Monday, September 25, 2017

दक्षिण कोरियामा एक नेपाली युवाले गरे आत्महत्या.....


असोज १०, काठमाडौं ।। रोजगार अनुमति प्रणाली मार्फत कामका लागि दक्षिण कोरिया पुगेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । गुल्मी स्थायी घर भई बुटवल नयाँगाँउ वस्दै आएका  कमल कार्कीले आत्महत्या गरेका हुन् ।

ख्यङगिदोको हवासङ सि स्थित छोआममा कार्यरत कार्की कोरिया गएको चार महिना भएको थियो ।  मोटरपार्टस कम्पनीमा कार्यरत कार्कीले कम्पनीका नजिक रहेको गोदाममा फलामे बिममा झुण्डिएर आत्महत्या गरेका थिए ।  सोमवार विहान झुण्डिएको अवस्थामा फेला पारेपछि सहकर्मीले प्रहरीलाई खवर गरेका थिए  ।

नेपालबाट आन्सानमा कार्य गर्ने गरि  गएका काकीर्ले कम्पनी परिवर्तन गरि  हालको कम्पनीमा  एक महिना अघि पुगेका थिए । कार्की कार्यरत कम्पनीमा अन्य ११ जना नेपालीहरु पनि छन् । २३ वर्षिय कार्कीको मृत्युवारे नेपालमा खवर गरिएको सौलस्थित नेपाली दुतावासका नियोग उपप्रमुख किरण शाक्यले जानकारी गराए । 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...