असोज १०,चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी तालमेलबारे कांग्रेस र एमालेसँग कुराकानी भइरहेको बताएका छन् ।
प्रेस सेन्टर चितवनले मंगलबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय निर्वाचन हेर्दा तालमेल गर्नुपर्ने अवस्था देखिएको बताए । तालमेलका लागि कांग्रेस र एमालेसँग छलफल चलिरहेको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुसँग तालमेल हुन सक्ने बताए ।
एक्लै चुनाव लडेर जित्ने कोशिसमा लागेको भन्दै उनले तालमेलका लागि पनि माअाेवादी केन्द्र खुला रहेकाे बताए ।
उनले आफू चितवनको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा रहेको समेत बताए ।
अध्यक्ष प्रचण्डले आफू छिट्टै माडी जाने बताए । शान्ति प्रक्रियामा आएपछि राहत लिएर एकपटक मात्र माडी पुगेका उनले यही असोज महिनामै माडी जाने बताए ।

No comments:
Post a Comment