी आगलागीको घटना भयो भन्ने बारेमा अनुसन्धान सुर भएको प्रहरीले जनाइएको छ । रासस/सिन्ह्वा

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...