Sunday, September 24, 2017

लागुऔषधि सहित २ जना विदेशीलाई नियन्त्रणमा , यसरी नेपाल आइपुग्यो साढे ४ करोडको कोकिन


असोज ८,काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले शनिबार काठमाडौंको ठमेलस्थित एक होटलबाट २ जना विदेशीलाई नियन्त्रण लियो । प्रहरीले दुईजनाबाट एक सामान्य सुटकेस बरामद गर्यो । कोकिन तस्करीका भरिया भएकै आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
तर बजारमा ३ हजारमा पाउने सुटकेसभित्र साढे ४ करोडको कोकिन होला भन्ने अनुमान प्रहरीले लगाएको थिएन । प्रहरीले बरामद गरेको सुटकेस भत्काउन थाल्यो, प्रहरी आफैं चकित पर्यो, जब सुटकेसमा साढे ४ करोडको कोकिन फिट गरेको भेटियो । 
यसरी बोेलिभियाबाट ब्राजिल, दुबई हुँदै नेपाल आइपुगेको करिब साढे ४ करोड बराबरको अवैध लागुऔषध कोकिन काठमाडौंबाट बरामद भयो । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले शनिबार काठमाडौंको ठमेलबाट २ किलो ७ सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो । ब्युरोले आइतबार साँझ पक्राउ परेका बोलेभियन नागरिक यादमोर अनेज लोपेल र भारतीय महिला कमर जहानलाई सार्वजनिक गरेको छ । 
बोलेभियाबाट यादमोर अनेज लोपेलले ल्याएको कोकिन भारतसम्म लैजान भारतीय महिला जहान शनिबारमात्र नेपाल आएको ब्युरोका प्रमुख डीआईजी ठूले राईले बताए । पत्रकार सम्मेलनमा डीआईजी राईले भने, “सुटकेसको भित्री भागमा चिप्काएर बोलेभियाबाट नेपाल आइपुगेको कोकिन भारत जाने तयारीमा थियो । ब्युरोको टोलीले बोलेभिन नागरिकले कोकिन ल्याएको सुइँको विमानस्थलमा पाए पनि उनले ल्याएको कोकिन रिसिभ गर्ने मान्छेसम्म पुग्न दिन ब्युरोले ती भोलेभियनलाई निगरानीमा राख्दै आएको थियो ।” 
यसरी समातिए तस्कर

विमानस्थलबाट कालो सुटकेस बोकेका भोलेभियन पर्यटक बनेर ठमेलस्थित एक होटलमा गए । पिछा गर्दै गएको ब्युरोको टोलीले उनलाई होटलबाटै नियन्त्रणमा लियो । उनले ल्याएको कोकिन भारत लैजान आउने जहान नेपाल नआएका कारण ब्युरो टोलीले लोपेजकै मोबाइलबाट ह्वाट्एपमार्फत भारतीय महिला जोहानलाई कोकिन भएको ठाउँमा बोलाएर पक्राउ गर्न सफल भएको डीआईजी राईले बताए ।
उनका अनुसार उक्त कोकिन एक नाइजेरियन नागरिकले लोपेजलाई बोलेभियाबाट नेपाल पुर्याउन लगाएका थिए । बोलेभियाबाट ब्राजिलसम्म स्थलमार्ग हुँदै र ब्राजिलबाट दुबई हुँदै नेपाल आएर लोपेजले नेपालमा एक जनालाई कोकिन जिम्मा दिएर उनी फर्कने गरी बेलेभियाबाट नेपाल यात्रा थालेका थिए । 
डीआईजी राईका अनुसार नेपाल म्म आएको कोकिन भारतको नयाँ दिल्लीसम्म पुर्याउने जिम्मा भारतीय महिला कमर जोहानको थियो । नेपाल आएको कोकिन लिनकै लागि जोहान लखनउबाट दिल्ली हँुदै नेपाल आएकी थिइन् । आफूलाई  नेपाल आएको कोकिन लिन दिल्लीबाट एक जना नर्सले पठाएको जोहानले प्रहरीमा बयान दिएकी छन् । 
अनुसन्धान अधिकारीका अनुसार जोहानले बयानमा भनेकी छन्, “भित्र के छ भन्ने कुरा भनेको थिएन । कालो सुटकेस आउँछ त्यो लिएर आऊ भनेर मलाई नेपाल पठाइएको थियो ।”
ब्राजिल र दुबई विमानस्थलको एक्सरे मेसिनले कोकिन चिनेन
बोलेभियाबाट सुटकेसमा फिट भएको कोकिनबारे ब्राजिलको विमानस्थल र दुबईको विमानस्थलमा रहेका एक्सरे मेसिनले कुनै पत्ता पाएनन् ।
बोलेभियाबाट ब्राजिलसम्म स्थल मार्ग र ब्राजिलबाट दुबई हुँदै नेपाल आउँदा सम्म त्यहाँका एक्सरे मेसिनले नचिनेको कोकिन नेपाल प्रहरीले नियन्त्रणमा लिन सफल भयो । 
“विमानस्थलका एक्सरे मेसिन छल्नकै लागि तस्करले सुटकेससँग रंग मिलाएर कार्बनसँग बाँधेर ल्याएका छन् । कुनैपनि वस्तुलाई एक्सरेमा हाल्दा कार्बनले र्याप गर्दा थाहा हुँदैन, कोकिन तस्करले नयाँ तरिका निकालेछन्,” डीआईजी राईले भने  । 
ब्युरोका अनुसन्धान अधिकारी भन्छन्, “यसअघि नेपालमा स्याम्पुमा मिसाएर कोकिन आएको थियो । हामीले पक्राउ गर्यौं । यस पटक सुटकेस भत्काएर सुटकेसमा रहेको रंगसँग मेल खाने गरी कोकिन चिप्काएको भेटियो । एक्सरे मेसिनले रिड गर्ने भएका कारण कालो केमिकल मिसाएर पठाएको देखियो ।” 
१२ खरीबाट 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...