Sunday, September 24, 2017

कैलाली बाट दिल्ली पुर्‍याइएका दुई किशोरी र एक महिलाको उद्धार..........

 असोज ८, धनगढी ,कैलाली।।
एकजना नेपालीले पैसाको प्रलोभनमा पारी भारत पुर्‍याइएका दुई किशोरी र एक महिलालाई माइती नेपाल धनगढीले भारतको सिलगुडीबाट सकुशल फिर्ता ल्याएको छ ।

कैलालीको जोशीपुर गाउँपालिका घर भएका वर्ष १४ र १६ का किशोरी र ५५ वर्षीया महिलालाई उद्धार गरेर नेपाल ल्याइएको हो । उनीहरुलाई सोही ठाउँ बस्ने प्रेम चौधरी भन्ने व्यक्तिले ललाई फकाई भारत पुर्‍याएका थिए ।

‘दिल्लीमा धेरै पैसा छ महिलाहरुलाई बोर्डरमा जाँच गर्दैनन्, तिमीहरु मसँग गएर पैसा नेपाल ल्याइदिनू, सो वाफत तिमीहरुलाई १ लाख २० हजार रुपैयाँ दिन्छु,’ भनेपछि आफुहरु पैसाको लोभमा परेर प्रेमसँगै भारतको दिल्ली गएको ति महिलाले बताइन् ।

प्रेमले आफूसँगै दुईजना केटीपनि खोज्न भनेपछि ति महिलाले नाताले भदै पर्ने किशोरीलाई गत जेठ १६ गते भजनीको बाटो हुँदै भारतीय बजार तिकुनिया पुगेका थिए । त्यहाँबाट पलिया हुँदै उनीहरुलाई दिल्ली पुर्‍याइएको थियो ।

दिल्ली बसपार्कमा पुगेपछि तिमीहरु बस्दै गर म एकछिनमा आउँछु भनेर गएका प्रेम अबेर रातीसम्म पनि नआएपछि नजिकै रहेको भारतीय प्रहरीकहाँ पुगेको उनीहरुले बताएका छन् । भारतीय प्रहरीले त्यहाँबाट दिल्ली-सिलुगुडी चल्ने रेलको टिकट काटेर पठाएको उनीहरुले बताएका छन् । सिलुगुडी रेल स्टेशनमा तिनै जनालाई रुँदै गरेको देखेपछि नेपालीभाषी एक दम्पतीले आफ्नो घर लगेर केहि दिन राखेर भारतीय बाल सुरक्षा ट्रष्टको जिम्मा लगाएका थिए ।

यता उनीहरु हराएपछि खोजिका लागि भन्दै जेठ २० गते माइती नेपालमा आफन्तले निवेदन दिएको माइती नेपाल धनगढीका प्रमुख शिवचरण चौधरीले बताए । उनले निवेदन पर्नासाथ भारतीय प्रहरी र बालकल्याण समितिको सहयोगमा खोजी गरिएको र उनीहरु सिलुगुडीमा रहेको जानकारी पाएपछि असोज ६ गते उनीहरुलाई धनगढी ल्याई आफन्तको जिम्मा लगाउने तयारी गरिरहेका प्रमुख चौधरीले जानकारी दिए । अहिले तिनैजनाई माइती नेपालले आफ्नो संरक्षणमा राखेको बताएको छ ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...