Sunday, September 24, 2017

कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ

असोज ८,कपिलवस्तु  । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित एकजना आज पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय बहादुरगञ्जको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित भरत चौधरीलाई पक्राउ गरेको हो ।

 चौधरी आज  बिहान ४ बजे बुटहनियामा आफ्नै मिलमा पक्राउ परेका छन् । गोप्य सुराकीका आधारमा प्रहरीको गस्ती टोलीले चौधरीलाई पक्राउ गर्न सफल भएको इप्रका बहादुरगञ्जका प्रहरी सहायक निरीक्षक दीपेन्द्र गिरीले बताए । रासस

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...