Monday, September 25, 2017

डडेल्धुरामा ब्रेक फेल भएको ट्रक ठोक्किएर घर भत्कियो, दुई जना घाइते

डडेल्धुरा, असोज ९ – डडेल्धुरामा ब्रेक फेल भएको ट्रक घरमा ठोक्किँदा दुईजना घाइते भएका छन् । घर भत्किएको छ । 
ट्रकका चालक कैलाली घर भएका ३३ वर्षका अर्जुन राना र र सहचालक १६ वर्षका शुशिल राना घाइते भएका छन् । घाइतेमध्ये शुशिलको खुट्टा भाँचिएको र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट बिजुलीको पोलसमेत भाँचिएको छ ।
सोमबार दिउँसो साढे ३ बजेतिर अमरगढी नगरपालिका ११ रडुवामा ट्रकको ब्रेक फेल भएको हो । धनगढीबाट दिपायलतिर जाँदै गरेको बा ३ ख ८७७७ नम्बरको ट्रक ब्रेक फेल हुँदा सडकको दाहिनेतिर रहेको प्रेम सिंह बोहराको घरमा ठोक्किएको हो । घर पूर्णरुपमा भत्किएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...